www.patranepal.com

पपुलर

पाँच करोड अनुदानका लागि एक करोड घुस मागेको प्रमाण दिन कृषि मन्त्री थापाको आग्रह

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

एसईई नतिजा २०८२ : श्री सरस्वती माध्यमिक विद्यालय मोतीबस्ती पुनर्वास नगरमै प्रथम

बालिका शासक्त परियोजना प्रभावकारी बन्दै बर्दियामा !

बालिका शासक्त परियोजना प्रभावकारी बन्दै बर्दियामा !

सीमामा सशस्त्र प्रहरी पहरेदार तर सेटिङ्गमै खुलेयाम तस्करी !तस्करलाई मालामाल, सर्वसाधारणलाई सास्ती 

नेपालीहरूको महान चाडपर्व विजयादशमी उल्लासपूर्वक मनाइँदै

नेपाली कांग्रेस पुनर्वासको सभापतिमा खगेन्द्र ओझा सर्वसम्मत

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

दिगो शान्ति स्थापनाका लागि धर्मको भुमिका बिषयक संवाद काठमाडौमा सम्पन्न ! 

समाचार प्रकाशित मिति :

दिगो शान्ति स्थापनाका लागि धर्मको भुमिका बिषयक संवाद काठमाडौमा सम्पन्न ! 

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

दिगो शान्ति स्थापनाका लागि धर्मको भुमिका बिषयक संवाद काठमाडौमा सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय शान्ति दिवस ( २१ सेप्टेम्बर) को अवसर पारेर बहाई जनसम्पर्क मामिला कार्यालयको आयोजनामा उक्त संवाद आयोजना गरिएको थियो। 

संवाद कार्यक्रममा हिन्दु, बौद्ध, किँरात, मष्टोका साथै बहाई धर्मका प्रतिनिधि लगाएत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउईरहेका बिज्ञहरुको उपस्थिति थियो। उपस्थित सम्पूर्ण वक्ताहरूले धर्मका आध्यात्मिक सिद्धान्तहरूको साझेदारी गर्दै ती सिद्धान्तहरूले मानवतालाई सद्भाव, एकता र शान्तिपूर्ण सहअस्तित्वतर्फ मार्गदर्शन गर्ने विचार व्यक्त गरे।

 

हिन्दु धर्मको प्रतिनिधिले धर्मपालन र अहिंसालाई शान्तिको आधारस्तम्भको रुपमा ब्याख्या गर्नुभ्यो। उँहाले सबैले सबैको सह-अस्तित्वलाई स्वीकार गर्न सके यसले शान्ति स्थापनामा योगदान दिने बिश्वास व्यक्त गर्नुका साथै हिन्दु धर्मले शान्ति, अहिंसाको बाटो र एकतालाईलाई जोड दिने भएकाले धर्मको पालनाले शान्ति स्थापनामा योगदान दिने जिकिर गर्नु भयो।

त्यस्तै बौद्ध धर्मका प्रतिनिधिले करुणा, सचेतना र मध्यमार्गी हुनुले द्वन्द्व र दु:ख निवारणमा योगदान दिने विश्वास ब्यक्त गर्नु भयो। साथै उहाँले बौद्ध दर्शनले मोक्ष्य र क्षमादानलाई अपनाउन सिकाउने भएकाले यसले नै मानवजातिलाई दिगो शान्ति स्थापना तर्फ अग्रसर गराउने जिकिर गर्नुभयो।

किँरात धर्म गुरुले किँरात परम्पराले प्रकृतिको सम्मान, पू्र्खाको सम्मान र सामुदायिक सद्भावमा जोड्दिने भएकाले यसले शान्ति स्थापनामा योगदान दिने राय व्यक्त गर्नुभएको थियो। एक अर्काप्रतिको सम्मानले शान्तिपुर्वक बस्न मदत गर्ने विश्वास पनि ब्यक्त गर्नुभयो।

अर्का एकजना मष्टो धर्मका धर्मगुरुले आध्यात्मिक उपचार, सबै जीव प्रतिको सम्मान र प्रकृतिको पुजामा मष्टो धर्मले बिश्वास गर्ने भएकाले यस सिद्धान्तको अनुपालनबाट शान्ति स्थापना योगदान मिल्ने बिचार व्यक्त गर्नुभयो।

त्यसैगरी बहाई धर्मका प्रतिनिधिले धर्मलाई आस्था मात्र नभई नयाँ सभ्यता निर्माण गर्ने शक्तिशाली साधनको रूपमा हेर्नुपर्ने विचार राख्दै मानवताको एकता, न्याय र समानता दिगो शान्तिका आधारभूत तत्व भएको बताउनु भयो। उहाँले भन्नुभयो— “सबै धर्मको स्रोत एउटै ईश्वर भएकाले धर्म एकताको कारण बन्नुपर्छ, विभाजनको होइन। धर्मको नाममा अपनाइने कट्टरताले कहिल्यै पनि एकता र शान्ति स्थापना गर्न सक्दैन।” साथै धर्मले हृदयको रूपान्तरण, पूर्वाग्रहको अन्त्य, महिला–पुरुष समानता, सबै प्रकारका विभेदको अन्त्य र धर्म–विज्ञानको सामञ्जस्यतामा योगदान गर्न मानवजातिको लागि आध्यात्मिक शिक्षा दिनुपर्ने र समाज निर्माण शक्तिलाई प्रष्फुटन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी समाजशास्त्री तथा प्राध्यापक डा. मित्र परियारले धर्मको नाममा कायम विभेदहरूको सूची प्रस्तुत गर्दै जबसम्म धर्मले मानवताको एकता र समान सम्मानमा जोड दिँदैन, तबसम्म शान्ति स्थापना चुनौतीपूर्ण हुने टिप्पणी गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले धर्मका प्रतिनिधिसँग आफ्ना जिज्ञासा राख्नुका साथै आफ्ना विचारहरू पनि आदानप्रदान गरेका थिए।

संवादले विभिन्न धार्मिक दृष्टिकोणहरू, स्वरूपमा फरक भए पनि, सबैको साझा लक्ष्य भनेकै सम्मान, प्रेम र आपसी समझदारी भएको स्पष्ट गरेको छ। सहभागीहरूले यस्तो अभ्यासले सामाजिक विकृति हटाउन मद्दत गर्ने र समाजमा दिगो शान्ति निर्माण गर्ने आशा व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा सबै धार्मिक प्रतिनिधिहरूले यस्तो अर्थपूर्ण भेलाको आयोजनाप्रति आभार प्रकट गर्दै यसले आपसी समझदारी र एकताको भावना सुदृढ पार्ने धारणा राखे।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

सप्तरीमा युवा भेला सम्पन्न युवाहरूको आत्मनिर्भरता र समाज निर्माणतर्फ छलफल

पुनर्वास १० मा खुकुरी प्रहार काण्डका दोषीलाई प्रहरीले पक्राउ गर्न ढिलासुस्ती गरेको पिडितको आरोप 

पुनर्वासका ५ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पुनर्वास नगरपालिकालाई बहाई समुदायको सामग्री सहयोग शिक्षा, स्वास्थ्य र समुदाय सुधारमा दीर्घकालीन योगदानको निरन्तरता

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

सांसद जनक सिंह धामीद्वारा सहिद गोबिन्द गौतमको सालिकमा माल्यार्पण

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V