www.patranepal.com

पपुलर

पत्रकार ओलीमाथि अत्याचार गर्ने भन्सारका हाकिमद्वय भट्ट र थापा प्रहरी नियन्त्रणमा 

पुनर्वास नगरपालिकाको आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि सामग्री हस्तान्तरण

ब्याङ्गलोरमा श्रीमती बेपत्ता प्रकरण : श्रीमानको आरोप– अर्कै पुरुषसँग विवाह गरी नगद तथा गहना लिएर फरार

हेभेन पर्ल बर्ड एकेडेमीको १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

विद्युत लापरबाहीले६२वर्षीय गौतमको ज्यान गयो

सप्तरीमा युवा भेला सम्पन्न युवाहरूको आत्मनिर्भरता र समाज निर्माणतर्फ छलफल

सांसद जनक सिंह धामीद्वारा सहिद गोबिन्द गौतमको सालिकमा माल्यार्पण

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

समाचार प्रकाशित मिति :

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर। पुनर्वास नगरपालिका–८ मा रहेको जनजागरण सामुदायिक वन उपभोक्ता समूहले वनलाई पर्यापर्यटनको केन्द्रका रूपमा विकास गर्ने निर्णय गरेको छ। सामुदायिक वनको साधारण सभा र परिषद् बैठकबाट विभिन्न पर्यटन पूर्वाधार निर्माण गर्ने प्रस्ताव पारित भएसँगै योजना कार्यान्वयनको प्रक्रिया अघि बढाइएको हो।

साधारण सभा २०८२/०९/२८ र परिषद् बैठक २०८२/१०/०७ मा सम्पन्न भई वन क्षेत्रभित्र रहेका अधुरा तथा प्रस्तावित संरचनाहरू निर्माण सम्पन्न गर्ने निर्णय गरिएको समूहले जनाएको छ। उक्त निर्णयअनुसार सामुदायिक वनको ब्लक नम्बर ४ मा पर्ने तल्लो भू–भाग तथा सिँढी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेछ।

पर्यटन प्रवर्द्धन तथा उपभोक्ताको आयआर्जन वृद्धिलाई लक्ष्य गरी तयार पारिएको योजनाअन्तर्गत स्विमिङ पुल, शौचालयसहित ड्रेस चेञ्जिङ रुम, इन्टरलक ब्लक बिछ्याउने, पार्कको पूर्व–पश्चिम गेट, ध्यान केन्द्र, बुद्ध पिस टावर, इकोहिम पार्क, बाल उद्यान, सामुदायिक भवन, गोलघर, वाटर फाउण्टेन, चमेनागृह, इन्डोर बोटानिकल पार्क तथा वाटर फरेसन लगायतका संरचना निर्माण गर्ने प्रस्ताव समावेश गरिएको छ।

सामुदायिक वन उपभोक्ता समूहले यी योजनाहरूलाई वन व्यवस्थापन कार्ययोजनामा समावेश गरी आवश्यक बजेटका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारसँग समन्वय गर्ने निर्णयसमेत गरेको छ। तर, समयमै बजेट सुनिश्चित नभए उपभोक्ताहरूको इच्छाअनुसार निजी लगानीमा संरचना निर्माण गरी सञ्चालन गर्ने व्यवस्था पनि गरिएको छ।

उपभोक्ताको निजी लगानीमा निर्माण हुने संरचनाहरूको सञ्चालन सामुदायिक वन उपभोक्ता समूहको साधारण सभामा उपस्थित दुई तिहाइ सदस्यको बहुमतबाट पारित कार्यविधिअनुसार गरिने उल्लेख छ।

यसै सन्दर्भमा जनजागरण सामुदायिक वन उपभोक्ता समूहले कञ्चनपुर डिभिजन वन कार्यालय अन्तर्गत कुण्डावन सबडिभिजन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्र समूहका अध्यक्ष लोकबहादुर कार्की, सचिव लालप्रसाद घिमिरे, कोषाध्यक्ष हरिविक, पूर्व कोषाध्यक्ष शंकर केसी लगायत सदस्यहरू, बुद्धिजीवी तथा संस्थाका शुभचिन्तकहरूको टोलीले संयुक्त रूपमा बुझाएको हो।

ज्ञापन पत्र कुण्डावन सबडिभिजन कार्यालयका कार्यालय प्रमुख दिनेशकुमार यादवले बुझ्दै यस विषयमा आफूभन्दा माथिल्लो निकायसँग छलफल गरी पेश गर्ने बताएका छन्। साथै, नियमसंगत रुपमा के–कस्तो व्यवस्था मिल्छ भन्ने विषयमा आवश्यक बुझबुझारथ गरी सो कार्यालयलाई औपचारिक जानकारी गराइने उनले बताए।

स्थानीय स्तरमा पर्यटकीय गतिविधि बढाउने, रोजगारी सिर्जना गर्ने र सामुदायिक वनको दिगो उपयोग सुनिश्चित गर्ने उद्देश्यसहित अघि बढाइएको यो योजनालाई स्थानीयले महत्वपूर्ण पहलका रूपमा लिएका छन्।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

अन्तर्राष्ट्रिय बेपत्ता दिवस बाँसगढिमा मनाइयो !

इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

सामसङले नेपाल ल्यायो ‘ग्यालेक्सी एम३६ ५जी’, मूल्य कति ?

सामसङले नेपाल ल्यायो ‘ग्यालेक्सी एम३६ ५जी’, मूल्य कति ?

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

पुनर्वासमा लो भोल्टेज समस्या समाधानका लागि वैकल्पिक व्यवस्था, दीर्घकालीन समाधानतर्फ पहल

आर्थिक वर्ष २०८१/०८२ को उखुको भुक्तानी रकम माग गर्दै किसानहरू आन्दोलनमा उत्रेका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ — साँझ ५ बजेसम्मको अन्तिम मतदान अपडेट

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V