www.patranepal.com

पपुलर

पुनर्वासमा लो भोल्टेज समस्या समाधानका लागि वैकल्पिक व्यवस्था, दीर्घकालीन समाधानतर्फ पहल

हराएको डकुमेन्ट फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइयो

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

बेदकोट ताल परिसरमा पत्रकार महासंघको ९औ बैठक, यस्ता छन निर्णय

पुनर्वास सबस्टेसनबाट ३३ केभी लाइन सञ्चालनको तयारी, लोभोल्टेज समस्या समाधान हुने

पत्रकार ओलीमाथि अत्याचार गर्ने भन्सारका हाकिमद्वय भट्ट र थापा प्रहरी नियन्त्रणमा 

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा मृतक दान सिंह धनाडीलाई बीमा रकम हस्तान्तरण

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

समाचार प्रकाशित मिति :

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

२ फागुन, काठमाडौं । छिमेकी भारतले १०० घण्टामा १०० किलोमिटर एक्सप्रेस वे बनाएर विश्व रेकर्ड कायम गरेको छ । तर, नेपालमा भने चालु आर्थिक वर्ष २०८१/८२ मा प्रतिदिन औसत जम्मा १.३१ किलोमिटरका दरले सडक कालोपत्रे भएको पाइएको छ ।

यसअघि प्रतिदिन ५ किलोमिटरका दरको रफ्तारमा हुने सडक कालोपत्रे यस वर्ष घटेको स्वयम् सरकारी निकायले स्वीकार गरेका छन् । भौतिक योजना तथा यातायातमन्त्री देवेन्द्र दाहालले शुक्रबार माघ मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

उनका अनुसार यस वर्ष ७ महिना (साउन–माघ)मा कालोपत्रे स्तरको नयाँ सडक २ लेनमा २४६ किलोमिटर र २ लेनमाथिको सडक ३०.५८ किलोमिटर निर्माण भएको छ । यस अनुसार हरेक दिन औसतमा १.३१ किलोमिटर मात्र सडक कालोपत्रे भएको देखिन्छ । मन्त्री दाहाल समग्र अर्थतन्त्रमा देखिएको सुस्तताको असर सडक निर्माणको गतिमा पनि देखिएको बताउँछन् । उनी भन्छन्, ‘कुनै बेला प्रतिदिन ५ किलोमिटरसम्म कालोपत्रे भएको अवस्था पनि थियो, अहिले यो रफ्तार कम भएको छ ।’

सडक कालोपत्रेको गति आवको बाँकी अवधिमा बढ्ने दाबी मन्त्रालयका सचिव केशवकुमार शर्माको छ । ‘एक त अहिले सडकहरु विगतको तुलनामा फराकिलो भएका छन्, त्यसले लम्बाईको गति कम भएको छ,’ उनी भन्छन्, ‘तर, अहिले सुस्त देखिएको गति अबको बाँकी अवधिमा बढ्छ ।’ आर्थिक वर्षको सुरवाती महिनामा भौतिक निर्माणतर्फको काम कम हुने भएकाले समेत कालोपत्रे सडक निर्माणको गति अपेक्षित नबढ्ने उनको भनाइ छ ।

बुटवल-नारायणगढ सडक खण्ड कालोपत्रे गरिँदै ।

सडक विभागका महानिर्देशक रामहरि पोखरेल भुक्तानीको समस्या निर्माणमा देखिँदा सडक निर्माणले गति लिन नसकेको बताउँछन् । गत वर्षको दायित्व चालु आवमा सरेर आउनु र सो फरफारकमा बढी ध्यान केन्द्रित गर्दा यस वर्षको निर्माण प्रभावित भइरहेको उनी बताउँछन् ।

अर्थ मन्त्रालयका अनुसार गत आवसम्मको सिर्जित दायित्व भौतिक मन्त्रालयसहितका मन्त्रालयमा २८ अर्ब ५१ करोड ९० लाख भुक्तानी दिन बाँकी थियो । त्यसमध्ये ६ महिनामा २२ अर्ब २२ करोड ८९ लाख भुक्तानी गर्न स्रोत व्यवस्थापन गरिसकिएको छ ।

७ महिनामा ४१ वटा पुल निर्माण सम्पन्न भएका छन् । तमोर कोरिडोर अन्तर्गत चतरा–मुलघा–सुभाङखोला सडक खण्डमा १४ किलोमिटर सडक कालोपत्रे भएको छ ।

मन्त्रालयले चालु आवमा १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ बजेट कार्यान्वयन गरिरहेको छ । यसमध्ये ७ महिनामा २८.१५ प्रतिशत बजेट खर्च गरेको छ । यस वर्ष मन्त्रालयले चालुतर्फ ७ अर्ब ४८ करोड ६३ लाख र पूँजीगततर्फ १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ बजेट कार्यान्वयन गरिरहेको छ ।

सडक विभागका अनुसार नेपालमा राणा शासनकालबाटै औपचारिक रुपमा सडक निर्माण सुरु भएको थियो ।

यो पनि पढ्नुहोस

सय वर्षअघि बनेको थियो नेपालमा पहिलो सडक, राणाकालमा ३७६ किमि

राणा कालमै ३७६ किलोमिटर सडक निर्माण भएको इतिहास छ । त्यसयता सडकको लम्बाईले १ लाख २ हजार किलोमिटर पार गरे पनि गत असारसम्म कालोपत्रे सडकको लम्बाई ७ हजार ८ सय किलोमिटर मात्रै छ । चार लेन वा सो भन्दा बढी लेनको कालोपत्रे सडक असारसम्म ४ सय किलोमिटर रहेको तथ्यांक छ ।

कुन आयोजनामा कति भयो कालोपत्रे ?

