www.patranepal.com

पपुलर

पुनर्वास नगरपालिकामा लैङ्गिक समानता र समावेशीकरणसम्बन्धी रिफ्लेक्सन कार्यशाला सम्पन्न

अहमदिया मुस्लिम जमात जर्मनीको ,४९ औं वार्षिक भेला सम्पन्न भएको छ

कागजमा होइन, घरदैलोसम्म विकास स् कञ्चनपुर क्षेत्र नं। १ मा अर्थमन्त्री तारालामा तामाङको प्रभावकारी पहल

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

बाँसगढिमा निशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सन्चालन हुने!

एनआरएनए नर्वे शर्माद्वारा पुनर्वासको बागीश्वरी माध्यमिक विद्यालयका १९२ विद्यार्थीलाई ट्र्याकसुट र टिसर्ट वितरण।

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा मृतक दान सिंह धनाडीलाई बीमा रकम हस्तान्तरण

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

हाम्रो प्रेम र संघर्षका अनेक कथा

समाचार प्रकाशित मिति :

हाम्रो प्रेम र संघर्षका अनेक कथा

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

मेरो नाम सुरेन्द्र पाण्डे । म ६ वर्षको छँदा बुवाआमा बित्नुभयो । परिवारमा दिदी र म मात्र बाँकी रह्यौं । बुबाआमाको न्यानो स्पर्श गुमायौँ । उनीहरुको काख र काँध गुमायौँ । अनि हामी बेसहारा भयौँ ।

मावली घरबाट मामा आउनुभयो, दिदी र मलाई लिनका लागि । हामीलाई मामाघर कावसोती पुर्‍याइयो । त्यही मैले बुबाको काजक्रिया गरें । त्यो कलिलो उमेरमा म के गर्दैछु, मलाई के गर्न लगाइयो ? थाहा थिएन ।

बिस्तारै दिनहरु बित्दै गयो । दिदी र म दुवैलाई एकै ठाउँ राखेर पढाउन नसक्ने भएर होला । मलाई अनाथलयमा पठाउने कुरा भयो । म अनाथलय पुगेँ । पढ्न मन थियो, मिठो खान मन थियो, राम्रो लगाउन मन थियो । तर, त्यस्तो कुरा मेरो भागमा थिएन । किनभने मसँग बुवाआमा थिएनन् ।

आफैँ काम गर्दै दुखजिलो गरेर पढ्न थालेँ । जसोतसो एसएलसी पास गरेँ ।

मनलाग्दी पढ्ने, सुखको जीवन बाँच्ने अनुकुलता थिएन । त्यसैले जतिसक्दो छिटो काम खोज्ने, श्रम बेच्ने र पैसा कमाउने तयारीमा लागियो । मैले प्लम्बिङको तालिम लिएँ । प्लम्बिङ सिकेपछि पैसा कमाउनुपर्छ र भविष्य बनाउनुपर्छ भन्ने थियो ।

म प्रमाणपत्र बोकेर काठमाडौं आए । अन्तर्वार्ता दिएँ । पास भएँ । तर, विदेश जाने कसरी ? मसँग त पैसा थिएन । आफन्तकहाँ हारगुहार गरें । तर, निमुखा हुँदा कतिसम्म एक्लो भइन्छ भन्ने मलाई राम्ररी थाहा छ । म एक्लो थिएँ र मेरो खातिर सहयोग गर्नेहरु कोही थिएनन् ।

पैसा नभएपछि जे काम पाइन्छ, त्यही गर्दै बसेँ । कति दिन अरुको घरमा बसियो । यसरी दिनहरु गुज्रिदै थियो ।

म बिस्तारै होटलतिर काम गर्न थालेँ । होटलमा साथीहरु काम सघाउन जान्थे । म पनि उनीहरुको पछि लागेर गएँ । त्यहाँ नियमितजसो आउजाउ भएपछि कामहरु पनि सिकेँ । यसै क्रममा अर्को होटलमा मैले देखेको थिएँ, माया गुरुङलाई ।

देखभेट मित्रतामा बद्लियो । मित्रता प्रेममा । प्रेम विवाहमा । तर, यो चक्र पूरा गर्न हामीले कतिसम्म सास्ती खेप्नुपर्‍यो, कतिसम्म जुध्नुपर्‍यो भनिसाध्य छैन।

