www.patranepal.com

पपुलर

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

दिगो शान्ति स्थापनाका लागि धर्मको भुमिका बिषयक संवाद काठमाडौमा सम्पन्न ! 

समाचार प्रकाशित मिति :

दिगो शान्ति स्थापनाका लागि धर्मको भुमिका बिषयक संवाद काठमाडौमा सम्पन्न ! 

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

दिगो शान्ति स्थापनाका लागि धर्मको भुमिका बिषयक संवाद काठमाडौमा सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय शान्ति दिवस ( २१ सेप्टेम्बर) को अवसर पारेर बहाई जनसम्पर्क मामिला कार्यालयको आयोजनामा उक्त संवाद आयोजना गरिएको थियो। 

संवाद कार्यक्रममा हिन्दु, बौद्ध, किँरात, मष्टोका साथै बहाई धर्मका प्रतिनिधि लगाएत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउईरहेका बिज्ञहरुको उपस्थिति थियो। उपस्थित सम्पूर्ण वक्ताहरूले धर्मका आध्यात्मिक सिद्धान्तहरूको साझेदारी गर्दै ती सिद्धान्तहरूले मानवतालाई सद्भाव, एकता र शान्तिपूर्ण सहअस्तित्वतर्फ मार्गदर्शन गर्ने विचार व्यक्त गरे।

 

हिन्दु धर्मको प्रतिनिधिले धर्मपालन र अहिंसालाई शान्तिको आधारस्तम्भको रुपमा ब्याख्या गर्नुभ्यो। उँहाले सबैले सबैको सह-अस्तित्वलाई स्वीकार गर्न सके यसले शान्ति स्थापनामा योगदान दिने बिश्वास व्यक्त गर्नुका साथै हिन्दु धर्मले शान्ति, अहिंसाको बाटो र एकतालाईलाई जोड दिने भएकाले धर्मको पालनाले शान्ति स्थापनामा योगदान दिने जिकिर गर्नु भयो।

त्यस्तै बौद्ध धर्मका प्रतिनिधिले करुणा, सचेतना र मध्यमार्गी हुनुले द्वन्द्व र दु:ख निवारणमा योगदान दिने विश्वास ब्यक्त गर्नु भयो। साथै उहाँले बौद्ध दर्शनले मोक्ष्य र क्षमादानलाई अपनाउन सिकाउने भएकाले यसले नै मानवजातिलाई दिगो शान्ति स्थापना तर्फ अग्रसर गराउने जिकिर गर्नुभयो।

किँरात धर्म गुरुले किँरात परम्पराले प्रकृतिको सम्मान, पू्र्खाको सम्मान र सामुदायिक सद्भावमा जोड्दिने भएकाले यसले शान्ति स्थापनामा योगदान दिने राय व्यक्त गर्नुभएको थियो। एक अर्काप्रतिको सम्मानले शान्तिपुर्वक बस्न मदत गर्ने विश्वास पनि ब्यक्त गर्नुभयो।

अर्का एकजना मष्टो धर्मका धर्मगुरुले आध्यात्मिक उपचार, सबै जीव प्रतिको सम्मान र प्रकृतिको पुजामा मष्टो धर्मले बिश्वास गर्ने भएकाले यस सिद्धान्तको अनुपालनबाट शान्ति स्थापना योगदान मिल्ने बिचार व्यक्त गर्नुभयो।

त्यसैगरी बहाई धर्मका प्रतिनिधिले धर्मलाई आस्था मात्र नभई नयाँ सभ्यता निर्माण गर्ने शक्तिशाली साधनको रूपमा हेर्नुपर्ने विचार राख्दै मानवताको एकता, न्याय र समानता दिगो शान्तिका आधारभूत तत्व भएको बताउनु भयो। उहाँले भन्नुभयो— “सबै धर्मको स्रोत एउटै ईश्वर भएकाले धर्म एकताको कारण बन्नुपर्छ, विभाजनको होइन। धर्मको नाममा अपनाइने कट्टरताले कहिल्यै पनि एकता र शान्ति स्थापना गर्न सक्दैन।” साथै धर्मले हृदयको रूपान्तरण, पूर्वाग्रहको अन्त्य, महिला–पुरुष समानता, सबै प्रकारका विभेदको अन्त्य र धर्म–विज्ञानको सामञ्जस्यतामा योगदान गर्न मानवजातिको लागि आध्यात्मिक शिक्षा दिनुपर्ने र समाज निर्माण शक्तिलाई प्रष्फुटन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी समाजशास्त्री तथा प्राध्यापक डा. मित्र परियारले धर्मको नाममा कायम विभेदहरूको सूची प्रस्तुत गर्दै जबसम्म धर्मले मानवताको एकता र समान सम्मानमा जोड दिँदैन, तबसम्म शान्ति स्थापना चुनौतीपूर्ण हुने टिप्पणी गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले धर्मका प्रतिनिधिसँग आफ्ना जिज्ञासा राख्नुका साथै आफ्ना विचारहरू पनि आदानप्रदान गरेका थिए।

संवादले विभिन्न धार्मिक दृष्टिकोणहरू, स्वरूपमा फरक भए पनि, सबैको साझा लक्ष्य भनेकै सम्मान, प्रेम र आपसी समझदारी भएको स्पष्ट गरेको छ। सहभागीहरूले यस्तो अभ्यासले सामाजिक विकृति हटाउन मद्दत गर्ने र समाजमा दिगो शान्ति निर्माण गर्ने आशा व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा सबै धार्मिक प्रतिनिधिहरूले यस्तो अर्थपूर्ण भेलाको आयोजनाप्रति आभार प्रकट गर्दै यसले आपसी समझदारी र एकताको भावना सुदृढ पार्ने धारणा राखे।

लेखकको बारेमा

किरण एस. के
किरण एस. के
काठमाडौँ समाचारदाता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रेम एसकेको यात्रा : सदस्यबाट कञ्चनपुर उपसभापति हुँदै प्रदेश कमिटी सदस्यसम्म

सब–इन्जिनियर लालमन तामाङ र क्याप्टेन (से.नि.) जिनबहादुर तामाङको संयोजनमा च्याम्पियन खेलाडी सम्मानित

लालझाडीमा “प्रथम SYC फुटबल तथा कराते प्रतियोगिता २०८२” भव्य रूपमा सुरु

सिटी हल महेन्द्रनगरमा नेपाल जेसीज ’ सम्मेलन हुने

सिटी हल महेन्द्रनगरमा नेपाल जेसीज ’ सम्मेलन हुने

नयाँ स्मार्टफोन ‘फोन थ्री ए’ सार्वजनिक गर्दै नथिङ, के-के आउँदैछन् फिचर ?

नयाँ स्मार्टफोन ‘फोन थ्री ए’ सार्वजनिक गर्दै नथिङ, के-के आउँदैछन् फिचर ?

कागजमा होइन, घरदैलोसम्म विकास स् कञ्चनपुर क्षेत्र नं। १ मा अर्थमन्त्री तारालामा तामाङको प्रभावकारी पहल

५८ औ अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिने लाई सम्मान

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V