www.patranepal.com

Edit Template
ताजा समाचार

भूमिहीन तथा अव्यवस्थित बसोबास समस्या समाधानका लागि पुनर्वासमा वृहत छलफल

समाचार प्रकाशित मिति :

भूमिहीन तथा अव्यवस्थित बसोबास समस्या समाधानका लागि पुनर्वासमा वृहत छलफल

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

भूमिहीन तथा अव्यवस्थित बसोबास समस्या समाधानका लागि पुनर्वासमा वृहत छलफल

पुनर्वास नगरपालिका–बैशाख २९ गते पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको अध्यक्षतामा नगरपालिका, राष्ट्रिय आवास कम्पनी तथा शहरी विकास मन्त्रालय गठित फुटकर जग्गा व्यवस्थापन समितिबीच वृहत छलफल सम्पन्न भएको छ।

शहरी विकास मन्त्रालयअन्तर्गत गठित फुटकर जग्गा व्यवस्थापन समितिका संयोजक चित्रबहादुर कार्की को संयोजकतामा पुनर्वास नगरपालिकाको सभा हलमा आयोजित बैठकमा पुनर्वास क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका विषयमा गम्भीर छलफल गरिएको थियो।

बैठकमा प्रदेशसभा सदस्य दिवान सिंह बिष्ट, निवर्तमान प्रतिनिधिसभा सदस्य तारालामा तामाङ, पुनर्वास नगर उपप्रमुख भुलिया कुमारी राना, निवर्तमान नगरप्रमुख जीवनराज थापा, निवर्तमान उपप्रमुख शारदा बिष्ट लगायत जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

त्यसैगरी राष्ट्रिय आवास कम्पनीका महानिर्देशक (जीएम) रामकृष्ण निरौला, पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरी, शहरी विकास मन्त्रालयका उपमहानिर्देशक एकराज अधिकारी, भूमिसुधार मन्त्रालयका उपमहानिर्देशक खिमानन्द आचार्य तथा कानुन मन्त्रालयका उपमहानिर्देशक ज्ञानेन्द्र महत्त्व को समेत उपस्थिति रहेको थियो।

बैठकमा वडा नं. ११ का वडाध्यक्ष तुलसी अर्याल, वडा नं. ३ का वडाध्यक्ष कृष्णबहादुर तामाङ, वडा नं. ६ का वडाध्यक्ष मित्र सिंह लामा, वडा नं. ४ का वडाध्यक्ष मनोज जैसी, योजना शाखा अधिकृत शङ्कर बोगटी तथा नगरपालिकाका अमिन प्रकाश सुवेदी सहित बुद्धिजीवी तथा विज्ञहरूको टोलीको सहभागिता रहेको थियो।

छलफलका क्रममा २०३०/२०३५ सालदेखि पुनर्वास क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको वास्तविक अवस्थाबारे विस्तृत रूपमा छलफल गरिएको थियो। जनप्रतिनिधिहरू तथा प्रतिनिधिसभाका पूर्व तथा वर्तमान सदस्यहरूले उक्त समस्या दीर्घकालीन रूपमा समाधान गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका थिए।

त्यसैगरी राष्ट्रिय आवास कम्पनीअन्तर्गतको ग्रीनबेल्ट क्षेत्रमा रहेको जमिनमा आरक्षपीडित तथा बाढीपीडित परिवारहरू लामो समयदेखि बसोबास गर्दै आएको विषय पनि बैठकमा उठाइएको थियो। प्रभावित नागरिकहरूको यथार्थ अवस्थालाई समेटेर समाधानको बाटो खोज्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका थिए।

उक्त दुईवटै विषयलाई कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा जनप्रतिनिधि, शहरी विकास मन्त्रालय गठित फुटकर जग्गा व्यवस्थापन समिति तथा राष्ट्रिय आवास कम्पनीका पदाधिकारीबीच व्यापक छलफल भएको जनाइएको छ। बैठकले पुनर्वास क्षेत्रको वास्तविक अवस्थालाई समेटेर यथार्थ प्रतिवेदन तयार गरी शहरी विकास मन्त्रालयमा पेश गर्ने पठाउने छलफलको अन्तिम निष्कर्षसमेत भएको बताइएको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V