जब हामी परिचित हुँदै थियौँ, एकअर्कालाई नजिकबाट बुझ्दै थियौँ । हाम्रा दुःखहरु उस्तै थिए । पीडाहरु उस्तै थिए । हाम्रा आँसु र वेदनाहरु उस्तै थिए । हामी उस्ता–उस्तै थियौँ । हामी एक–अर्काका लागि थियौँ । त्यसैले हामीबीच माया बस्यो । हेर्दा उनी पुरुष, म पनि पुरुष । उस्तै आवरण । तर, हाम्रो मन भने फरक थियो।

समलिङ्गी, तेस्रोलिङ्गी, अन्तरलिङ्गी भनेको के हो ? त्यसबेलासम्म मलाई थाहा थिएन । जब मायासँग सामिप्य बढ्दै गयो, तब समलिङ्गी भनेको के हो भन्ने थाहा भयो । अनि थाहा भयो, आफू कस्तो मान्छे रहेछु भन्ने पनि।

जब हामी भावनात्मक रुपमा एकाकार हुँदै गयौं, हाम्रा चुनौती र समस्याहरु उति नै विस्तारित हुँदै गए । हाम्रा लागि आफ्नो मर्जीको जीवन हाँसीखुसी बाँच्नु त्यति सजिलो थिएन, जो अरुका लागि हुन्छ । हामी समाजसँग जुध्यौँ । परिबन्ध र परिस्थितिसँग जुध्यौँ । अपमान र अपहेलनासँग जुध्यौँ । अनि निर्भिकतासाथ प्रेमिल गाँठोमा बाँधियौँ ।

सामाजिक परम्परा अनुसार पञ्चेबाजा बजाएर हाम्रो विवाह भयो । हाम्रो विवाह धेरैका लागि एउटा झट्का थियो । उनीहरु खिसिट्युरी गर्दै भन्न थाले–केटा–केटा पनि बिहे हुन्छ?’

विवाहपछि पनि हामीले चुनौतीको पहाड फोर्नु थियो । हामीले गुजाराका लागि ठेला चलाउने निधो गर्‍यौँ । अन्ततः सोह्रखुट्टेमा एउटा ठेला राखियो । ठेलामा हामी मःमः, चाउमिन, स्याबाले जस्ता खानेकुरा बेच्न राख्थ्यौँ । हामीलाई बुझ्ने वा हाम्रो दुःखलाई बुझ्नेहरु टाढा–टाढाबाट खान आउँथे ।

बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हामी ठेलामा खानेकुरा राखेर बेच्ने गथ्यौँ । तर, यसरी गरिखानका लागि हामीलाई सजिलो थिएन ।

प्रशासनले कति दुःख दिन्थ्यो । कहिले सिलिन्डर लगिदिने, कहिले कुर्सी लगिदिने । कति लड्नु ? कति जुध्नु ? हामीले हार्‍यौँ ।

हामीसँग ठूलो जागिर खाने पहुँच र क्षमता थिएन । हामी कुनै नेताका कार्यकर्ता वा सन्तान थिएनौँ ।

हामीसँग ठूलो व्यवसाय गर्ने पैसा र लगानी थिएन । हामी कुनै धनीमानीका सन्तान थिएनौँ । आफ्नै बलबूतोमा पेट पाल्नुपर्ने बाध्यता हामीसँग थियो । तर, हाम्रो बाध्यतालाई
बुझ्ने कसले ?

कोरोना महाव्याधीसँगै सर्वत्र लकडाउन भयो । लकडाउनमा दुई छाक खानका लागि हामीले त्यही ठेलाबाट जोगाएको पैसा खर्च गर्‍यौँ । म प्लम्बिङको काम गर्न थालेँ । दिनहरु बित्दै थियो । संयोगवश सुनिलबाबु पन्तसँग भेट भयो । हामीले साँस्कृतिक रुपले विवाह गरेको ६ वर्ष पूरा भइसकेको थियो ।

सुनिलबाबु पन्तले भने, ‘विवाह त गर्नुभयो तर तपाईँहरुसँग कानुनी प्रमाण छैन । तपाईँहरु यसका लागि लड्नुपर्छ।’

केही दिनपछि सुनिलबाबु पन्तले हामीलाई विवाह दर्ताका लागि मुद्दा दायर गर्न वकिल कार्यलयमा बोलाए । म, माया गुरुङ र शितल पिंकी गुरुङ लगायत ९ जना भएर वकिल कार्यलयमा गयौँ।

सबै कागजात तयार गरेपछि मुद्दा दर्ता गर्न सर्वोच्च अदालत पुगियो । केही महिनाको पर्खाइमा सर्वोच्च अदालतको अन्तरिम आदेश आयो–तपाईहरुको विवाह दर्ता हुन्छ ।

