www.patranepal.com

पपुलर

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

सीमामा सशस्त्र प्रहरी पहरेदार तर सेटिङ्गमै खुलेयाम तस्करी !तस्करलाई मालामाल, सर्वसाधारणलाई सास्ती 

अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनबारे पुनर्वासमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

समाजसेवी शिव बिष्टद्वारा बुवा–आमाको सम्मानमा पुनर्वास का १४ विद्यालयमा अक्षयकोष स्थापना

पुनर्वासमा लो भोल्टेज समस्या समाधानका लागि वैकल्पिक व्यवस्था, दीर्घकालीन समाधानतर्फ पहल

बेदकोट ताल परिसरमा पत्रकार महासंघको ९औ बैठक, यस्ता छन निर्णय

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा जनजन आन्दोलन प्रभावित नगरपालिकालाई सहयोग

समाचार प्रकाशित मिति :

सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा जनजन आन्दोलन प्रभावित नगरपालिकालाई सहयोग

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर

सुदूरपश्चिमेली नेपाली समाज भारत केन्द्रीय समितिद्वारा जेन्जी आन्दोलनका क्रममा क्षति बेहोरेका गोदावरी नगरपालिका र पुनर्वास नगरपालिका लाई एक–एक थान प्रिन्टर हस्तान्तरण गरिएको छ। आन्दोलनका कारण प्रशासनिक कार्य प्रभावित बनेको अवस्थालाई सामान्य बनाउन सहयोग स्वरूप उक्त सामग्री प्रदान गरिएको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा समाजका अन्तर्राष्ट्रिय समिति सचिव डम्बर खडका, संरक्षक दीपक प्रकाश मल्ल, अध्यक्ष महादेव भट्ट, दिल्ली राज्य सदस्य लक्ष्मीचन्द, समाजसेवी तथा व्यवसायी अम्मर सिंह ठकुरी, समाज उपाध्यक्ष लालबहादुर खडका, शिक्षक नवराज ओझा लगायतको उपस्थिति रहेको थियो।

दुई नगरपालिका प्रमुखहरूले यस कठिन परिस्थितिमा गरिएको सहयोगले स्थानीय तहको सेवा प्रवाह सहज बनाउन महत्वपूर्ण योगदान पुग्ने भन्दै आभार व्यक्त गर्नुभयो।

हालै २३ र २४ गते जनजन आन्दोलनका क्रममा विभिन्न स्थानमा सरकारी तथा सामुदायिक संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रका स्थानीय तह, विद्यालय, कार्यालय तथा समुदायलाई सहयोगका पहलहरू भइरहेको छ। विभिन्न संघ–संस्थाहरू, सामाजिक अभियन्ता तथा विदेशमा रहेका नेपाली समुदायले राहत र उपकरण सहयोगमार्फत स्थानीय प्रशासन तथा जनताको साथमा उभिएको देखिएको छ।

त्यसैगरी सहयोग उपलब्ध गराउने सहयोगदाता तथा सुदूरपश्चिमेली नेपाली समाज सम्पूर्ण टिमलाई पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्मा, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा जनप्रतिनिधिहरूको तर्फबाट हार्दिक धन्यवाद दिइएको छ। नगरपालिकाले जनजीवन सामान्यीकरण र सेवा प्रवाहमा सहयोग पु¥याउने सम्पूर्ण पक्षप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि आपसी एकता, सामुदायिक सहकार्य र उदारताको भावना साथै समन्वय विस्तार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सुदूरपश्चिमेली नेपाली समाज नेपाल शाखाले निरन्तर सामाजिक सहयोग अभियान सञ्चालन गर्दै आएका छन्। समाजले संकटका बेला समुदायको साथमा उभिनु प्रत्येक नेपालीको कर्तव्य असल्यमा जोड दिंदै आगामी दिनमा पनि राहत तथा पुनःस्थापना कार्यमा सहयोग जारी रहने जनाएको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

बालिका शासक्त परियोजना प्रभावकारी बन्दै बर्दियामा !

बालिका शासक्त परियोजना प्रभावकारी बन्दै बर्दियामा !

सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा जनजन आन्दोलन प्रभावित नगरपालिकालाई सहयोग

गायक शुसील भट्टराईको ‘देउसी गीत’ सार्वजनिक (भिडियोसहित)

गायक शुसील भट्टराईको ‘देउसी गीत’ सार्वजनिक (भिडियोसहित)

‘भ्यालेन्टाइन्स डे’ को रात फिदिममा रिदम ब्याण्डसँगै गुञ्जिए दीपक बज्राचार्य

‘भ्यालेन्टाइन्स डे’ को रात फिदिममा रिदम ब्याण्डसँगै गुञ्जिए दीपक बज्राचार्य

पुनर्वासमा भर्खरै भायनक दुर्घटना  Breaking News 

भारतको मिलन बजारमा बेचिन लाग्दा त्यहाँका स्थानीयको सहयोगमा बरामद सामान नेपाल फिर्ता पुनर्वासमा आगजनीपछि लुटपाट, बरामद सामग्री नगरपालिकालाई बुझाइने

महँगी दर १४ महिनायताकै उच्च

महँगी दर १४ महिनायताकै उच्च

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V