www.patranepal.com

पपुलर

स्कुल भ्यानको ठक्करबाट मोटरसाइकल चालक घाइते, निजी विद्यालयका सवारी व्यवस्थापनमाथि प्रश्न

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

पुनर्वास १० मा खुकुरी प्रहार काण्डका दोषीलाई प्रहरीले पक्राउ गर्न ढिलासुस्ती गरेको पिडितको आरोप 

हराएको डकुमेन्ट फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइयो

बेलौरी नगरपालिकामा स्वास्थ्य बाहेक सबै सेवा अनिश्चितकालीन बन्द, माग सम्बोधन नभएसम्म आन्दोलन जारी

अन्तर्राष्ट्रिय बेपत्ता दिवस बाँसगढिमा मनाइयो !

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

पाँच करोड अनुदानका लागि एक करोड घुस मागेको प्रमाण दिन कृषि मन्त्री थापाको आग्रह

समाचार प्रकाशित मिति :

पाँच करोड अनुदानका लागि एक करोड घुस मागेको प्रमाण दिन कृषि मन्त्री थापाको आग्रह

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

धनगढीः नवजीवन सहकारीका अध्यक्ष देव बहादुर बमले कोल्ड स्टोरको पाँच करोड अनुदान दिन प्रदेश सरकारले आफूसँग एक करोड घुस मागेको दाबी गरेका थिए। गत बिहीवार अध्यक्ष बमले प्रदेश सरकार भ्रष्टाचारको अखडा रहेको दाबी गरेका थिए।

बमको यस्तो आरोपपछि विभिन्न सञ्चार माध्यममा यो विषय सार्वजनिक भएको थियो। पाँच करोड अनुदानका लागि एक करोड घुस मागेको भन्ने नवजीवन सहकारीका अध्यक्ष बमले लगाएको आरोप पुष्टि भए जोसुकै संलग्न भए पनि कारबाही गर्ने मुख्यमन्त्री कमलबहादुर शाहले बताएका थिए। मुख्यमन्त्रीको निर्देशनमै आइतवार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिर बहादुर थापाले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै बमले लगाएको आरोप पुष्टि गर्न प्रमाण दिनुपर्ने बताएका छन्।

बमले गत वर्ष कोल्ड स्टोरको पाँच करोड अनुदानका लागि एक करोड घुस मागेको भने पनि कोल्ड स्टोरका लागि संघ सरकारबाट आर्थिक वर्ष २०७९/८० मा पाँच करोड बजेट आएको स्पष्ट पारेका छन्। त्यो समयमा आफू मन्त्री नभएको र मन्त्रालयका कुनै पनि व्यक्तिले घुस मागेको प्रमाणित भए प्रदेश सरकारले आवश्यक कारबाही गर्ने बताएका छन्।

उहाँले गत वर्षको बजेट भन्नु भएको छ तर कोल्ड स्टोरका लागि संघ सरकारबाट आर्थिक वर्ष २०७९/८० मा पाँच करोड अनुदान आएको छ। त्यो समयमा म मन्त्री पनि थिएन। उहाँले कसले घुस मागेको हो भन्ने प्रमाण दिएर सहयोग गर्नुपर्छ। हामी सलग्नलाई कारबाही गर्ने छौँ,’ मन्त्री थापाले भने।

मन्त्री थापाले घुस मागेको विषय सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन्। उनले आरोप लगाउने अध्यक्ष बमले कसले घुस मागेको हो त्यस प्रमाण दिनुपर्ने बताएका छन्। प्रमाण फेला परेको खण्डमा संलग्न सबैलाई सरकारले कारबाही गर्ने स्पष्ट पारेका छन्।

प्रदेश सरकारका कृषि मन्त्री वीरबहादुर थापाले विभिन्न सामाजिक सञ्जाल र मिडियामा बाहिरिएका समाचारहरू आधारहीन र भ्रमित भएको स्पष्ट बताएका छन्। बिना प्रमाण चरित्र हत्या गर्ने तथा बजेट नपाएको भन्दै झुटा आरोप लगाउने कार्य मानवता र सभ्यताको विरुद्ध भएको भन्दै उनले यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेका छन्। यदि कुनै आरोपमा सत्यता रहेको भए प्रमाणसहित सार्वजनिक गर्न मन्त्री थापाले चुनौती दिएका छन्।

मन्त्री थापाले नवजीवन सहकारीका अध्यक्ष बमले गाडी खरिदको अनुदान नदिएको भन्ने दाबीमा पनि सत्यता नभएको बताएका छन्। यस्तै मेहन्द्रनगरको उदयदेव सहकारीको कुरामा पनि सत्यता नभएको बताएका हुन्। तर पाँच करोड अनुदानमा घुस मागिएको विषयमा बमले प्रमाण उपलब्ध गराउनुपर्ने मन्त्री थापाले बताएका छन्।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

गायक शुसील भट्टराईको ‘देउसी गीत’ सार्वजनिक (भिडियोसहित)

गायक शुसील भट्टराईको ‘देउसी गीत’ सार्वजनिक (भिडियोसहित)

न्यु वीरेन्द्र युवा क्लबद्वारा सञ्चालित पाँचौँ “द फोर्स कप” फुटबल प्रतियोगिताको उद्घाटन सम्पन्न

पुनर्वासबाटै जग्गा खरिद–बिक्री सेवा सुरु, सेवाग्राहीमा बढ्यो खुसी

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

पुनर्वासमा राष्ट्रपति रनिङशिल्डको उपाधि ९ स्वर्णसहित विजय मा.वि.लाई, जीवन ज्योति दोस्रो

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

विद्युत लापरबाहीले६२वर्षीय गौतमको ज्यान गयो

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V