www.patranepal.com

पपुलर

सब–इन्जिनियर लालमन तामाङ र क्याप्टेन (से.नि.) जिनबहादुर तामाङको संयोजनमा च्याम्पियन खेलाडी सम्मानित

भजनीमा नेरुडे मिर्मिरे लघुवित्तद्वारा विद्यालयलाई सिलिङ फ्यान सहयोग

बालिका शासक्त परियोजना प्रभावकारी बन्दै बर्दियामा !

बालिका शासक्त परियोजना प्रभावकारी बन्दै बर्दियामा !

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

जनजागरण सामुदायिक वनको २६औँ वार्षिक साधारणसभा सम्पन्न वन संरक्षण सबैको साझा दायित्व : नगरप्रमुख शर्मा

सिटी हल महेन्द्रनगरमा नेपाल जेसीज ’ सम्मेलन हुने

सिटी हल महेन्द्रनगरमा नेपाल जेसीज ’ सम्मेलन हुने

सांसद जनक सिंह धामीद्वारा सहिद गोबिन्द गौतमको सालिकमा माल्यार्पण

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

कञ्चनपुर जिल्ला कारागारमा कैदीबन्दीबीच हिंस्रक झडप, ८ जना घाइते, कारागार प्रशासनमाथि गम्भीर आरोप

समाचार प्रकाशित मिति :

कञ्चनपुर जिल्ला कारागारमा कैदीबन्दीबीच हिंस्रक झडप, ८ जना घाइते, कारागार प्रशासनमाथि गम्भीर आरोप

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

 

लाल बहादुर एस के/ पुस ४, कञ्चनपुर जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीहरूबीच झडप हुँदा आठ जना कैदी घाइते भएका छन्। शुक्रबार अपराह्न करिब ५ बजेतिर कारागारभित्र रहेका कैदीबन्दीहरूबीच आपसी झडप भएको हो।

कैदीबन्दीहरूको भनाइ अनुसार कारागार प्रशासनको कमजोरी, नाइकेहरूको मनपरी र आन्तरिक व्यवस्थापनमा देखिएको समस्याका कारण झडपको अवस्था सिर्जना भएको हो। घटनापछि कारागारभित्र तनावग्रस्त अवस्था बनेको छ भने सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति तैनाथ गरिएको कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी सागर बोहराले जानकारी दिनुभयो।

कैदीबन्दीहरूले कारागारका नाइके, चौकिदार तथा प्रशासनबाटै अनावश्यक रूपमा रकम असुली हुने गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार आफूहरूले पाउने मासिक सुविधा रकमसमेत पूरा नदिने, क्यान्टिनका सामग्रीमा कमिसन खाने, कारागारभित्र मदिरा तथा लागुऔषध सहजै प्रवेश गर्ने गरेको जस्ता गम्भीर आरोपहरू लगाइएका छन्।

उक्त आरोपबारे कारागारकी जेलर बन्दना सुवेदीले अस्वीकार गर्दै भन्नुभयो, “त्यस्तो कुनै गतिविधि भएको छैन। कैदीबन्दीहरूले चौकिदार र नाइके परिवर्तन गर्नुपर्ने माग गरेका छन्। म नयाँ हुँ, कारागारमा आएको करिब १५ दिन मात्र भएको छ। सबै कुरा सिक्दैछु, बुझ्दैछु। सुरक्षासम्बन्धी विषयमा सम्बन्धित सुरक्षाकर्मीलाई थाहा होला।”

झडपमा परेर ३४ वर्षीय किरण सिंह, ४७ वर्षीय करण कुवँर, ३० वर्षीय दिनेश कुवँर, ४० वर्षीय राजेन्द्र सुनार, रोशन शाही, २९ वर्षीय मदन गिरी, २७ वर्षीय सन्दीप भण्डारी र २९ वर्षीय जनक खड्का घाइते भएका छन्।

जसमध्ये चार जनाको टाउकोमा र अन्य चार जनाको छाती तथा हातमा सामान्य चोट लागेको जेलर सुवेदीले बताउनुभयो। घाइते सबैको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

हाल कञ्चनपुर कारागारमा ३८५ जना कैदीबन्दी रहेका छन्। कारागारभित्र यति ठूलो झडप हुनुले सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको स्थानीयवासीको भनाइ छ।

आम नागरिकहरू भन्छन्—“कारागारजस्तो उच्च सुरक्षाको क्षेत्रमा नै यस्तो घटना हुन्छ भने बाहिर सर्वसाधारणको सुरक्षा अवस्था कस्तो होला?” यस्ता घटनाले देशको समग्र सुरक्षा अवस्था कमजोर बन्दै गएको संकेत गरेको भन्दै नागरिकहरूले सरकार र सुरक्षा निकायप्रति चिन्ता व्यक्त गरेका छन्।

नागरिकहरूका अनुसार यस्तै अवस्था रहिरहे सरकारको अस्तित्वप्रति नै प्रश्न उठ्ने अवस्था आउने भन्दै राज्यले जनधनको सुरक्षा सुनिश्चित गर्न गम्भीर कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V