हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
पुनर्वास १० मा खुकुरी प्रहार काण्डका दोषीलाई प्रहरीले पक्राउ गर्न ढिलासुस्ती गरेको पिडितको आरोप
धनबहादुर बिक – पुनर्वास भाद्र १८
पुनर्वास १० विकासबस्तिमा तिजमा नाचगान गरिरहेका स्थानीय माथि सांघातिक हमला गर्ने दोषी युवाहरूलाई पक्राउ गर्न प्रहरीले ढिलासुस्ती गरेको पिडितहरूले आरोप लगाएका छन ।
जिल्ला को दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका १० विकासबस्ति स्थित आश्रति टोल पिपल चौतारा मा हरितालिका तिज १० गते राति नाचगान गरिरहेको अवस्थामा साथमा खुकुरी लियर आएका पुनर्वास १० बिष्ट टोलका ६ जना युवाहरूले आश्रति टोलवासी ४ जना युवाहरूलाई सांघातिक हमला गरि फरार भएका थिए भने ६ जना मध्ये १ जनालाई मात्रै नियन्त्रणमा लिई अन्य हमलावर दोषी लाई प्रहरीले पक्राउ गर्न तदारुकता नदेखाएको पिडित हरूले गुनासो गरेका छन ।
भाद्र १० गते राति आफ्नै घरछेउ टोलमा तिज कार्यक्रम सम्पन्न गरि , साउन्ड सिस्टम थन्को – मनको गर्दै गर्दा ६ जना विभिन्न नाम गरेका दिपक बिष्ट , तेज बिष्ट , सुरज बिष्ट , गगन बिष्ट , भिम थापा र लोक बिष्ट लगायत का ६ जना युवाहरूले अचानक अन्धाधुन्ध हमला गरेको पिडित पार्वती बिकले बताएकी छिन ।
हतियारधारी युवाहरूले सांघातिक हमला गर्दैगर्दा स्थानीय युवा रमेश बोहराले दुई थान खुकुरी खोस्न सफल भएका थिए भने १ खुकुरी सहित दोषी युवाहरू भाग्न सफल भएका हुन । उनका अनुसार हतियारधारी युवाहरूबाट बरामद गरिएको दुई थान खुकुरी प्रहरीलाई बुझाईएको छ ।
बिष्ट युवाहरूको प्रहारबाट पार्वती बिक का २२ बर्षिय छोरा राहुल बिक , सारदा आचार्य का छोरा केशव आचार्य , बाटुदेवि पार्कि का छोरा तिर्थराज पार्कि र ईश्वरी बयाडी का छोरा गणेश बयाडी घाइते भएका छन । घाईते युवाहरूको टाउको , निधार , हात पाखुरा , शरिरका विभिन्न भागमा चोट लागेको छ ।
बिष्ट युवा समुहको सांघातिक हमला पछि आत्मरक्षाका निमित्त पिडित पक्ष द्वारा गरिएको प्रहारमा एकजना युवाको समेत टाउकोमा चोट लागेको छ ।
पिडित पक्षले भाद्र ११ गते नै न्यायका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिमा किटानि जाहेरी दर्खास्त दिए पनि प्रहरीले १२ गते मुद्दा दर्ता गरेको छ ।
लगत्तै भाद्र १२ गते कै दिन पिडक पक्षले पनि पिडतहरूका विपक्षमा ई प्र का त्रिभुवनबस्तिमा उजुरि दिएका छन भने प्रहरीले मुख्य दोषीलाई पक्राउ नगरि पिडित पक्षलाई नै नियन्त्रणमा लिईको छ भने ज्यान मार्ने उधोग सहित खुकुरी प्रहार गर्ने दोषी हरू मध्ये एकजना मात्रै नियन्त्रणमा लिई अन्य पाँच जना दोषीलाई पक्राउ नगरिनु प्रहरी प्रति संकाको बिषय भएको पिडितहरूले गुनासो गरेका छन ।
प्रहरीले पिडितलाई झन पिडित बनाउने भुमिका गरेको पुनर्वास नगरपालिका वडा नम्बर १० का वडा सदस्य पदम उपाध्याय बताउँछन ।
वडा अध्यक्ष सुकदेब राना का अनुसार घटनामा मुख्य दोषी बिष्ट युवाहरूलाई प्रहरीले छिटोभन्दा छिटो पक्राउ गरि कानुनि उपचार तर्फ लाग्नुपर्ने कुरामा जोड दिए । पिडितले न्यायका लागि प्रहरीलाई तत्काल किटानी जाहेरी दिई सक्दा पनि प्रहरीले दोषी हरूलाई पक्राउ नगरिनु प्रहरी माथि संकाको बिषय भएको देखिन्छ वडा अध्यक्ष रानाले दावि गरे ।
रातिको १२ बजे कसैको घरआगनमा तिजको रमाइलो गरिरहेका बेला खुकुरी लियर मानवीय क्षति पुर्याउने उदेश्य ले आक्रमण गर्ने दोषी लाई जाहेरी दिएको एकसाता पुग्दा समेत पक्राउ नगरिनु अत्यन्तै निन्दनीय भएको अध्यक्ष राना बताउँछन ।
आफू कानुनि दायरामा रहि कर्तव्य निर्वाह गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका प्रहरी निरिक्षक महेश बिक्रम शाही ले बताए ।
एकजनालाई नियन्त्रणमा लिएका छौ फरार रहेका अन्य दोषी हरूको खोजि कार्य जारि छ छिटै पक्राउ गरि कानुनि कार्वाही गरिनेछ प्रहरी निरिक्षक शाही बताउँछन् ।
दोषी उपर यथासिघ्र कानुनि कार्वाही भएन भने प्रहरी विरूद्ध कडा आन्दोलन गरिने पिडित पक्षले चेतावनी दिएका छन ।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V