हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
मधेस प्रदेश–२, सप्तरीको रुपनी गाउँपालिकामा जारी दोस्रो नाइन साईड पच शिल्ड फुटबल प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा शम्भुनाथ एफसीले भंगाहा एफसीलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ।खेलमा शम्भुनाथ एफसीका खेलाडी सिवानन्द सरदारले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्न सफल भएका थिए। उनीकै दुई गोलको मद्दतले शम्भुनाथ एफसीले भंगाहा एफसीमाथि २–१ को अन्तरले जित दर्ता गरेको हो।
विजयी खेल प्रदर्शन गरेबापत शम्भुनाथ–६ कठौनाका युवा समाजसेवी तथा कठौना सुज सेन्टरका व्यवसायी निरज गुप्ताले खेलाडी सरदारलाई सम्मान स्वरूप उपहार प्रदान गर्नुभयो। खेलाडीलाई सम्मान गर्दै गुप्ताले भन्नुभयो, “खेलकुदले युवालाई अनुशासित, स्वस्थ र समाजप्रति उत्तरदायी बनाउँछ। यसरी युवाले फुटबलजस्ता खेलमा आफ्नो क्षमता प्रदर्शन गर्दा हामी सबैलाई गर्व लाग्छ।”
त्यस्तै, शम्भुनाथ नगरपालिका सामाजिक शाखाका कर्मचारी अर्विन कुमार सरदारले शम्भुनाथ एफसीको टीम म्यानेजरको रूपमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।यस प्रतियोगितामा करिब १५ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। खेलकुदमार्फत स्वास्थ्य, मैत्रीपूर्ण सम्बन्ध र सामाजिक एकता सुदृढ बनाउन सकिने भन्दै स्थानीय तहले यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V