www.patranepal.com

पपुलर

दिवंगत हुनुभएका पुनर्वास का पुर्व शिक्षक तथा साहित्य स्रजक बस्नेत लाई श्रद्धाञ्जली अर्पण 

पुनर्वास नगरपालिकामा न्यायमा पहुँच अभिवृद्धि परियोजनाअन्तर्गत नागरिक सहायता कक्ष सुदृढीकरण तथा कानुनी सचेतना कार्यक्रम सम्पन्न

पत्रकार ओलीमाथि अत्याचार गर्ने भन्सारका हाकिमद्वय भट्ट र थापा प्रहरी नियन्त्रणमा 

पुनर्वास सबस्टेसनबाट ३३ केभी लाइन सञ्चालनको तयारी, लोभोल्टेज समस्या समाधान हुने

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा जनजन आन्दोलन प्रभावित नगरपालिकालाई सहयोग

पुनर्वास नगरपालिकामा उद्यमशीलता अभिमुखीकरण, स्थानीय रोजगारी बढाउने लक्ष्य

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

आन्दोलनकारी समूहद्वारा झलारी एनएमबी बैंकमा तालाबन्दी

समाचार प्रकाशित मिति :

आन्दोलनकारी समूहद्वारा झलारी एनएमबी बैंकमा तालाबन्दी

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

आन्दोलनकारी समूहद्वारा झलारी एनएमबी बैंकमा तालाबन्दी

कञ्चनपुर- एनएमबी बैँक कञ्चनपुरको झलारी बजारमा रहेको शाखामा जेनजी युवा सङ्घर्ष समितिले तालाबन्दी गरेको छ।शुक्लाफाँटा नगरपालिका–१० का अजय विकको घरजग्गा दलालसँग मिलेमतोमा लिलाम गरी परिवारलाई बिचल्लीमा पारेको भन्दै एनएमबी बैँकमा तालाबन्दी गरिएको हो।

जेनजी युवाहरूले तालाबन्दी गर्नु पूर्व विकको धितो लिलामसम्बन्धी इलाका प्रहरी कार्यालयमा बैँकका प्रतिनिधिहरू र जनप्रतिनीधिहरूसँग छलफल गरेका थिए। शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले बैँकले झुक्याएर घर बाटो सिफारिश लिएको भन्दै उक्त सिफारिस रद्द गर्न अर्को पत्र लेखेको बताए।

यता एनएमबी बैँक कञ्चनपुरको झलारीबजार शाखाका प्रमुख दीपक कार्कीले प्रक्रियागत रूपमा घर लिलामी गरेको गरे। उनले बैँकमा तालाबन्दी गर्नुभन्दा ऋणीलाई कानुनी प्रक्रियाबाट समस्या समाधान खोज्न आग्रह गरे।

जेनजी सङ्घर्ष समितिका अगुवा सिजनबहादुर सिंहले जग्गाको काम गर्ने धिरेन्द्र साउँदसँग मिलेर बैँकका कर्मचारीको मिलेमतोमा घर लिलामी गरेको कारण तालाबन्दी गरेको बताए। उनले पीडितले न्याय नपाउन्जेलसम्म तालाबन्दी र सङ्घर्षका कार्यक्रम जारी राख्ने बताए।

अजय विकले शुक्लाफाटा नगरपालिका–१०, झलारी बजारमा रहेको पाँच धुरमा बनेको साढे तीन तलाको घर झलारी बजारमै रहेको एनएमबी बैँकको शाखामा धितोमा राखी २०७५ साल कात्तिक २० गते होमलोन शीर्षकमा २९ लाख ५० हजार ऋण लिएका थिए।

१५ वर्षको कर्जा भुक्तानी अवधी राखी लगेको सो ऋणको पाँच वर्षमा विभिन्न समयमा साँवा र व्याज गरी १० लाख तिरिसकेको उनककककको बैँक स्टेटमेन्टबाट देखिन्छ। तर बैँकले पत्रमा अहिलेसम्म किस्ता नै नतिरेको उल्लेख गरेको छ। विकले लिएको २९ लाख ५० हजार दिएको ऋण रकम धितो दृष्टिबन्धक लिखतमा भने ३७ लाख उल्लेख गरिएको छ। बैँकले विकलाई दिएको कर्जा स्वीकृत प्रस्तावमा भने २९ लाख ५० हजार ऋण उल्लेख छ।विकले ऋणका लागि आफ्नी धर्मपत्नी ज्ञानु विश्वकर्माको नाममा भएको झलारीस्थित ६१६ नम्बर कित्ताको जग्गा र त्यसमा बनेको घर धितो राखेका थिए। त्यहीं धितो रोक्का गरी बैँकले विकलाई ऋण दिएको थियो।

बैँकबाट लिएको २९ लाख ५० ऋणलाई बैँकले महेन्द्रनगर शाखाबाट २०७५ मा ३७ लाख ऋण लिएर किस्ता तिर्न आनाकानी गरेको भन्दै २०८० मा उनको घर लिलाम गरेको थियो।

बैँकले लिलामीका लागि १५ दिने सूचना निकालेको थाहा पाएपछि अजयले लिलामी नगरिदिनु भनी ३ लाख नगद र एक लाखको चेक बोकेर एनएमबी बैँकमा जाँदा पनि पैसा नबुझेको उनको आरोप छ। बैँकले आफूलाई ऋण तिर्न समय नदिई जग्गा दलालसँग सेटिङ गरी घर लिलाम गरेको भन्दै विक परिवारलेआपत्ति जनाएको छ ।

 

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

अञ्जनले चितवनबाट एनएसएल खेल्ने

अञ्जनले चितवनबाट एनएसएल खेल्ने

पुनर्वास नगरपालिकाको १८औँ नगरसभा तथा हिउँदे अधिवेशन सम्पन्न

नेपालीहरूको महान चाडपर्व विजयादशमी उल्लासपूर्वक मनाइँदै

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० कुतियाकबरका स्थानीय वासिन्दाहरूको बाढी र डुबानबाट जोगिने खेप्दै छन…

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

अध्यादेशले तनावमा ओली, माधव राहत बन्न सक्ने !

अध्यादेशले तनावमा ओली, माधव राहत बन्न सक्ने !

हराएको डकुमेन्ट फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइयो

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V