www.patranepal.com

पपुलर

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

दिवंगत हुनुभएका पुनर्वास का पुर्व शिक्षक तथा साहित्य स्रजक बस्नेत लाई श्रद्धाञ्जली अर्पण 

लोकतान्त्रिक आदिबासी महासघ बाँसगढी नगर समितिको तिज विशेष कार्यक्रम सम्म्पन्न !

पुनर्वास सबस्टेसनबाट ३३ केभी लाइन सञ्चालनको तयारी, लोभोल्टेज समस्या समाधान हुने

भजनीमा नेरुडे मिर्मिरे लघुवित्तद्वारा मृतक सदस्य परिवारलाई क्रियाखर्च सहयोग

पुनर्वास १० मा खुकुरी प्रहार काण्डका दोषीलाई प्रहरीले पक्राउ गर्न ढिलासुस्ती गरेको पिडितको आरोप 

हराएको डकुमेन्ट फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइयो

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

विद्युत लापरबाहीले६२वर्षीय गौतमको ज्यान गयो

समाचार प्रकाशित मिति :

विद्युत लापरबाहीले६२वर्षीय गौतमको ज्यान गयो

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर, भदौ १२ – पुनर्वास नगरपालिका–अशुबर्माबस्ती १ का ६२ वर्षीय चन्द्रदत्त गौतमको विद्युत करेन्ट लागेर मृत्यु भएको छ। बेलौरीस्थित विद्युत वितरण केन्द्र अन्तर्गतको लाइन पुनर्वास क्षेत्रमा सामान्य हुरीहवाका क्रममा विद्युतको सर्भिस तार चुँडिएर बाटोमा खसेको अवस्थामा गौतमलाई करेन्ट लागेको स्थानीय बासिन्दाहरूले जानकारी दिएका छन्।

खसेको तारमा करेन्ट प्रवाह भइरहेका बेला बाटो प्रयोग गर्दै गरेका गौतमलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको बताइएको छ। यसअघि पनि स्थानीयहरूले पटक–पटक विद्युत कार्यालयलाई तार चुँडिएको र सम्भावित दुर्घटनाबारे जानकारी गराए पनि बेवास्ता गरिएको गुनासो गरेका छन्। विद्युत आपूर्ति निकायले समयमै सचेत कदम नचालेको कारण यसरी मानवीय क्षति बेहोर्नु परेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।

घटनापछि स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा त्रिभुवनबस्ती इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख महेशविक्रम शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार मृतकको शवलाई पोस्टमार्टमका लागि बेलौरी श्रीपुर स्वास्थ्य संस्थामा पठाइएको छ।

स्थानीयवासीले विद्युत सर्भिस तार व्यवस्थापनमा देखिने निरन्तर लापरवाहीप्रति गम्भीर आपत्ति जनाएका छन्। उनका अनुसार यसअघि पनि तार खस्ने, चुहावट हुने र दुर्घटनाका घटनाहरू पटक–पटक भए तापनि सम्बन्धित निकायले आवश्यक पहल नगर्दा ठूलो मानवीय क्षति हुने अवस्था सिर्जना भइरहेको छ। जनप्रतिनिधिहरूले समेत पटकपटक सचेत गराउँदा पनि विद्युत कार्यालयले ढिला सुस्ती गर्ने र समयमा काम नगर्ने प्रवृत्तिका कारण जनताले ज्यानको मूल्य चुकाउनु परेको भन्दै आक्रोश पोखेका छन्।

यसैबीच, पुनर्वास क्षेत्रका स्थानीय बासिन्दाहरूले विद्युत प्राधिकरणको लापरवाही तत्काल रोक्नुपर्ने, तार तथा पोलहरूको समयमै मर्मतसम्भार गर्नुपर्ने र मानवीय क्षति हुने खतरापूर्ण स्थानहरूमा तत्काल ध्यान दिनुपर्ने माग गरेका छन्। घटनापछि बस्तीभर त्रास फैलिएको छ भने मृतक गौतमको परिवार शोकाकुल बनेको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पुनर्वास पनि धान खरिदको काँटा शुभरम्भ- मन्त्री वीरबहादुर थापाद्वारा किसानका हकहितमा सरकार प्रतिबद्ध ।

इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

कागजमा होइन, घरदैलोसम्म विकास स् कञ्चनपुर क्षेत्र नं। १ मा अर्थमन्त्री तारालामा तामाङको प्रभावकारी पहल

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

पुनर्वासमा वर्ड फ्लू रोग नियन्त्रणसम्बन्धी एक दिने जनसचेतना कार्यक्रम सम्पन्न

धनगढीमा ३० जना किसानलाई सम्मान सहित निशुल्क साइकल वितरण

धनगढीमा ३० जना किसानलाई सम्मान सहित निशुल्क साइकल वितरण

राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रेम एसकेको यात्रा : सदस्यबाट कञ्चनपुर उपसभापति हुँदै प्रदेश कमिटी सदस्यसम्म

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V