www.patranepal.com

पपुलर

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

शुक्लाफाटा–१०को एनएमबी बैंकमा लागेको तालाचाबी खुले, सोमवारदेखि बैंकिङ सेवा सुरु

सुदूरपश्चिम महोत्सवमा युवतीमाथि कुटपिट

पुनर्वासमा वर्ड फ्लू रोग नियन्त्रणसम्बन्धी एक दिने जनसचेतना कार्यक्रम सम्पन्न

बाँसगढिमा निशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सन्चालन हुने!

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

बेदकोट ताल परिसरमा पत्रकार महासंघको ९औ बैठक, यस्ता छन निर्णय

समाचार प्रकाशित मिति :

बेदकोट ताल परिसरमा पत्रकार महासंघको ९औ बैठक, यस्ता छन निर्णय

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

 

पुनर्वास भाद्र ६–नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको मासिक घुम्ती बैठक कञ्चनपुर जिल्लाको धार्मिक पर्यटकिय स्थल बेदकोट ताल परिसरमा बसेको छ । शुक्रबार जिल्लाको बेदकोट नगरपालिका वडा नं. ३ स्थीत बेदकोट ताल परिसरमा महासंघको ९औ बैठक सम्पन्न भएको हो । पत्रकार महासंघका अध्यक्ष सुरेश सिंह धामीको अध्यक्षतामा उपाध्यक्ष धर्मारोकाया, सचिव कुन्दन पाण्डेय, कोषाध्यक्ष मोहन विष्ट र सहसचिव गोकुल जोशीको उपस्थीति रहेको थियो । सदस्यहरुमा केशव भट्ट, दिनेश ओझा, विकास सिंह महता, माधव पौडेल, ऐश्वर्या कुवर, धन बहादुर विकको उपस्थीती रहेको थियो । पत्रकार महासंघका सल्लाहकार माधव धामीको बिशेष उपस्थिति रहेको थियो । बैठकले विभिन्न निर्णय सर्वसम्मतरुपमा पारित गरको छ । बैठकले निम्नलिखित महत्वपूर्ण निर्णय पारित गरेको पत्रकार महासंघ कञ्चनपुर शाखाका सचिव कुन्दन पाण्डेयले बताए ।

१. नेपाल पत्रकार महासंघ शाखा कंचनपुरले कंचनपुरका पत्रकारहरु र सन्चारमाध्यमहरुको हकहितमा जोड दिने, पत्रकार आचारसंहिताको कार्यान्वयनमा सबै पेशागत पत्रकारलाइ आग्रह गर्ने, बिगतमा पहिलो देखि आठौँ बैठकमा गरिएका निर्णयको कार्यान्वयनमा जोड दिने र नेपाल पत्रकार महासंघ शाखा कंचनपुरको भि।न।पा। १८ सालघाडिमा रहेको भवनको कार्यालय ब्यवस्थापन सङ्गै भुईतला लाई पछिल्लो समय धरासायी बन्दै गएका पत्रपत्रीका छपाइमा सहयोग पुगोस भन्ने उदेश्यले मिडिया क्षेत्र संग सम्बन्धित रहेको छापाखाना सन्चालनका लागि सहुलियत दरमा भाडामा दिने निर्णय गरेको छ ।

२।कंचनपुरको बिकास ,समृद्धि र रोजगारीमा अहम भुमिका निर्वाह गर्ने अपेक्षा र आसा गरिएको दैजिछेला औधोगिक क्षेत्र निर्माणको काम द्रुत गतिमा अगाडि बढाउन सरकार संग आग्रह गरेको छ ।

३. कंचनपुरको बेदकोट नगरपालिकामा रहेका बेदकोट ताल , लिङ्गा क्षेत्र लगायतका अन्य धार्मिक पर्यटकिय क्षेत्रहरुको पर्यटन प्रवर्द्धन , प्रचार प्रसार र पुर्वाधार बिकासका ध्यान दिन स्थानिय ,प्रदेश र संघ सरकारलाइ आग्रह गर्दै पर्यटकिय क्षेत्रको बिकास, पर्यटन प्रवद्धन र प्रचार प्रसारको लागि महासंघको सदैव साथ सहयोग रहने प्रतिबद्धता समेत ब्यक्त गरेको छ ।

महासंघले घुम्ती बैठकसंगै अन्तक्रिया पनि गरेको थियो । उक्त कार्यक्रममा बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज प्रमुख अतिथि रहेका थिए । पत्रकारहरु राष्ट्रको अभिन्न अंग भएकोले कुनै व्यक्ती पार्टी, संस्था विशेष भएर लाग्न नहुने कार्यक्रमका प्रमुख अतिथि बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले बताए । पत्रकारिताविनाको लोकतन्त्र अराजक हुने उनले उल्लेख गरे । राजनितिक दल र पत्रकारहरु एक अर्काका परिपुरक रहेको समेत उनले बताए ।

अहिले सामाजिक सञ्जाल लगायतका कारणले मिडिया धरासायी बन्न पुगेको उनले बताए। समाजका हरेक राम्रा र नराम्रा विषयलाई पत्रकारहरुले उठान गर्न हिच्किचाउन नहुनेमा समेत उनले जोड दिए । पत्रकार महासंघका अध्यक्ष सुरेश सिंह धामीले बैठकलाई सुसम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिए ।

लेखकको बारेमा

रामसय राना
रामसय राना
सुदूरपश्चिम प्रदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

लालझाडीमा “प्रथम SYC फुटबल तथा कराते प्रतियोगिता २०८२” भव्य रूपमा सुरु

पुनर्वास नगरपालिकाको आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि सामग्री हस्तान्तरण

दिवंगत हुनुभएका पुनर्वास का पुर्व शिक्षक तथा साहित्य स्रजक बस्नेत लाई श्रद्धाञ्जली अर्पण 

जीवनलाई सन्तुलनमा राख्ने १० कुरा, जुन नजान्दा दु:ख पाइन्छ

जीवनलाई सन्तुलनमा राख्ने १० कुरा, जुन नजान्दा दु:ख पाइन्छ

विद्युत लापरबाहीले६२वर्षीय गौतमको ज्यान गयो

कञ्चनपुर जिल्ला कारागारमा कैदीबन्दीबीच हिंस्रक झडप, ८ जना घाइते, कारागार प्रशासनमाथि गम्भीर आरोप

धार्मिक सहिष्णुता प्रवर्द्धन गर्दै अहमदिया मुस्लिम समुदायद्वारा मन्दिर परिसर सफाई कार्यक्रम

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V