www.patranepal.com

पपुलर

कञ्चनपुर जिल्ला कारागारमा कैदीबन्दीबीच हिंस्रक झडप, ८ जना घाइते, कारागार प्रशासनमाथि गम्भीर आरोप

हराएको डकुमेन्ट फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइयो

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने 

कम्युनिस्ट नेतृत्वकै सरकारमा दलित प्रतिनिधित्व शून्य : समावेशितामाथि गम्भीर प्रश्न

कागजमा होइन, घरदैलोसम्म विकास स् कञ्चनपुर क्षेत्र नं। १ मा अर्थमन्त्री तारालामा तामाङको प्रभावकारी पहल

पुनर्वास नगरपालिकामा उद्यमशीलता अभिमुखीकरण, स्थानीय रोजगारी बढाउने लक्ष्य

पुनर्वास १० मा खुकुरी प्रहार काण्डका दोषीलाई प्रहरीले पक्राउ गर्न ढिलासुस्ती गरेको पिडितको आरोप 

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

बाघको आक्रमणबाट पुनर्वासमा एक जनाको मृत्यु

समाचार प्रकाशित मिति :

बाघको आक्रमणबाट पुनर्वासमा एक जनाको मृत्यु

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

लालबहादुर एस.के., पुनर्वास

कञ्चनपुरको पुनर्वास नगरपालिका–६ स्थित सीमा क्षेत्र आजादनगर नजिकैको जंगलमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बाघको आक्रमणबाट पुनर्वास नगरपालिका–६ निवासी अन्दाजी ७० वर्षीय सुना निरौलाको ज्यान गएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ।

प्रहरीका अनुसार निरौला घरबाट घाँस–दाउरा लिन भारततर्फको जंगल गएको र साँझसम्म घर नफर्किएपछि आफन्त तथा स्थानीयले खोजतलास सुरु गरेका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको संयुक्त खोजी अभियानका क्रममा आइतबार बिहान करिब साढे ९ बजे जंगल क्षेत्रमा बाघको आक्रमणबाट मृत्यु भएको अवस्थामा निरौलाको शव फेला परेको हो।

घटनापछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको र स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टम लगायतका प्रक्रियामा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता र सहयोग रहेको बताइएको छ।

कञ्चनपुरका विभिन्न क्षेत्रमा पछिल्लो समय अकालमै ज्यान गुमाउने घटनाहरू बढ्दै गएका छन्। विशेषगरी दक्षिणी सीमावर्ती क्षेत्रमा वन्यजन्तु—हात्ती, बाघ लगायतका आक्रमणका घटना पटक–पटक दोहोरिँदै आएका छन्। यस्ता घटनाबाट स्थानीयवासीहरू त्रसित बन्न थालेका छन्।

सम्बन्धित निकायले समयमै ध्यान नदिँदा सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने वन्यजन्तुको नियन्त्रण प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ। त्यसैले आगामी दिनमा यस्ता दुःखद घटना दोहोरिन नदिन वन्यजन्तु नियन्त्रणका लागि आवश्यक पूर्वतयारी, सुरक्षा व्यवस्था र ठोस पहल गर्न स्थानीयले माग गरेका छन्।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा धामी 

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा धामी 

अमर गोकुल सामुदायिक बन उपभोक्ता समूहद्वारा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

लालझाडीमा “प्रथम SYC फुटबल तथा कराते प्रतियोगिता २०८२” भव्य रूपमा सुरु

पाँच करोड अनुदानका लागि एक करोड घुस मागेको प्रमाण दिन कृषि मन्त्री थापाको आग्रह

आन्दोलनकारी समूहद्वारा झलारी एनएमबी बैंकमा तालाबन्दी

लालझाडीमा हात्तीको आक्रमण : हजुरआमा घाइते, ६ वर्षीया नातिनीको मृत्यु

पुनर्वास नगरपालिकाको आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि सामग्री हस्तान्तरण

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V