यस वर्ष ७ महिनामा मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग र कालिगण्डकी कोरिडोरमा कुल ७८.५ किलोमिटर सडक कालोपत्रे भएको मन्त्रालयको तथ्यांक छ । ७ महिनामा ४१ वटा पुल निर्माण सम्पन्न भएका छन् । तमोर कोरिडोर अन्तर्गत चतरा–मुलघा–सुभाङखोला सडक खण्डमा १४ किलोमिटर सडक कालोपत्रे भएको छ ।

रानी–विराटनगर–धरान सडक खण्डको तरहरा–सेउती खण्डमा ५.३ किलोमिटर सडक ४ लेनमा कालोपत्रे सडक।

रानी–विराटनगर–धरान सडक खण्डको तरहरा–सेउती खण्डमा ५.३ किलोमिटर सडक ४ लेनमा कालोपत्रे भएको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा पूर्वी खण्डमा ४.७५ किलोमिटर र पश्चिम खण्डमा ८.६८ किलोमिटर गरी कुल १३.४३ किलोमिटर ४ लेन कालोपत्रे निर्माण अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ ।

वर्षापछिको पुनर्निर्माण किन अन्यौलमा ?

गत असोजमा आएको वर्षा र बाढी–पहिरोले भत्काएका सडकको स्थायी पुनर्निर्माणमा भने अझै अन्यौल कायम छ । भौतिक मन्त्री दाहाल यसबीचमा अपेक्षित पुनर्निर्माणमा गति दिन नसकेको स्वीकार गर्छन् । बाढीले सबैभन्दा बढी क्षति गरेको विपि राजमार्गमा मन्त्रालय एक्लैले निर्णय गरेर पुनर्निर्माणमा जान नसक्ने भएकाले मोडालिटीका कारण ढिला भएको उनले बताए ।

अहिले अर्थ मन्त्रालयसँग स्रोत व्यवस्थापनका लागि आग्रह गरिएको र मन्त्रालयले आगामी वर्षायामका लागि अस्थायी प्रवन्ध गर्ने काम थालिसकेको उनले बताए । मन्त्रालयका सचिव शर्माले पुनर्निर्माण एक प्रक्रिया भएकाले त्यसले स्वभाविक रुपमा समय लिने भन्दै आगामी वर्षामा सडक नरोकिने गरी काम हुने दावी गरे ।

मन्त्रालयका अनुसार बाढीले भत्काएकामध्ये रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोट नदीमा बेलिव्रिज निर्माण सम्पन्न भइसकेको छ । अरनिको राजमार्गको लिपिङ पुल र खाँगदल पुल समेत निर्माण सम्पन्न भइसकेको छ । उदयपुर र खोटाङ जोड्ने फोक्सिङटार स्थित सुनकोशी नदी पुल र धादिङजिल्ला स्थित आँखु खोलामा पुल निर्माण भइसकेको छ ।

ललितपुर र मकवानपुर जोड्ने कान्ती लोकपथको बागमती नदी पुल, पाँचथर जिल्लास्थित हेवा खोला पुल, इलामस्थित पुवाखोला पुल र इलामस्थित जोगमाई खोला पुलमा बेलिव्रिज निर्माणाधीन रहेको छ । बीपी राजमार्गको समस्याग्रस्त खण्डमा भने आवश्यकता अनुसार मर्मत र स्तरोन्नती गरी आगामी वर्षायााममा निरन्तर सडक सूचारु गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

श्री सरस्वती माध्यमिक विद्यालयको ४३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

पुनर्वास नगरपालिकामा उद्यमशीलता अभिमुखीकरण, स्थानीय रोजगारी बढाउने लक्ष्य

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने 

समाजसेवी शिव बिष्टद्वारा बुवा–आमाको सम्मानमा पुनर्वास का १४ विद्यालयमा अक्षयकोष स्थापना

बालिका शासक्त परियोजना प्रभावकारी बन्दै बर्दियामा !

बालिका शासक्त परियोजना प्रभावकारी बन्दै बर्दियामा !

सप्तरीमा युवा भेला सम्पन्न युवाहरूको आत्मनिर्भरता र समाज निर्माणतर्फ छलफल

बेलौरीमा एकै राति मन्दिरका घण्टी चोरी, धार्मिक आस्थामाथि गम्भीर प्रहार

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V