हामी एकदमै खुसी थियौँ । हाम्रो खुसीमा साथीहरुले खुसी मिसाइदिए । सबैजना उमंगित थियौँ ।

तर, यो खुसीको आयु त्यति लामो रहेन । जब हामी सर्वोच्व अदालतको आदेश बोकेर काठमाडौं जिल्ला अदालत गयौँ, त्यहाँको जवाफले हाम्रो मन चिसियो । उनीहरुले कठोरतापूर्वक भने, ‘यस्तो विवाह दर्ता हुँदैन।’

जीवनमा भोकसँग लड्नु थियो, लड्यौँ। तर हाम्रो लडाइँ यतिमा मात्र सीमित थिएन । पहिचान र वैधताका लागि हामीले अर्को युद्ध लड्नु थियो । समाजले बनाएका दायराहरु कति साँघुरो ? हामी जस्ताले यहाँ आरामसाथ बाँच्न पनि नपाउने।

हामी उच्च अदालत गयौँ । त्यसपछि तारिख धाउने काम सुरुभयो । पाँच महिना तारिख धाउँदा–धाउँदै बित्यो । त्यसपछि बल्ल अन्तिम फैसला आयो, जुन हाम्रो पक्षमा थिएन।

हामी फेरि सोही मुद्दा बोकेर सर्वोच्व अदालत गयौँ । सर्वोच्च अदालतबाट आदेश सच्याउनु नपर्ने र अदालतमा नभए स्थानीय निकायमा दर्ता हुनसक्ने आदेश आयो । कानुनविद्हरुले पनि ‘स्थानीय निकायमा जानू तपाईँहरूको विवाह दर्ता हुनसक्छ’ भने।

त्यसपछि हामी एउटा घनचक्कर लगाएर स्थानीय निकायमा गयौँ । त्यहाँ विवाह दर्ता गर्न सफल भयौँ।

माया र म श्रीमान–श्रीमती होइनौँ । हामीले एक–अर्कालाई अभिभावकका रुपमा लिन्छौँ । श्रीमान्–श्रीमती भनेको एक–अर्काको दास हुनु नै पर्छ भन्ने होइन । हामीले जे सक्छौँ त्यही नै गर्छौँ। जसले जे काम गर्न सक्छ, हामीले त्यही काम गर्छौँ।

अहिले ‘मायाको पहिचान नेपाल’ संस्था खोलेर यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरूको पहिचान सहितको अधिकारका लागि वकालत गरिरहेका छौँ। समुदायका सदस्यहरुलाई पनि संस्थामा आवद्ध गराएर सामूहिक आवाज उठाने गरिरहेका छौँ।

इन्द्रेणी विवाह दर्ता गर्न सफल भएसँगै पहिलो अन्तर्राष्ट्रिय इन्द्रेणी पर्यटन सम्मेलन र मिष्टर गे नेपाल आयोजना गरियो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा लिखित अनुरोध गरेपछि ७५३ वटै स्थानीय तहमा इन्द्रेणी विवाह दर्ता हुन सहज भएको छ । समुदायका सदस्यलाई स्वरोजगार बनाउन काम गरिरहेका छौँ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

श्री सरस्वती माध्यमिक विद्यालयमा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

श्री सरस्वती माध्यमिक विद्यालयमा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

समाजसेवी शिव बिष्टद्वारा बुवा–आमाको सम्मानमा पुनर्वास का १४ विद्यालयमा अक्षयकोष स्थापना

एनआरएनए नर्वे शर्माद्वारा पुनर्वासको बागीश्वरी माध्यमिक विद्यालयका १९२ विद्यार्थीलाई ट्र्याकसुट र टिसर्ट वितरण।

पुनर्वास नगरपालिकामा उद्यमशीलता अभिमुखीकरण, स्थानीय रोजगारी बढाउने लक्ष्य

बाँसगढीमा निजि विधालय सगठन प्याब्सन र एनप्याब्सनले पालिका उपप्रमुख तथा शिक्षा शाखा प्रमुख लाई बुझायो ज्ञापन पत्र !

बाँसगढीमा निजि विधालय सगठन प्याब्सन र एनप्याब्सनले पालिका उपप्रमुख तथा शिक्षा शाखा प्रमुख लाई बुझायो ज्ञापन पत्र !

ट्रम्पले भारतलाई दिने भनेको एफ-३५ लडाकु विमानका ६ विशेषता

ट्रम्पले भारतलाई दिने भनेको एफ-३५ लडाकु विमानका ६ विशेषता

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V