www.patranepal.com

पपुलर

कम्युनिस्ट नेतृत्वकै सरकारमा दलित प्रतिनिधित्व शून्य : समावेशितामाथि गम्भीर प्रश्न

बेदकोट ताल परिसरमा पत्रकार महासंघको ९औ बैठक, यस्ता छन निर्णय

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

हेभेन पर्ल बर्ड एकेडेमीको १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

मृतक सदस्यको ४ लाख कर्जा मिनाहा गर्दै नेरुडे मिर्मिरे लघुवित्तको मानवीय पहल

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

हेभेन पर्ल बर्ड एकेडेमीको १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

समाचार प्रकाशित मिति :

हेभेन पर्ल बर्ड एकेडेमीको १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

हेभेन पर्ल बर्ड एकेडेमीको १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

कञ्चनपुरको लालझाडी गाउँपालिका–०२, कञ्जस्थित हेभेन पर्ल बर्ड एकेडेमीले आफ्नो १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। “गुणस्तरीय शिक्षा हाम्रो मूल मन्त्र हो” भन्ने नारासहित आयोजना गरिएको उक्त कार्यक्रम विद्यालयका संस्थापक तथा सञ्चालक समितिका अध्यक्ष सोमनाथ रानाको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना रहनुभएको थियो भने विशिष्ट अतिथिहरूमा भानु माध्यमिक विद्यालयका प्राचार्य वेदप्रकाश उपाध्याय, लालझाडी गाउँपालिका खेलकुद समितिका अध्यक्ष तथा भानु मावि व्यवस्थापन समितिका अध्यक्ष प्रकाश राना, बेलौरी पब्लिक स्कुलका संस्थापक एन्डी अधिकारी तथा दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक बन्धुराम बडायक लगायतको उपस्थिति रहेको थियो। साथै समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधि, शिक्षाप्रेमी तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका रिता राणाले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रधानाध्यापक बबिता रानाले राख्नुभएको थियो।

यस वर्ष गाउँपालिका स्तरीय कक्षा ८ को परीक्षामा विद्यालयका १६ जना विद्यार्थी सहभागी भई सबैले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका छन्। तीमध्ये इस्मोद रानाले ३.५९ GPA र अञ्जली रानाले ३.५६ GPA ल्याएर विशेष सफलता हासिल गरेका छन्। उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो।

त्यसैगरी, नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरूले वार्षिक परीक्षामा पनि उत्कृष्ट प्रदर्शन गर्दै ४ GPA सम्म हासिल गर्न सफल भएका छन्। हाल विद्यालयमा २५६ जना विद्यार्थी अध्ययनरत रहेका छन्। विद्यालयले दक्ष शिक्षक–शिक्षिकाबाट गुणस्तरीय शिक्षा प्रदान गर्न तथा समय–समयमा तालिममार्फत शिक्षकहरूको क्षमता अभिवृद्धि गर्दै आएको जानकारी दिइएको छ।

कार्यक्रममा उत्कृष्ट विद्यार्थी, शिक्षक, अभिभावक तथा अतिथिहरूलाई मायाको चिनो, खादा, दोसल्ला तथा सम्मानपत्र प्रदान गरिएको थियो। विद्यालयको प्रगति र सञ्चालनमा अभिभावकहरूको महत्वपूर्ण योगदान रहेको भन्दै उनीहरूलाई पनि विशेष सम्मान गरिएको थियो।

वार्षिक उत्सवलाई थप आकर्षक बनाउन विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम, नृत्य, नाटक, गीत, गजल तथा भेषभूषासहितका प्रस्तुति दिएका थिए, जसले कार्यक्रमलाई थप रोचक र भव्य बनाएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि निर्मल रानाले विद्यालयमा गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै निजी तथा सरकारी विद्यालयका शिक्षकहरूलाई समान रूपमा तालिमको अवसर उपलब्ध गराई दक्ष जनशक्ति उत्पादनमा जोड दिने बताउनुभयो।

त्यसैगरी, विशिष्ट अतिथि वेदप्रकाश उपाध्यायले विद्यालयको उज्ज्वल भविष्यको कामना गर्दै विद्यार्थीहरूको प्रगतिको प्रशंसा गर्नुभयो। अन्य वक्ताहरूले पनि विद्यालयले शैक्षिक सुधारमा गरेको प्रगतिप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न सुझाव दिएका थिए।

विद्यालयले आगामी दिनमा अझ प्रभावकारी शैक्षिक वातावरण निर्माण गर्दै गुणस्तरीय शिक्षा प्रवाहमा जोड दिने प्रतिबद्धता जनाएको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

अमर गोकुल सामुदायिक बन उपभोक्ता समूहद्वारा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

ऐतिहासिक विश्वकप खेल्न उत्साहित खेलाडी, सुपर सिक्समा पुग्ने लक्ष्य

ऐतिहासिक विश्वकप खेल्न उत्साहित खेलाडी, सुपर सिक्समा पुग्ने लक्ष्य

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

कागजमा होइन, घरदैलोसम्म विकास स् कञ्चनपुर क्षेत्र नं। १ मा अर्थमन्त्री तारालामा तामाङको प्रभावकारी पहल

न्यु वीरेन्द्र युवा क्लबद्वारा सञ्चालित पाँचौँ “द फोर्स कप” फुटबल प्रतियोगिताको उद्घाटन सम्पन्न

श्री सरस्वती माध्यमिक विद्यालयको ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V