www.patranepal.com

पपुलर

हेभेन पर्ल बर्ड एकेडेमीको १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

लालझाडीमा “प्रथम SYC फुटबल तथा कराते प्रतियोगिता २०८२” भव्य रूपमा सुरु

शिक्षक बिमल चन्द मृत अवस्थामा फेला, घटनाबारे अनुसन्धान जारी

नेपालीहरूको महान चाडपर्व विजयादशमी उल्लासपूर्वक मनाइँदै

धार्मिक सहिष्णुता प्रवर्द्धन गर्दै अहमदिया मुस्लिम समुदायद्वारा मन्दिर परिसर सफाई कार्यक्रम

बाँकेको राप्तीसोनारीमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते !

बाँकेको राप्तीसोनारीमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते !

कञ्चनपुर जिल्ला कारागारमा कैदीबन्दीबीच हिंस्रक झडप, ८ जना घाइते, कारागार प्रशासनमाथि गम्भीर आरोप

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

सब–इन्जिनियर लालमन तामाङ र क्याप्टेन (से.नि.) जिनबहादुर तामाङको संयोजनमा च्याम्पियन खेलाडी सम्मानित

समाचार प्रकाशित मिति :

सब–इन्जिनियर लालमन तामाङ र क्याप्टेन (से.नि.) जिनबहादुर तामाङको संयोजनमा च्याम्पियन खेलाडी सम्मानित

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

सब–इन्जिनियर लालमन तामाङ र क्याप्टेन (से.नि.) जिनबहादुर तामाङको संयोजनमा च्याम्पियन खेलाडी सम्मानित

पुनर्वास, कञ्चनपुर । सब–इन्जिनियर लालमन तामाङ र क्याप्टेन (से.नि.) जिनबहादुर तामाङको संयोजनमा च्याम्पियन खेलाडी सम्मानित आयोजित ‘अन्डर–१४ सुदूरपश्चिम प्रदेशस्तरीय छात्रा फुटबल प्रतियोगिता’ मा च्याम्पियन बनेका पुनर्वासका खेलाडीहरूलाई भव्य समारोहका बीच सम्मान गरिएको छ।

पुनर्वास नगरपालिकाका सब–इन्जिनियर लालमन तामाङ र विशिष्ट अतिथि एवं भारतीय सेनाका सेवानिवृत्त क्याप्टेन (से.नि.) जिनबहादुर तामाङको संयुक्त संयोजन तथा आर्थिक सहयोगमा फागु पूर्णिमाको अवसर पारेर सम्मान कार्यक्रम सम्पन्न गरिएको हो।

कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष दाउत तामाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा नं. ३ का उत्कृष्ट खेलाडीहरू—मेहारीका तामाङ, रेचल तामाङ, आरसी वि.क. र सन्सु वि.सी.—लाई खादा, माला तथा प्रशंसापत्रसहित सम्मान गरिएको थियो।

प्रमुख अतिथि दाउत तामाङले सीमित स्रोत–साधनका बाबजुद खेलाडीहरूले प्रदेशस्तरमा प्रथम स्थान हासिल गरी जिल्लाको गौरव बढाएको उल्लेख गर्नुभयो। उहाँले प्रशिक्षक हिमाल मल्ल र अभिभावकहरूको योगदान प्रशंसनीय रहेको बताउँदै यस्ता सम्मान कार्यक्रमले खेलाडीहरूमा थप हौसला र आत्मविश्वास वृद्धि गर्ने धारणा व्यक्त गर्नुभयो।

सब–इन्जिनियर लालमन तामाङले भौतिक पूर्वाधार विकाससँगै खेलकुद र मानवीय क्षमताको विकासलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले पुनर्वासका साना खेलाडीहरूको उपलब्धि सम्पूर्ण नगरवासीका लागि गर्वको विषय भएको उल्लेख गर्दै आगामी दिनमा खेलकुद क्षेत्रको उन्नतिका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

विशिष्ट अतिथि क्याप्टेन (से.नि.) जिनबहादुर तामाङले अनुशासन, मेहनत र लगनशीलताले मात्र खेल क्षेत्रमा सफलता हासिल गर्न सकिने बताउनुभयो। सेवानिवृत्त जीवनपछि पनि सामाजिक तथा खेलकुद क्षेत्रमा योगदान गर्न पाएकोमा खुशी व्यक्त गर्दै उहाँले उचित मार्गदर्शन र अवसर पाएमा यी खेलाडीहरू भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो।

पछिल्लो समय पुनर्वास नगरपालिका फुटबल गतिविधिको प्रमुख केन्द्र बन्दै गएको छ। प्रशिक्षक हिमाल मल्लको नियमित प्रशिक्षण र स्थानीय खेलप्रेमीहरूको सक्रियताले गाउँ–गाउँबाट प्रतिभाशाली खेलाडी उत्पादन भइरहेका छन्। कार्यक्रममा सहभागीहरूले खेलाडीहरूको उज्ज्वल भविष्यको कामना गर्दै खेलकुद क्षेत्रलाई अझ सुदृढ र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

उठेका प्रश्न र आलोचनामाथि काँग्रेस–एमाले एकस्वर, ओलीलाई काँग्रेसको काँध !

उठेका प्रश्न र आलोचनामाथि काँग्रेस–एमाले एकस्वर, ओलीलाई काँग्रेसको काँध !

अर्थतन्त्रमा क्रमिक सुधार भएको छ :  अर्थमन्त्री पौडेल

अर्थतन्त्रमा क्रमिक सुधार भएको छ : अर्थमन्त्री पौडेल

स्वरोजगार लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण, सदस्यलाई राहत

एनआरएनए नर्वे शर्माद्वारा पुनर्वासको बागीश्वरी माध्यमिक विद्यालयका १९२ विद्यार्थीलाई ट्र्याकसुट र टिसर्ट वितरण।

भुमि आयोग बर्दियामा नियम अनुसार सबै पालिकाको काम भैरहेका छन ! धैर्य गरेर बसिदिनु हुन बासगढि प्रमुख को अनुरोध !                                 

भुमि आयोग बर्दियामा नियम अनुसार सबै पालिकाको काम भैरहेका छन ! धैर्य गरेर बसिदिनु हुन बासगढि प्रमुख को अनुरोध !                                 

सरस्वती पूजाको अवसर पारेर KBM स्कूलले सुरु गर्‍यो एकदिने निःशुल्क भर्ना अभियान

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V