www.patranepal.com

पपुलर

राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रेम एसकेको यात्रा : सदस्यबाट कञ्चनपुर उपसभापति हुँदै प्रदेश कमिटी सदस्यसम्म

भुमि आयोग बर्दियामा नियम अनुसार सबै पालिकाको काम भैरहेका छन ! धैर्य गरेर बसिदिनु हुन बासगढि प्रमुख को अनुरोध !                                 

भुमि आयोग बर्दियामा नियम अनुसार सबै पालिकाको काम भैरहेका छन ! धैर्य गरेर बसिदिनु हुन बासगढि प्रमुख को अनुरोध !                                 

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

बाँसगढी क्याम्पसका नवनिर्वाचित अध्यक्षद्वारा ५ लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा

अहमदिया मुस्लिम जमात जर्मनीको ,४९ औं वार्षिक भेला सम्पन्न भएको छ

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

एसईई नतिजा २०८२ : श्री सरस्वती माध्यमिक विद्यालय मोतीबस्ती पुनर्वास नगरमै प्रथम

समाचार प्रकाशित मिति :

एसईई नतिजा २०८२ : श्री सरस्वती माध्यमिक विद्यालय मोतीबस्ती पुनर्वास नगरमै प्रथम

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

एसईई नतिजा २०८२ : श्री सरस्वती माध्यमिक विद्यालय मोतीबस्ती पुनर्वास नगरमै प्रथम

कञ्चनपुरको पुनर्वास नगरपालिकामा सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये श्री सरस्वती माध्यमिक विद्यालय, मोतीबस्तीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै नगरमै प्रथम हुन सफल भएको छ। पुनर्वास नगरपालिका–२ मोतीबस्तीस्थित उक्त विद्यालयले सामुदायिक विद्यालयतर्फ सबैभन्दा उत्कृष्ट नतिजा ल्याएको हो।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको पुनर्वास नगरपालिका शिक्षा शाखाको तथ्याङ्क अनुसार सरकारी लगानीमा सञ्चालित श्री सरस्वती माध्यमिक विद्यालय नगरकै उत्कृष्ट विद्यालय बनेको हो। विद्यालयबाट एसईई परीक्षामा सहभागी १ सय १२ विद्यार्थीमध्ये ८५ जना उत्तीर्ण भएका छन्। विद्यालयले ७६ प्रतिशत नतिजा ल्याएको पुनर्वास नगरपालिका शिक्षा शाखाले जनाएको छ।

पालिका शिक्षा शाखाको तथ्याङ्क अनुसार सोही वडामा रहेको निजी विद्यालय सिद्धनाथ विद्या निकेतनमा विद्यार्थी नै नभएकाले शून्य नतिजा आएको छ।

यस्तै निजी विद्यालयतर्फ एजी बोर्डिङ स्कुल, दुर्गा सेकेन्डरी स्कुल र नवयुग विद्या निकेतनले सतप्रतिशत नतिजा ल्याएका छन्। एजी बोर्डिङका १४ मध्ये १४ जना, दुर्गा सेकेन्डरीका ३४ मध्ये ३४ जना तथा नवयुग विद्या निकेतनका १७ मध्ये १७ जना विद्यार्थी उत्तीर्ण भएका हुन्।

पालिका शिक्षा शाखाको तथ्याङ्क अनुसार जनकल्याण माविका २१ मध्ये २०, दुर्गा माविका ४५ मध्ये २७, गौरीशंकर मावि प्राविधिक धारका ३२ मध्ये १९ तथा साधारण धारका ५३ मध्ये ३१, पुनर्वास जनता माविका ९४ मध्ये ४५, जीवनज्योति माविका ४३ मध्ये १४, बालबागेश्वरी माविका २१ मध्ये १, बागेश्वरी माविका ६७ मध्ये १४, राष्ट्रिय माविका ३२ मध्ये ४, विजय माविका ६४ मध्ये २४, अर्को राष्ट्रिय माविका ६६ मध्ये १६, शान्ति माविका १५ मध्ये १२, रामबुद्ध माविका २१ मध्ये १७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

