www.patranepal.com

पपुलर

खेम राज जोशी बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नियुक्त, ६३ उपसचिव खटाइए

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

धार्मिक सहिष्णुता प्रवर्द्धन गर्दै अहमदिया मुस्लिम समुदायद्वारा मन्दिर परिसर सफाई कार्यक्रम

एनआरएनए नर्वे शर्माद्वारा पुनर्वासको बागीश्वरी माध्यमिक विद्यालयका १९२ विद्यार्थीलाई ट्र्याकसुट र टिसर्ट वितरण।

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने 

पञ्चायत कालदेखि हटाउन नसकेका बेलडाँडी विच सडकका रुख गणतान्त्रिक युगमा हटाईयो

आन्दोलनकारी समूहद्वारा झलारी एनएमबी बैंकमा तालाबन्दी

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

समाचार प्रकाशित मिति :

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

  • कृषि क्षेत्रले कुल गार्हस्थ्य उत्पादनको एक चौथाई हिस्सा ओगट्छ तर वर्षैभर सिँचाइ सुविधा कुल कृषियोग्य जमिनको १९ प्रतिशतमा मात्रै पुगेको छ।
  • मधेश प्रदेश र पश्चिम तराईमा धान रोपाइँ समयमै नहुनु र खडेरीले आधाभन्दा बढी जमिनमा खेती सम्भव नभएको छ।
  • खडेरीले कृषकको आम्दानी घट्ने, आर्थिक वृद्धिदरमा असर पर्ने र आयात बढ्ने खतरा देखिएको छ, सरकारले सिँचाइ आयोजनामा शीघ्र काम गर्नुपर्ने सुझाव छ।

१० साउन, काठमाडौं । नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो एकल हिस्सा ओगट्ने कृषि क्षेत्र सिँचाइ अभावले संकटमा परिरहेको छ ।

कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादन (जीडीपी) को एक चौथाइ हिस्सा ओगट्छ । तर, कुल कृषियोग्य जमिनको १९ प्रतिशतमा मात्रै वर्षैभरि सिँचाइ सुविधा पुगेको सरकारी तथ्यांक छ

NCELL

बाँकी जमिनमा खेती गर्ने जनताले बाली उत्पादनका लागि आकाशे पानीको भरोसामा रहनुपर्ने अवस्था छ । अर्थात्, वर्षा भए खेती हुन्छ, नभए हुन्न ।

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनबाट ६ प्रतिशत आर्थिक वृद्धि प्राप्तिको लक्ष्य राखेको छ । आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय लेखा तथ्यांक प्रतिवेदन हेर्ने हो भने जीडीपीमा सबैभन्दा ठूलो योगदान कृषि, वन तथा मत्स्य क्षेत्रले गर्छ । कृषिभित्र समेत मुख्य हिस्सा धानको छ ।

 

तर, अहिले मधेस प्रदेश र पश्चिम तराई क्षेत्रमा धान रोपाइँ गर्ने समयमै खडेरी परेको छ । जसले गर्दा आधाभन्दा बढी क्षेत्रमा रोपाइँ गर्न सकिएको छैन । कृषकले वर्षा कुरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न पूर्वनिर्धारित कार्यक्रम सिलसिलामा शुक्रबार मधेसका जिल्ला झरे । तर, उनले सामाजिक सञ्जालमार्फत मधेसप्रति सहानुभूति देखाउन समेत भ्याए । महोत्तरी पुगेर प्रधानमन्त्रीले तराईमा तत्कालै ५ सय डिप बोरिङ जडान गर्ने घोषणा समेत गरे । तर, सरकारकै अक्षमताका कारण वर्षौंसम्म जिर्ण बनेका सिँचाइ आयोजनालाई गति दिनेबारे बोलेनन् ।

