www.patranepal.com

पपुलर

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

हेभेन पर्ल बर्ड एकेडेमीको १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

समाचार प्रकाशित मिति :

हेभेन पर्ल बर्ड एकेडेमीको १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

हेभेन पर्ल बर्ड एकेडेमीको १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

कञ्चनपुरको लालझाडी गाउँपालिका–०२, कञ्जस्थित हेभेन पर्ल बर्ड एकेडेमीले आफ्नो १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। “गुणस्तरीय शिक्षा हाम्रो मूल मन्त्र हो” भन्ने नारासहित आयोजना गरिएको उक्त कार्यक्रम विद्यालयका संस्थापक तथा सञ्चालक समितिका अध्यक्ष सोमनाथ रानाको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना रहनुभएको थियो भने विशिष्ट अतिथिहरूमा भानु माध्यमिक विद्यालयका प्राचार्य वेदप्रकाश उपाध्याय, लालझाडी गाउँपालिका खेलकुद समितिका अध्यक्ष तथा भानु मावि व्यवस्थापन समितिका अध्यक्ष प्रकाश राना, बेलौरी पब्लिक स्कुलका संस्थापक एन्डी अधिकारी तथा दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक बन्धुराम बडायक लगायतको उपस्थिति रहेको थियो। साथै समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधि, शिक्षाप्रेमी तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका रिता राणाले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रधानाध्यापक बबिता रानाले राख्नुभएको थियो।

यस वर्ष गाउँपालिका स्तरीय कक्षा ८ को परीक्षामा विद्यालयका १६ जना विद्यार्थी सहभागी भई सबैले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका छन्। तीमध्ये इस्मोद रानाले ३.५९ GPA र अञ्जली रानाले ३.५६ GPA ल्याएर विशेष सफलता हासिल गरेका छन्। उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो।

त्यसैगरी, नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरूले वार्षिक परीक्षामा पनि उत्कृष्ट प्रदर्शन गर्दै ४ GPA सम्म हासिल गर्न सफल भएका छन्। हाल विद्यालयमा २५६ जना विद्यार्थी अध्ययनरत रहेका छन्। विद्यालयले दक्ष शिक्षक–शिक्षिकाबाट गुणस्तरीय शिक्षा प्रदान गर्न तथा समय–समयमा तालिममार्फत शिक्षकहरूको क्षमता अभिवृद्धि गर्दै आएको जानकारी दिइएको छ।

कार्यक्रममा उत्कृष्ट विद्यार्थी, शिक्षक, अभिभावक तथा अतिथिहरूलाई मायाको चिनो, खादा, दोसल्ला तथा सम्मानपत्र प्रदान गरिएको थियो। विद्यालयको प्रगति र सञ्चालनमा अभिभावकहरूको महत्वपूर्ण योगदान रहेको भन्दै उनीहरूलाई पनि विशेष सम्मान गरिएको थियो।

वार्षिक उत्सवलाई थप आकर्षक बनाउन विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम, नृत्य, नाटक, गीत, गजल तथा भेषभूषासहितका प्रस्तुति दिएका थिए, जसले कार्यक्रमलाई थप रोचक र भव्य बनाएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि निर्मल रानाले विद्यालयमा गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै निजी तथा सरकारी विद्यालयका शिक्षकहरूलाई समान रूपमा तालिमको अवसर उपलब्ध गराई दक्ष जनशक्ति उत्पादनमा जोड दिने बताउनुभयो।

त्यसैगरी, विशिष्ट अतिथि वेदप्रकाश उपाध्यायले विद्यालयको उज्ज्वल भविष्यको कामना गर्दै विद्यार्थीहरूको प्रगतिको प्रशंसा गर्नुभयो। अन्य वक्ताहरूले पनि विद्यालयले शैक्षिक सुधारमा गरेको प्रगतिप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न सुझाव दिएका थिए।

विद्यालयले आगामी दिनमा अझ प्रभावकारी शैक्षिक वातावरण निर्माण गर्दै गुणस्तरीय शिक्षा प्रवाहमा जोड दिने प्रतिबद्धता जनाएको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पुनर्वास नगरपालिकाको आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि सामग्री हस्तान्तरण

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरू

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरू

इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयको ताला खोलियो

दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयको ताला खोलियो

नेपाल ईट्टा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न, नविन शर्मा कोषाध्यक्षमा निर्वाचित

नगर स्तरीय अन्तर मा.बि.वकतृत्वकला प्रतियोगिता सम्पन्न !

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V