त्यस्तै निजी विद्यालयतर्फ ब्रिलेन्ट स्टारका २१ मध्ये १७, एसपीएल एकेडेमीका ३० मध्ये ५, अरेन्टका ३२ मध्ये २०, युगज्योतीका ३५ मध्ये २२, सिद्धार्थ पब्लिक स्कुलका ३४ मध्ये ३३, भानुका ३६ मध्ये ३५, बालरुपान्तरका २० मध्ये १९, खप्तडका ३२ मध्ये २७, प्रिती गार्डेनका २४ मध्ये १७ तथा जीवनशक्ति माविका ३० मध्ये ३ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

पुनर्वास नगरपालिकाका १४ सरकारी तथा १४ निजी गरी जम्मा २८ विद्यालयका १ हजार ४४ विद्यार्थीले एसईई परीक्षा दिएका थिए। जसमध्ये ५ सय ९२ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

श्री सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक जितेन्द्र पौडेलले विद्यालय, विद्यार्थी, शिक्षक तथा अभिभावकको सामूहिक मेहनत र सहयोगका कारण उत्कृष्ट नतिजा हासिल भएको बताए। उनले शैक्षिक सत्रको सुरुवातदेखि नै अतिरिक्त कक्षा सञ्चालन गरिएको जानकारी दिए।

“विद्यालय, विद्यार्थीको मेहनतसँगै अभिभावकको साथ, सहयोग र समर्थनले उत्कृष्ट नतिजा सम्भव भएको हो,” प्रधानाध्यापक पौडेलले भने, “हामीले शैक्षिक सत्रको सुरुवातदेखि नै अतिरिक्त कक्षा सञ्चालन गरेका थियौं।”

सतप्रतिशत नतिजा ल्याएको एजी बोर्डिङ स्कुलका प्रिन्सिपल बुद्धिबहादुर तामाङले विद्यार्थी र शिक्षकको मेहनतको प्रतिफलस्वरूप उत्कृष्ट नतिजा आएको बताए। उनका अनुसार विद्यालय प्रशासन, अभिभावक तथा सरोकारवालाको निरन्तर निगरानी र सहयोगले विद्यार्थीको सफलता सम्भव भएको हो।

पुनर्वास नगरपालिका शिक्षा शाखा प्रमुख शिवराज भट्टले एसईई नतिजाको समिक्षा गर्दै आगामी दिनमा थप शैक्षिक सुधारका लागि नगरपालिका सक्रिय रूपमा अघि बढ्ने बताए।

यसैबीच, श्री सरस्वती माध्यमिक विद्यालयले खेलकुद तथा शैक्षिक क्षेत्रमा समेत उल्लेखनीय सफलता हासिल गर्दै आएको छ। विद्यालयले पुनर्वास नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत छात्रा भलिबल प्रतियोगितामा लगातार चौथोपटक प्रथम स्थान हासिल गरेको छ। साथै शिवनगरमा आयोजित शिवरात्रि खुला भलिबल प्रतियोगितामा पनि सरस्वती माविका छात्राहरू प्रथम भएका थिए।

त्यसैगरी जिल्लास्तरीय विज्ञानशाला प्रतियोगितामा प्रथम स्थान तथा सुदूरपश्चिम प्रदेशस्तरीय विज्ञान प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न विद्यालय सफल भएको छ। प्रधानाध्यापक जितेन्द्र पौडेलका अनुसार विद्यालयले खेलकुद तथा शैक्षिक गतिविधिमा निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ।

यसैबीच, शैक्षिक सत्र २०८३ को भर्ना अभियान सुरु भएसँगै विद्यालयमा हालसम्म ८०५ जना विद्यार्थी भर्ना भइसकेका छन् भने कक्षा ११ को भर्ना प्रक्रिया अझै प्रारम्भिक चरणमै रहेको विद्यालयले जनाएको छ। विद्यालयले यस वर्ष ९०० देखि १००० विद्यार्थी संख्या पुर्‍याउने लक्ष्य लिएको प्रधानाध्यापक पौडेलले जानकारी दिए।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V