मौसमविद् उज्वल उपाध्यायका अनुसार डिप बोरिङ खडेरीको समाधान होइन । बरु यसले भूमिगत पानीको स्तर घटाउँछ र जलसंकट अझै गहिरो बनाउँछ । जसले गर्दा खडेरीको सम्भावना थप बढाउँछ । उनले दिगो समाधानका रूपमा प्रभावकारी पानी पुनर्भरणका विकल्प खोज्न सुझाव दिन्छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत आव २०८१/८२ मा कृषि क्षेत्रको वृद्धिदर मात्र ३.२८ प्रतिशत थियो । गत वर्ष समयमै धान खेती भएको थियो भने वर्षासमेत पर्याप्त थियो । ११ असोजको बाढीले पहाडी भेग र तराईका केही फाँटमा क्षति गर्नुबाहेक धान खेतीमा ठूलो असर गरेको थिएन । यस वर्ष साउनको मध्य हुनलाग्दा समेत आधामात्र धान खेती सम्भव हुनुले समग्र अर्थतन्त्रमा असर पर्ने देखिन्छ ।

आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार फागुन २०८१ सम्म कुल सिँचाइयोग्य जमिन २५ लाख ३६ हजार ३ सय १९ हेक्टरमध्ये ६२.२८ प्रतिशतमा मात्र सिँचाइ सुविधा विस्तार भएको छ । कुल ३५ लाख ५७ हजार ७ सय ६४ हेक्टर कृषियोग्य जमिनमध्ये ४४.४ प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको तथ्यांक छ । तर, बाह्रै महिना सिँचाइ सुविधा पुगेको जमिन करिब २० प्रतिशत मात्रै छ ।

सरकारले विनियोजन गर्ने बजेटको आकार पछिल्लो एक दशकमा बढेको देखिन्छ । तथ्यांक अनुसार हरेक वर्ष १३.६ प्रतिशत औसत प्रतिवर्ष बजेट बढेको छ । तर, सिँचाइ सुविधा पुगेको खेतीयोग्य जमिन औसत १.५ प्रतिशतले बढेको छ । यसले विनियोजित बजेट खर्च नहुने र सिँचाइका लागि वर्षाकै भर पर्नुपर्ने बाध्यता देखिन्छ ।

आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार यस आवमा धान उत्पादन ४.०४ प्रतिशतले बढेको अनुमान छ । अहिले वार्षिक धान उत्पादन ५९ लाख ५५ हजार ४ सय ७६ टन पुगेको छ । यस वर्ष धानको औसत उत्पादकत्व ५.३८ प्रतिशतले बढेर ४.१९ टन प्रतिहेक्टर पुगेको छ ।

६ प्रदेशमा पनि अर्थतन्त्रको मुख्य खम्बा हो कृषि

राष्ट्रिय तथ्यांक कार्यालयको आँकडा अनुसार प्रादेशिक जीडीपीमा समेत कृषिको अभिन्न योगदान छ । बागमती बाहेक सबै प्रदेशको जीडीपीमा मुख्य योगदान कृषि, वन र मत्स्यको छ । नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रहने अनुमान छ । यसमध्ये कोशी प्रदेशले नेपालको अर्थतन्त्रमा १५.९ प्रतिशत योगदान गर्छ । कोशी प्रदेशको जीडीपीमा कृषिको योगदान ३४.०५ प्रतिशत रहने अनुमान छ । जुन सबैभन्दा धेरै हो ।

मधेस प्रदेशले नेपालको जीडीपीमा १३.१६ प्रतिशतको योगदान गर्ने देखिन्छ । मधेसमा समेत कृषि, वन तथा मत्स्य क्षेत्रको योगदानको सबैभन्दा बढी हिस्सा छ । यस प्रदेशमा कृषिको हिस्सा ३६.७३ प्रतिशत छ ।

बागमती प्रदेशले नेपालको जीडीपीमा ३६.५२ प्रतिशत हिस्सा ओगट्छ । तर, यो प्रदेशमा पहिलो हिस्सा भने थोक तथा खुद्रा व्यापार क्षेत्रको छ । कृषिको योगदान कम रहेको छ । गण्डकी प्रदेशले मुलुकको जीडीपीमा ८.९८ प्रतिशत योगदान गर्छ । यस प्रदेशको समेत मुख्य क्षेत्र कृषि, वन र मत्स्य हो । उक्त क्षेत्रले प्रदेश जीपीडीमा २७.१० प्रतिशत हिस्सा ओगट्छ । गत आवको तुलनामा कृषिको योगदान अझ बढेको देखिएको छ ।

