हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
कञ्चनपुर, पुनर्वास ।
जनजिन आन्दोलनको क्रममा पुनर्वास नगरपालिकामा अराजक तत्वहरुले नगरपालिकाको सम्पत्तिमा आगजनी गर्दै मूल्यवान सामग्री लुटपाट गरेका थिए। लुटिएका सामग्री छिमेकी भारतको मिलन बजारतर्फ लैजान खोजिएको अवस्थामा त्यहाँका स्थानीयको विशेष सहयोग र नेपालका सुरक्षा निकायको समन्वयमा बरामद गरी नेपाल फिर्ता गरिएको छ।
बरामद सामग्रीमा एसीका आउटडोर–इन्डोर पार्ट्स र इन्भर्टरका ब्याट्रीहरु रहेका छन्। ती सामग्री अहिले त्रिभुवनबस्ती ईलाका प्रहरी कार्यालय,पुनर्वासमा सुरक्षित राखिएको र भोलि आधिकारिक रूपमा पुनर्वास नगरपालिकालाई बुझाइने बताइएको छ।
सामग्री फिर्ता ल्याउनमा पुनर्वास नगरपालिकाका वडा नं. ६ का अध्यक्ष मित्र लामा, सक्रिय समाजसेवी बुद्धि हमाल, इलाका प्रहरी कार्यालय त्रिनबस्तीको टोली तथा सशस्त्र प्रहरी बल बीओपी क्याम्प पुनर्वासको विशेष भूमिका रहेको छ।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V