www.patranepal.com

पपुलर

एनआरएनए नर्वे शर्माद्वारा पुनर्वासको बागीश्वरी माध्यमिक विद्यालयका १९२ विद्यार्थीलाई ट्र्याकसुट र टिसर्ट वितरण।

मृतक सदस्यको ४ लाख कर्जा मिनाहा गर्दै नेरुडे मिर्मिरे लघुवित्तको मानवीय पहल

अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनबारे पुनर्वासमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा जनजन आन्दोलन प्रभावित नगरपालिकालाई सहयोग

हेभेन पर्ल बर्ड एकेडेमीको १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

कम्युनिस्ट नेतृत्वकै सरकारमा दलित प्रतिनिधित्व शून्य : समावेशितामाथि गम्भीर प्रश्न

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

पुनर्वासमा राष्ट्रपति रनिङशिल्डको उपाधि ९ स्वर्णसहित विजय मा.वि.लाई, जीवन ज्योति दोस्रो

समाचार प्रकाशित मिति :

पुनर्वासमा राष्ट्रपति रनिङशिल्डको उपाधि ९ स्वर्णसहित विजय मा.वि.लाई, जीवन ज्योति दोस्रो

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा सम्पन्न नगरस्तरीय छैटौँ संस्करणको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता को उपाधि श्री विजय माध्यमिक विद्यालय ले हात पारेको छ। अत्यन्त प्रतिस्पर्धात्मक खेलहरूबीच ९ स्वर्ण पदक जित्दै विजय मा.वि. नगर च्याम्पियन बन्न सफल भएको हो।

स्वर्ण पदकको आधारमा गरिएको मूल्याङ्कन अनुसार श्री विजय माध्यमिक विद्यालयले ९ स्वर्ण पदकसहित पहिलो स्थान हासिल गर्दै राष्ट्रपति रनिङशिल्ड विजेता बनेको हो। यद्यपि, कुल पदक संख्याको हिसाबले श्री जीवन ज्योति माध्यमिक विद्यालय र श्री पुनर्वास जनता माध्यमिक विद्यालय दुवैले समान रूपमा २०–२० पदक प्राप्त गरेका थिए।

प्रतियोगितामा श्री जीवन ज्योति माध्यमिक विद्यालयले ८ स्वर्ण, ४ रजत र ८ कास्यसहित कुल २० पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्‍यो। त्यसैगरी, श्री पुनर्वास जनता माध्यमिक विद्यालयले ८ स्वर्ण, ३ रजत र ९ कास्यसहित कुल २० पदक जित्दै तेस्रो स्थानमा रहन सफल भयो।

प्रतियोगिताको समापन समारोहमा पुनर्वास नगरपालिकाका नगर प्रमुख, नगर खेलकुद विकास समितिका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थितिमा विजयी खेलाडी तथा विद्यालयहरूलाई राष्ट्रपति रनिङशिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमको स्वागत मन्तव्य श्री जीवन ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा कार्यक्रमका सदस्य–सचिव भरत कुमार बस्नेत ले गर्नुभएको थियो। उहाँले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी, प्रशिक्षक, खेल शिक्षक तथा सहयोगीहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता प्रतियोगिताले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो।

समारोहमा बोल्दै पुनर्वास नगरपालिकाका निवर्तमान नगर प्रमुख जीवनराज थापा ले खेल क्षेत्रमा अनुशासन, इमान्दारिता र खेल भावना अनिवार्य रहेको उल्लेख गर्दै सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई शुभकामना दिनुभयो।

त्यसैगरी, पुनर्वास रेडक्रस सोसाइटीका अध्यक्ष कृष्णबहादुर तामाङ ले कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएकोमा आयोजक तथा सहभागी सबैलाई बधाई ज्ञापन गर्दै खेलाडीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो।

सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक जितेन्द्र पौडेल ले शिक्षक वर्गको तर्फबाट शुभकामना मन्तव्य राख्दै यस प्रतियोगितामा २६ वटा विद्यालयको सहभागिता रहेको जानकारी दिनुभयो। उहाँले विजयी तथा सहभागी सबै खेलाडीहरूलाई बधाई दिँदै पुनर्वास नगरपालिकाले खेलकुद क्षेत्रको विकासमा आगामी दिनमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपाल ले पनि अतिथिको हैसियतले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

प्रमुख अतिथिका रूपमा बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा ले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालय, खेलाडी, शिक्षक तथा आयोजक टिमलाई बधाई दिँदै खेलकुदले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले पदक प्राप्त नगरेका खेलाडीहरूलाई पनि निराश नहुन आग्रह गर्दै आगामी दिनमा अझ मेहनत गरी सफलता हासिल गर्ने शुभकामना दिनुभयो।

छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको सञ्चालनको जिम्मेवारी शिक्षक युवराज सुयल, शिक्षक नवराज ओझा र शिक्षक दीर्घराज घिमिरे ले निर्वाह गर्नुभएको थियो।

छैठौँ राष्ट्रपति रनिङशील्ड अन्तर्गत आयोजित फाइनल भलिबल प्रतियोगिता समापनको दिन सम्पन्न भएको थियो। उक्त प्रतिस्पर्धामा श्री सरस्वती माध्यमिक विद्यालय र एसपीएल एकेडेमिकबीच कडा प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै श्री सरस्वती माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएको छ भने एसपीएल एकेडेमिकले दोस्रो स्थान प्राप्त गरेको छ।

यसअघि पनि राष्ट्रपति रनिङशील्ड तथा नगरस्तरीय विभिन्न प्रतियोगिताहरूमा उल्लेखनीय सफलता हासिल गर्दै आएको श्री सरस्वती माध्यमिक विद्यालयले का  खेल प्रशिक्षक  प्रमाणित गरेको छ। विद्यालयका खेल शिक्षकद्वय जयबहादुर चन्द र शिवराज पाण्डेले विद्यालयले निरन्तर रूपमा खेलकुद क्षेत्रमा सफलता हासिल गर्दै आएको जानकारी गराउनुभएको छ।

आयोजकका अनुसार यस प्रतियोगिताले पुनर्वास क्षेत्रका विद्यार्थीहरूमा लुकेर रहेको खेलकुद प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

श्री सरस्वती माध्यमिक विद्यालयको ४३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

एसईई नतिजा २०८२ : श्री सरस्वती माध्यमिक विद्यालय मोतीबस्ती पुनर्वास नगरमै प्रथम

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

शम्भुनाथ एफसीको विजयी सुरुवात

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० कुतियाकबरका स्थानीय वासिन्दाहरूको बाढी र डुबानबाट जोगिने खेप्दै छन…

पुनर्वास फियुज सेवा नयाँ भवनबाट सञ्चालनमा

पुनर्वास नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड १२ पदकसहित जीवन ज्योति मा.वि. शीर्ष स्थानमा, विजय मा.वि. को सर्वाधिक ८ स्वर्ण

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V