www.patranepal.com

पपुलर

राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रेम एसकेको यात्रा : सदस्यबाट कञ्चनपुर उपसभापति हुँदै प्रदेश कमिटी सदस्यसम्म

पुनर्वास नगरपालिकाको आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि सामग्री हस्तान्तरण

अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनबारे पुनर्वासमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

शिक्षक बिमल चन्द मृत अवस्थामा फेला, घटनाबारे अनुसन्धान जारी

पाँच करोड अनुदानका लागि एक करोड घुस मागेको प्रमाण दिन कृषि मन्त्री थापाको आग्रह

विद्युत लापरबाहीले६२वर्षीय गौतमको ज्यान गयो

महाकालीमा वेपत्ता सशस्त्रका असई सागरको शव फेला

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

विद्युत लापरबाहीले६२वर्षीय गौतमको ज्यान गयो

समाचार प्रकाशित मिति :

विद्युत लापरबाहीले६२वर्षीय गौतमको ज्यान गयो

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर, भदौ १२ – पुनर्वास नगरपालिका–अशुबर्माबस्ती १ का ६२ वर्षीय चन्द्रदत्त गौतमको विद्युत करेन्ट लागेर मृत्यु भएको छ। बेलौरीस्थित विद्युत वितरण केन्द्र अन्तर्गतको लाइन पुनर्वास क्षेत्रमा सामान्य हुरीहवाका क्रममा विद्युतको सर्भिस तार चुँडिएर बाटोमा खसेको अवस्थामा गौतमलाई करेन्ट लागेको स्थानीय बासिन्दाहरूले जानकारी दिएका छन्।

खसेको तारमा करेन्ट प्रवाह भइरहेका बेला बाटो प्रयोग गर्दै गरेका गौतमलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको बताइएको छ। यसअघि पनि स्थानीयहरूले पटक–पटक विद्युत कार्यालयलाई तार चुँडिएको र सम्भावित दुर्घटनाबारे जानकारी गराए पनि बेवास्ता गरिएको गुनासो गरेका छन्। विद्युत आपूर्ति निकायले समयमै सचेत कदम नचालेको कारण यसरी मानवीय क्षति बेहोर्नु परेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।

घटनापछि स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा त्रिभुवनबस्ती इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख महेशविक्रम शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार मृतकको शवलाई पोस्टमार्टमका लागि बेलौरी श्रीपुर स्वास्थ्य संस्थामा पठाइएको छ।

स्थानीयवासीले विद्युत सर्भिस तार व्यवस्थापनमा देखिने निरन्तर लापरवाहीप्रति गम्भीर आपत्ति जनाएका छन्। उनका अनुसार यसअघि पनि तार खस्ने, चुहावट हुने र दुर्घटनाका घटनाहरू पटक–पटक भए तापनि सम्बन्धित निकायले आवश्यक पहल नगर्दा ठूलो मानवीय क्षति हुने अवस्था सिर्जना भइरहेको छ। जनप्रतिनिधिहरूले समेत पटकपटक सचेत गराउँदा पनि विद्युत कार्यालयले ढिला सुस्ती गर्ने र समयमा काम नगर्ने प्रवृत्तिका कारण जनताले ज्यानको मूल्य चुकाउनु परेको भन्दै आक्रोश पोखेका छन्।

यसैबीच, पुनर्वास क्षेत्रका स्थानीय बासिन्दाहरूले विद्युत प्राधिकरणको लापरवाही तत्काल रोक्नुपर्ने, तार तथा पोलहरूको समयमै मर्मतसम्भार गर्नुपर्ने र मानवीय क्षति हुने खतरापूर्ण स्थानहरूमा तत्काल ध्यान दिनुपर्ने माग गरेका छन्। घटनापछि बस्तीभर त्रास फैलिएको छ भने मृतक गौतमको परिवार शोकाकुल बनेको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

बागीश्वरी माध्यमिक विद्यालयको ५४औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

पुनर्वासमा सशस्त्र प्रहरीद्वारा निःशुल्क स्वास्थ्य शिविर, ७ सयभन्दा बढी लाभान्वित

सूचनाको हकका लागि राष्ट्रिय महासंघका जिल्ला अधिवेशन कार्तिक मसान्तभित्र, प्रदेश अधिवेशन मंसिर १५ सम्म

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा जनजन आन्दोलन प्रभावित नगरपालिकालाई सहयोग

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

पुनर्वास नगरपालिकामा उद्यमशीलता अभिमुखीकरण, स्थानीय रोजगारी बढाउने लक्ष्य

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V