www.patranepal.com

पपुलर

बाँसगढी क्याम्पसका नवनिर्वाचित अध्यक्षद्वारा ५ लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा

बेलौरीमा एकै राति मन्दिरका घण्टी चोरी, धार्मिक आस्थामाथि गम्भीर प्रहार

कञ्चनपुर जिल्ला कारागारमा कैदीबन्दीबीच हिंस्रक झडप, ८ जना घाइते, कारागार प्रशासनमाथि गम्भीर आरोप

परसाका परसौनी गाउँमा अहमदिया समुदायद्वारा सरसफाइ अभियान सम्पन्न

पञ्चायत कालदेखि हटाउन नसकेका बेलडाँडी विच सडकका रुख गणतान्त्रिक युगमा हटाईयो

पुनर्वास नगरपालिकामा लैङ्गिक समानता र समावेशीकरणसम्बन्धी रिफ्लेक्सन कार्यशाला सम्पन्न

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

ब्याङ्गलोरमा श्रीमती बेपत्ता प्रकरण : श्रीमानको आरोप– अर्कै पुरुषसँग विवाह गरी नगद तथा गहना लिएर फरार

समाचार प्रकाशित मिति :

ब्याङ्गलोरमा श्रीमती बेपत्ता प्रकरण : श्रीमानको आरोप– अर्कै पुरुषसँग विवाह गरी नगद तथा गहना लिएर फरार

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

ब्याङ्गलोरमा श्रीमती बेपत्ता प्रकरण : श्रीमानको आरोप– अर्कै पुरुषसँग विवाह गरी नगद तथा गहना लिएर फरार

कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिका–६, मौरीफाँटाका चन्द्र लुहारले आफ्नी श्रीमती बेपत्ता भई अर्कै व्यक्तिसँग विवाह गरेको आरोप लगाएका छन्। भारतको ब्याङ्गलोरमा रोजगारीका लागि बसोबास गर्दै आएका लुहारका अनुसार करिब १६ वर्षअघि आदर्श गाउँपालिका–५, दहकालिकी लक्ष्मी लुहारसँग उनको विवाह भएको थियो।

उनका अनुसार वैवाहिक जीवनमा एक छोरा र तीन छोरी रहेका छन्। परिवारको भविष्य सुनिश्चित गर्ने उद्देश्यले उनी केही वर्षअघि कान्छो छोरासहित रोजगारीका लागि भारतको ब्याङ्गलोर पुगेका थिए। त्यहाँ बस्दै गर्दा श्रीमतीले पनि काम गर्ने इच्छा व्यक्त गरेपछि उनले सहमति दिएका थिए।

लुहारको आरोपअनुसार त्यसपछि श्रीमतीको व्यवहारमा परिवर्तन देखिन थालेको र एक अपरिचित भारतीय युवकसँग नजिकिएको उनले बताएका छन्। उनले श्रीमतीलाई अपरिचित व्यक्तिसँग सम्बन्ध नराख्न सुझाव दिए पनि विवाद बढ्दै गएको जनाइएको छ।

केही समयपछि श्रीमती सम्पर्कविहीन भएको र खोजीका क्रममा करिब एक लाख रुपैयाँ नगद तथा गरगहना लिएर ती युवकसँगै गएको थाहा भएको लुहारले बताएका छन्। पछि प्रहरीको सहयोगमा खोजी गर्दा श्रीमतीले ती युवकसँग विवाह गरी ब्याङ्गलोरमै बसोबास गरिरहेको जानकारी प्राप्त भएको उनले दाबी गरेका छन्।

यस घटनाबारे लुहारका भाइ, कञ्चनपुरको पुनर्वास नगरपालिका–५ निवासी श्यामसुन्दर विश्वकर्माले जानकारी गराउँदै सामाजिक सञ्जाल तथा भारतका विभिन्न स्थानमा खोजी कार्य तीव्र बनाइएको बताए। उनले हराइरहेकी महिलाको खोजी तथा सत्य तथ्य सार्वजनिक गर्न सम्बन्धित निकाय र सर्वसाधारणसँग सहयोगका लागि हार्दिक अनुरोध गरेका छन्।

यस घटनाबारे आधिकारिक पुष्टि भने सम्बन्धित निकायबाट हुन बाँकी रहेको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

युगान्तकारी चिन्तक मार्क्स र ओशो

युगान्तकारी चिन्तक मार्क्स र ओशो

बेलौरीमा एकै राति मन्दिरका घण्टी चोरी, धार्मिक आस्थामाथि गम्भीर प्रहार

इजी वे इन्स्टिच्युटमा हरितालिका तीज २०८२ विशेष शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित

क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित

निर्मला हत्याकाण्डमा तत्तकालिन आईजिपि सर्वोन्द खनालमाथि अनुसन्धान हुनुपर्छ पत्रकार भण्डारी 

सहकारीका समस्या चुनौती र अवसर विषयक अन्तरक्रिया  कार्यक्रम सम्पन्न !

पुनर्वास नगरपालिकाको सामुदायिक विद्यालयमा यसरी सुधार गर्न सकिन्छ

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V