हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
अत्तरिया, कैलाली
नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको अत्तरिया प्रदेश कार्यालय अन्तर्गतका शाखाहरूको त्रैमासिक समीक्षा, रणनीतिक कार्यदिशा तथा प्रशिक्षण गोष्ठी अत्तरिया, कैलालीमा सम्पन्न भएको छ । कार्तिक १५ र १६ गते दुई दिनसम्म गोदावरी–१, अत्तरिया स्थित सत्कार होटलको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता संस्थाका प्रदेश प्रमुख विरेन्द्र कुमार झाले गर्नुभयो
कार्यक्रममा संस्थाका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख अतिथि बिर्खबहादुर बोहरा, कर्जा विभाग प्रमुख घनश्याम चौधरी तथा कर्जा असुली विभागका कमल किशोर राजबंशीको विशेष उपस्थिति रहेको थियो ।
गोष्ठीको पहिलो दिन शाखा कार्यालयहरूले त्रैमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वार्षिक व्यावसायिक लक्ष्यअनुसारका उपलब्धि तथा चुनौतीबारे विस्तृत छलफल गरिएको थियो । कर्जा विभाग प्रमुख घनश्याम चौधरीले कर्जा वृद्धि, असुली, निक्षेप संकलन तथा निष्क्रिय कर्जा व्यवस्थापनका विषयमा प्रेरणादायी प्रस्तुति दिनुभएको थियो ।
दोस्रो दिन कर्जा विभाग प्रमुख चौधरी र कर्जा असुली विभागका राजबंशीले संस्थाको चालु आर्थिक वर्षको लक्ष्य तथा योजनाबारे जानकारी गराउँदै असल ऋणीको पहिचान, कर्जा विस्तार, असुली सुदृढीकरण, निक्षेप वृद्धि तथा निष्क्रिय कर्जा व्यवस्थापनका सम्बन्धमा सहभागी कर्मचारीलाई प्रोत्साहन गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि बोहराले प्रदेशको आगामी लक्ष्य, निर्देशन तथा संस्थालाई अझ सुदृढ र प्रतिस्पर्धी बनाउन सबै कर्मचारीको सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो
कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने शाखा कार्यालयहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।समापन सत्रमा प्रदेश प्रमुख झाले सम्पूर्ण कर्मचारीलाई दत्तचित्त भई निर्धारित व्यावसायिक लक्ष्य हासिल गर्न आह्वान गर्दै गोष्ठीको समापन गर्नुभयो छ।
समापनको अवसरमा संस्थाका सुदूरपश्चिम प्रदेश प्रमुख वीरेन्द्र कुमार झाले निर्धारित व्यावसायिक लक्ष्य हासिल गर्न सम्पूर्ण कर्मचारीलाई दत्तचित्त भएर कार्य गर्न आह्वान गर्दै कार्यक्रमको समापन गर्नुभयो।
प्रदेश प्रमुख झाले संस्थाले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई पनि प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो। उहाँका अनुसार संस्थाले एकल महिला लक्षित सिपमूलक तालिम, दुर्घटना बीमा, जनचेतनामूलक गतिविधि तथा विभिन्न क्षमता विकास कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ।
“हाम्रो प्रत्येक सदस्यमाझ आर्थिक शक्षमता र सुरक्षित भविष्यको भावना निर्माण गर्नु नै संस्थाको मूल उद्देश्य हो,” प्रदेश प्रमुख झाले भन्नुभयो, “आजको एक–एक रुपैयाँको बचतले भोलिको भविष्यका लागि महत्वपूर्ण टेवा पुर्याउनेछ।”
उहाँले सदस्यहरू, शेयरधनी दिदीबहिनी तथा आमाबुबाप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा संस्थाको सेवा र पहुँच विस्तार गरी अझ प्रभावकारी रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V