www.patranepal.com

पपुलर

ब्याङ्गलोरमा श्रीमती बेपत्ता प्रकरण : श्रीमानको आरोप– अर्कै पुरुषसँग विवाह गरी नगद तथा गहना लिएर फरार

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

न्यु वीरेन्द्र युवा क्लबद्वारा सञ्चालित पाँचौँ “द फोर्स कप” फुटबल प्रतियोगिताको उद्घाटन सम्पन्न

पुनर्वासमा वर्ड फ्लू रोग नियन्त्रणसम्बन्धी एक दिने जनसचेतना कार्यक्रम सम्पन्न

पुनर्वासका शिक्षा अधिकृत भक्तबहादुर रोकायालाई विदाइ, नगर प्रमुखले ढाका टोपी लगाएर भने– ‘फेरि भेटौँला’

अन्तर्राष्ट्रिय बेपत्ता दिवस बाँसगढिमा मनाइयो !

हराएको डकुमेन्ट फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइयो

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

भन्सार छलीका सामान बरामदमा सुदूरपश्चिम प्रदेश प्रहरीको सक्रियता बढ्यो

समाचार प्रकाशित मिति :

भन्सार छलीका सामान बरामदमा सुदूरपश्चिम प्रदेश प्रहरीको सक्रियता बढ्यो

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

धनगढी । सुदूरपश्चिम प्रदेशका सीमावर्ती क्षेत्रबाट हुने भन्सार छली तथा विभिन्न आपराधिक गतिविधि नियन्त्रण गर्न प्रदेश प्रहरीको सक्रियता बढेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट सादा पोशाकमा परिचालित प्रहरी टोलीले कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा निगरानी बढाउँदै भारतबाट भन्सार छली गरी ल्याइएका सामान बरामद गर्न थालेको हो।

पछिल्लो समय प्रहरीले भन्सार छलीका सामानसँगै लागूऔषध ओसारपसार, जुवातास, होटल तथा बजार क्षेत्रमा हुने आपराधिक गतिविधि र चोरी–निकासी नियन्त्रणमा समेत निगरानीलाई प्रभावकारी बनाएको जनाएको छ।

यसैक्रममा २०८३ भदौ १९ गते साँझ करिब ७ः३० बजे कञ्चनपुरको बेलौरी नगरपालिका–३, खेरियाबाट भारतबाट भन्सार छली गरी ल्याइएको से.३५ प ४७०० नम्बरको ग्ल्यामर मोटरसाइकलसहित ४० ओटा सुपर पान मसला/सुर्ती र प्लास्टिकजन्य सामग्री बरामद गरिएको थियो। बरामद मोटरसाइकल तथा सामानको अन्दाजी मूल्य करिब २ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, कैलालीको टीकापुर नगरपालिका–९, भन्सार नजिकबाट भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न प्रकारका साडी बरामद गरिएको छ। बरामद साडीको मूल्य करिब १ लाख ८१ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

यसैगरी, धनगढी उपमहानगरपालिका–२ स्थित त्रिनगर भन्सार नजिकबाट पनि भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका विभिन्न कपडा तथा अन्य सामान बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामग्रीको कुल मूल्य १ लाख २३ हजार ६ सय ५० रुपैयाँ रहेको छ।

प्रदेश प्रहरीको पछिल्लो अभियानबारे जानकारी दिँदै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले प्रहरीको नियमित निगरानीसँगै सादा पोशाकमा परिचालित टोलीलाई थप सक्रिय बनाइएको जानकारी दिनुभयो।

डीआईजी भट्टराईले आगामी दिनमा पनि भन्सार छली, लागूऔषध कारोबार, चोरी–निकासी तथा समाजमा हुने अन्य आपराधिक गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइने बताउनुभयो। उहाँका अनुसार कानुनविपरीतका गतिविधि गर्ने जो–कोहीलाई प्रमाणका आधारमा कानुनी दायरामा ल्याउन प्रहरी प्रतिबद्ध छ।

आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै प्रदेश प्रहरीले सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने तयारीसमेत गरिरहेको उहाँले बताउनुभयो। चाडपर्वका समयमा सीमावर्ती नाका, बजार क्षेत्र, सार्वजनिक स्थान तथा बढी भीडभाड हुने क्षेत्रमा प्रहरी परिचालन बढाइने र सम्भावित आपराधिक गतिविधि रोक्न विशेष निगरानी गरिने उहाँको भनाइ छ।

डीआईजी भट्टराईले चाडपर्व शान्तिपूर्ण र सुरक्षित रूपमा मनाउने वातावरण बनाउन प्रहरीको सुरक्षा योजना व्यापक बनाइएको बताउँदै नागरिकलाई समेत शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई सूचना दिन आग्रह गर्नुभएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणसँगै चाडपर्व लक्षित सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखेर आवश्यक जनशक्ति र स्रोतसाधन परिचालन गर्ने जनाएको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालत मा पुनः सुनुवाइका लागि पेशीमा चढेको छ।

ऐतिहासिक विश्वकप खेल्न उत्साहित खेलाडी, सुपर सिक्समा पुग्ने लक्ष्य

ऐतिहासिक विश्वकप खेल्न उत्साहित खेलाडी, सुपर सिक्समा पुग्ने लक्ष्य

बेलौरीमा एकै राति मन्दिरका घण्टी चोरी, धार्मिक आस्थामाथि गम्भीर प्रहार

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

सप्तरीमा युवा भेला सम्पन्न युवाहरूको आत्मनिर्भरता र समाज निर्माणतर्फ छलफल

दिगो शान्ति स्थापनाका लागि धर्मको भुमिका बिषयक संवाद काठमाडौमा सम्पन्न ! 

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरू

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरू

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V