लुम्बिनी प्रदेशले जीडीपीमा १४.२३ प्रतिशत योगदान गर्ने अनुमान छ । यस प्रदेशको जीडीपीमा भने कृषिले सबैभन्दा धेरै ३१.०२ प्रतिशत योगदान दिन्छ । कर्णाली प्रदेशले मुलुकको जीडीपीमा ४.१९ प्रतिशतको योगदान दिन्छ । कार्यालयका अनुसार यस प्रदेशको जीडीपीमा भने कृषिले सबैभन्दा धेरै ३१.५० प्रतिशत हिस्सा ओगट्छ । सुदूरपश्चिम प्रदेशले मुलुकको जीडीपीमा ७.०३ प्रतिशत योगदान गर्ने अनुमान छ । प्रादेशिक जीडीपीमा सबैभन्दा धेरै योगदान कृषिको ३४.७२ प्रतिशत रहने कार्यालयले जनाएको छ ।

कृषक, अर्थतन्त्र र वैदेशिक व्यापारमा पर्न सक्छ संकट

विज्ञका अनुसार अहिले मधेस र तराई भेगमा देखिएको खडेरीले एकसाथ तीन पक्षमा प्रत्यक्ष संकट निम्त्याउन सक्छ । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा अर्थविद् डा. रामकुमार फुँयालका अनुसार कृषकले आफ्नो फसल उत्पादन गर्न नपाउँदा उनीहरूको आम्दानीको स्रोत गुम्छ ।

त्यसले गरिबी बढाउँछ र कृषकले रोजीरोटीका लागि ऋण काढ्नुपर्ने अवस्था सिर्जना गर्छ । यस्ता कृषकको संख्या ठूलो हुँदा आगामी दिनमा अझ संकट निम्तिने खतरा हुन्छ । दोस्रो, कृषि उत्पादनको असर अर्थतन्त्रमा प्रत्यक्ष पर्छ ।

कृषि क्षेत्रमध्ये धानको हिस्सा ८० प्रतिशत हाराहारी रहेको भन्दै उनले अहिले लिइएको ६ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न कृषिले कम्तीमा ४ प्रतिशत वृद्धिको जिम्मा दिनुपर्ने बताउँछन् । त्यसो हुन नसके सरकारले लिएको लक्ष्य फेल हुन्छ । तेस्रो यसले आयात बढाउँछ ।

वैदेशिक मुद्रा विदेशिन्छ । अहिले पनि नेपालमा आवश्यकता भन्दा बढी धान आयात भइरहेको तथ्यांकले देखाइरहँदा भोलि त्यो अवस्था अझ भयावह हुने हो कि भन्ने शंका गर्न सकिने उनी बताउँछन् ।

यो समस्या समाधान गर्न तत्कालका लागि भएका विकल्पको अधिकतम प्रयोग र दीर्घकालीन समाधानका लागि अगाडि बढेका ठूला आयोजनाको शीघ्र काम सक्नेतर्फ सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

धनगढीमा सरसफाई अभियानका लागि निसर्ग हस्पिटलद्वारा सामग्री सहयोग

महँगी दर १४ महिनायताकै उच्च

महँगी दर १४ महिनायताकै उच्च

श्री सरस्वती माध्यमिक विद्यालयमा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

श्री सरस्वती माध्यमिक विद्यालयमा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

प्रदेशका जनप्रतिनिधिले हरेक कुराका लागि केन्द्रतिर फर्किने स्थिति भयो : पाण्डे

प्रदेशका जनप्रतिनिधिले हरेक कुराका लागि केन्द्रतिर फर्किने स्थिति भयो : पाण्डे

लालझाडीमा “प्रथम SYC फुटबल तथा कराते प्रतियोगिता २०८२” भव्य रूपमा सुरु

हेभेन पर्ल बर्ड एकेडेमीको १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

सीमामा सशस्त्र प्रहरी पहरेदार तर सेटिङ्गमै खुलेयाम तस्करी !तस्करलाई मालामाल, सर्वसाधारणलाई सास्ती 

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V