हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
भजनी: नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, कैलालीको भजनी शाखाले आफ्ना सदस्यको निधनपछि परिवारलाई आर्थिक राहत प्रदान गरेको छ।
संस्थाको शाखाअन्तर्गत केन्द्र नम्बर ११२ मा आबद्ध सेवाग्राही सदस्य गोमा देवी साउदको अल्पायुमै असामयिक निधन भएपछि संस्थाले उहाँको नाममा रहेको ४ लाख रुपैयाँ कर्जा मिनाहा गरेको हो।
त्यसैगरी, स्वर्गीय साउदकी छोरीलाई सदस्य, समाजसेवी तथा संस्थाका कर्मचारीहरूको उपस्थितिमा बीमा रकम तथा किरिया खर्चबापत ४८ हजार ८ सय ६२ रुपैयाँ ५६ पैसा बराबरको चेक हस्तान्तरण गरिएको शाखा प्रमुख गोपी भुलले जानकारी दिनुभयो।
शाखा प्रमुख भुलका अनुसार संस्था आफ्ना सदस्यसँग सुखमा मात्र नभई दुःख र अप्ठ्यारो परिस्थितिमा समेत साथ दिने उद्देश्यले यस्ता सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। सदस्यको परिवारलाई परेको कठिन समयमा राहत र हौसला प्रदान गर्न कर्जा मिनाहा तथा आर्थिक सहयोग गरिएको उहाँले बताउनुभयो।
सदस्यहरूले संस्थामा मासिक रूपमा थोरै–थोरै रकम बचत गर्दै आएको र आवश्यक पर्दा संस्थाले आफूहरूलाई सहयोग गर्दै आएको बताएका छन्। आफ्नै बचत र संस्थासँगको सहकार्यले परिवारमा ठूलो संकट आइपरेको समयमा अभिभावक तथा पारिवारिक सदस्यकै रूपमा संस्थाले साथ दिएको उनीहरूको भनाइ छ।
एक सदस्यका अनुसार दुःखद् घडीमा प्राप्त सहयोग आर्थिक राहतमा मात्र सीमित नभई आगामी दिनमा अघि बढ्ने हौसला र सहारा बनेको छ। संस्थाप्रति आफूहरू र मृतक सदस्यको परिवारले हृदयदेखि नै धन्यवाद व्यक्त गरेका छन्।
सदस्यहरूले संस्थासँग जोडिएपछि बचत तथा वित्तीय कारोबारसँगै विभिन्न ज्ञान, चेतना, सीपमूलक कार्यक्रम र कानुनी विषयमा समेत जानकारी प्राप्त गर्ने अवसर पाएको बताएका छन्। संस्थाले आफूहरूलाई आफ्नो भविष्य निर्माणसँगै बालबालिकाको शिक्षा, सीप र उज्ज्वल भविष्यका लागि केही गर्नुपर्छ भन्ने सोच विकास गराएको उनीहरूको भनाइ छ।
संस्थाले आर्थिक कारोबारमा मात्र सीमित नरही सदस्यको पारिवारिक तथा सामाजिक जीवनमा समेत सकारात्मक प्रभाव पार्ने काम गर्दै आएको भन्दै सदस्यहरूले शाखा प्रमुख गोपी भुलसहित संस्थाप्रति आभार व्यक्त गरेका छन्।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V