www.patranepal.com

पपुलर

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

स्कुल भ्यानको ठक्करबाट मोटरसाइकल चालक घाइते, निजी विद्यालयका सवारी व्यवस्थापनमाथि प्रश्न

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

सुदूरपश्चिम महोत्सवमा युवतीमाथि कुटपिट

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

धनगढीमा सरसफाई अभियानका लागि निसर्ग हस्पिटलद्वारा सामग्री सहयोग

धार्मिक सहिष्णुता प्रवर्द्धन गर्दै अहमदिया मुस्लिम समुदायद्वारा मन्दिर परिसर सफाई कार्यक्रम

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

पुनर्वास नगरपालिकाको आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि सामग्री हस्तान्तरण

समाचार प्रकाशित मिति :

पुनर्वास नगरपालिकाको आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि सामग्री हस्तान्तरण

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकालाई स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र (एलईओसी) सुदृढीकरणका लागि सामग्री हस्तान्तरण गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालको साँझेदारी तथा द कोकाकोला फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालित नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (सान) परियोजनाअन्तर्गत सो सामग्री हस्तान्तरण गरिएको हो।

हालै देशव्यापी रूपमा भएको जेन्जी आन्दोलनका क्रममा पुनर्वास नगरपालिकामा पनि आगजनी र तोडफोडका घटना भएका थिए, जसका कारण नगरपालिकाबाट नियमित सेवा प्रवाहमा कठिनाई भएको थियो। आवश्यक सामग्री अभावका कारण नगरपालिकाले विपद् व्यवस्थापनसम्बन्धी गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको अवस्थामा, नगरपालिकाको माग अनुसार सान परियोजनाले स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गरेको हो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले नगरपालिकाले यस्तो जटिल परिस्थितिमा पनि आफ्ना स्रोत साधनमार्फत सेवा प्रवाह गरिरहेको भन्दै प्रशंसा गर्नुभयो। उहाँका अनुसार आन्दोलनका कारण पुनर्वास नगरपालिकाका धेरै सामग्रीहरू, विशेषगरी स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रमा रहेका उपकरणहरू पूर्ण रूपमा नष्ट भएका थिए। उहाँले विपद् व्यवस्थापनका लागि स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा रहन जरुरी रहेको उल्लेख गर्दै, सो सञ्चालन कार्य सहज बनाउनका लागि पालिकाको माग अनुसार आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको जानकारी दिनुभयो।

पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले जेन्जी आन्दोलनका क्रममा नगरपालिकामा पनि आगजनी र तोडफोडका घटनापछि सेवा प्रवाह गर्न निकै कठिनाइ भएको बताउनुभयो। उहाँले यस कठिन परिस्थितिमा संस्थाले गरेको सहयोगको सराहना गर्दै, हस्तान्तरण गरिएको सामग्रीले नगरपालिकाको सेवा प्रवाह र विपद् व्यवस्थापन कार्यमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, पुनर्वास नगरपालिकाका विपद् सम्पर्क व्यक्ति ओमनाथ ढकालले आगजनी र तोडफोडपछि स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रले सामग्री अभावका कारण सेवा प्रवाह गर्न नसकेको बताउनुभयो। उहाँले अहिले सान परियोजनामार्फत सामग्री प्राप्त भएपछि अब विपद् व्यवस्थापनसँग सम्बन्धित आपतकालीन कार्य सञ्चालन गर्न सहजता हुने बताउनुभयो।

सान परियोजनाका कार्यक्रम संयोजक देवराज बडुले स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि पुनर्वास नगरपालिकालाई एक थान डेल कम्प्युटर, डिजिटल डिस्प्ले बोर्ड, प्रिन्टर, राउटर, कार्यालय टेबल, एक्सटर्नल हार्ड डिष्क, कार्यालय कुर्ची, प्लाष्टिक कुर्चिहरु, नोटिस बोर्ड, स्टील कपबोर्ड, अफिस प्याकेट, भिजिबिलिटी बोर्ड र स्मार्ट बोर्ड सहित झन्डै रु. ७ लाख ३० हजार बराबरको सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो

यस सामग्री हस्तान्तरणसँगै पुनर्वास नगरपालिकामा आपतकालिन तयारी र विपद् व्यवस्थापन कार्य अझ सुदृढ हुने विश्वास गरिएको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V