www.patranepal.com

पपुलर

नेपाल–भारत आवतजावत गर्ने यात्रुका लागि ठूलो झट्का, गौरीफन्टा नाकामा आधार कार्डबाट प्रवेश बन्द

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

लालझाडीमा ७ दिने योग शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलौरी नगरपालिकामा स्वास्थ्य बाहेक सबै सेवा अनिश्चितकालीन बन्द, माग सम्बोधन नभएसम्म आन्दोलन जारी

भजनीमा नेरुडे मिर्मिरे लघुवित्तद्वारा मृतक सदस्य परिवारलाई क्रियाखर्च सहयोग

भूमिहीन तथा अव्यवस्थित बसोबास समस्या समाधानका लागि पुनर्वासमा वृहत छलफल

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

पुनर्वास नगरपालिकामा न्यायमा पहुँच अभिवृद्धि परियोजनाअन्तर्गत नागरिक सहायता कक्ष सुदृढीकरण तथा कानुनी सचेतना कार्यक्रम सम्पन्न

समाचार प्रकाशित मिति :

पुनर्वास नगरपालिकामा न्यायमा पहुँच अभिवृद्धि परियोजनाअन्तर्गत नागरिक सहायता कक्ष सुदृढीकरण तथा कानुनी सचेतना कार्यक्रम सम्पन्न

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

पुनर्वास, कञ्चनपुर।

पुनर्वास नगरपालिकामा संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना (A2J) अन्तर्गत नागरिक सहायता कक्षको क्षमता अभिवृद्धि तथा संस्थागत विकास कार्यशाला सम्पन्न भएको छ। कार्यक्रम पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिया कुमारी रानाको अध्यक्षता तथा नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यमा नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो।

कार्यक्रममा पुनर्वास नगरपालिकाका वडा नं. १ देखि ११ सम्मका वडा अध्यक्षहरू, पूर्व गाविस अध्यक्ष स्त्रीप्रसाद घिमिरे, समाजसेवी तथा बुद्धिजीवी यामप्रसाद पौडेल, समाजसेवी तथा व्यवसायी नविन शर्मा, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी तथा श्री बागेश्वरी माध्यमिक विद्यालय र श्री विजय माध्यमिक विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम एमपिडिएस (Multipurpose Development Society), डडेलधुरा, सुदूरपश्चिम प्रदेश सरकारको कानुन तथा संसदीय मामिला मन्त्रालयको स्वीकृत कार्यक्रमअन्तर्गत पुनर्वास नगरपालिकाको समन्वय तथा यूएनडीपी/एटुजे (A2J) को आर्थिक सहयोगमा सञ्चालन गरिएको हो।

कार्यशालामा नागरिक सहायता कक्षको भूमिका, कानुनी सहायता सेवा, न्यायमा सहज पहुँच, अनलाइन उजुरी प्रणाली, स्थानीय तहको न्यायिक समितिको प्रभावकारी सञ्चालन तथा समुदायस्तरसम्म कानुनी सेवाको पहुँच विस्तारका विषयमा जानकारी गराइएको थियो। यसै परियोजनाअन्तर्गत पुनर्वास नगरपालिका–१ देखि ११ वटै वडामा स्मार्ट कानुनी सहायता शिविर सञ्चालन गरिएको जानकारी पनि दिइयो। साथै विद्यालयस्तरमा “लागूऔषध दुव्र्यसनी न्यूनीकरणमा युवाको भूमिका” विषयक एकदिने सचेतनामूलक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो।

वक्तृत्वकला प्रतियोगितामा श्री विजय माध्यमिक विद्यालयकी चेतना रावल प्रथम, लक्ष्मण बिष्ट द्वितीय तथा श्री बागेश्वरी माध्यमिक विद्यालयकी रचना राना र पृथ्वीना गुरुङ उत्कृष्ट स्थान हासिल गर्न सफल भएका थिए। विजयी विद्यार्थीहरूलाई नगरप्रमुख तोय प्रसाद शर्माले प्रमाणपत्रसहित सम्मान गर्नुभयो।

परियोजना संयोजक चन्दा शर्माले परियोजनाको उद्देश्य, सञ्चालन भएका गतिविधि र उपलब्धिबारे जानकारी दिँदै आगामी दिनमा पनि पुनर्वास नगरपालिकासँग समन्वय गरी कानुनी सहायता तथा न्यायमा पहुँच विस्तारका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

एमपिडिएसका सामाजिक परिचालक पुष्कर चन्दले समुदायमा कानुनी सचेतना अभिवृद्धि, नागरिक सहायता कक्षको प्रभावकारी सञ्चालन तथा स्थानीय तहबाट उपलब्ध कानुनी सेवाको पहुँच विस्तारमा परियोजनाले सकारात्मक योगदान पुर्‍याएको बताउनुभयो।

स्वयंसेवक धिरोद्र चन्द र सिर्जना श्रेष्ठले न्यायमा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न समुदाय, स्थानीय सरकार र सरोकारवाला निकायबीच सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमकी सभापति तथा उपप्रमुख भुलिया कुमारी रानाले न्यायमा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व भएको बताउँदै नागरिक सहायता कक्षलाई अझ प्रभावकारी र सेवामुखी बनाउन यस्ता क्षमता अभिवृद्धिका कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सीमान्तकृत समुदायले सहज रूपमा कानुनी सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माणमा नगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।

प्रमुख अतिथि तथा नगरप्रमुख तोय प्रसाद शर्माले कानुनी सचेतना र न्यायमा सहज पहुँच लोकतान्त्रिक शासन प्रणालीको आधार भएको उल्लेख गर्दै नागरिकलाई आफ्ना अधिकारप्रति सचेत बनाउन, स्थानीय न्याय प्रणालीलाई प्रभावकारी बनाउन तथा लागूऔषध दुव्र्यसन न्यूनीकरणमा युवाको भूमिका सुदृढ गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। आगामी दिनमा पनि नगरपालिकाले यस्ता जनमुखी कार्यक्रमलाई निरन्तर सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन पुनर्वास नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख ओमनाथ ढकालले गर्नुभएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले कानुनी सहायता सेवा विस्तार, न्यायमा सहज पहुँच तथा नागरिकमैत्री स्थानीय शासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

शिक्षक बिमल चन्द मृत अवस्थामा फेला, घटनाबारे अनुसन्धान जारी

दिवंगत हुनुभएका पुनर्वास का पुर्व शिक्षक तथा साहित्य स्रजक बस्नेत लाई श्रद्धाञ्जली अर्पण 

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

नयाँ स्मार्टफोन ‘फोन थ्री ए’ सार्वजनिक गर्दै नथिङ, के-के आउँदैछन् फिचर ?

नयाँ स्मार्टफोन ‘फोन थ्री ए’ सार्वजनिक गर्दै नथिङ, के-के आउँदैछन् फिचर ?

बाँकेको राप्तीसोनारीमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते !

बाँकेको राप्तीसोनारीमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते !

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V