www.patranepal.com

पपुलर

पुनर्वास नगरपालिकामा लैङ्गिक समानता र समावेशीकरणसम्बन्धी रिफ्लेक्सन कार्यशाला सम्पन्न

भुमि आयोग बर्दियामा नियम अनुसार सबै पालिकाको काम भैरहेका छन ! धैर्य गरेर बसिदिनु हुन बासगढि प्रमुख को अनुरोध !                                 

भुमि आयोग बर्दियामा नियम अनुसार सबै पालिकाको काम भैरहेका छन ! धैर्य गरेर बसिदिनु हुन बासगढि प्रमुख को अनुरोध !                                 

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

समाजसेवी शिव बिष्टद्वारा बुवा–आमाको सम्मानमा पुनर्वास का १४ विद्यालयमा अक्षयकोष स्थापना

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

न्यु वीरेन्द्र युवा क्लबद्वारा सञ्चालित पाँचौँ “द फोर्स कप” फुटबल प्रतियोगिताको उद्घाटन सम्पन्न

श्री सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सियामा नयाँ व्यवस्थापन समिति गठन, गुणस्तरीय शिक्षामा जोड

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

कागजमा होइन, घरदैलोसम्म विकास स् कञ्चनपुर क्षेत्र नं। १ मा अर्थमन्त्री तारालामा तामाङको प्रभावकारी पहल

समाचार प्रकाशित मिति :

कागजमा होइन, घरदैलोसम्म विकास स् कञ्चनपुर क्षेत्र नं। १ मा अर्थमन्त्री तारालामा तामाङको प्रभावकारी पहल

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कागजमा होइन, घरदैलोसम्म विकास स् कञ्चनपुर क्षेत्र नं। १ मा अर्थमन्त्री तारालामा तामाङको प्रभावकारी पहल

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका आर्थिक मामिला मन्त्री तारालामा तामाङले जिल्ला कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिका, लालझडी गाउँपालिका र पुनर्वास नगरपालिकामा सडक पुल पुलेसा, खेलकुद, स्वास्थ्य, पूर्वाधार तथा कृषि क्षेत्रको विकासका लागि उल्लेखनीय कामहरू अघि बढाउनु भएको थियो।

शिक्षा क्षेत्रमा उहाँको पहलमा चारवटै पालिकामा रहेका विद्यालयहरूमा गुणस्तरीय भौतिक संरचना निर्माण कार्य अगाडि बढाइएको थियो। विद्यालय भवन अभाव रहेका स्थानहरुमा क्रमागतरुपमा आवश्यकताको आधारमा नयाँ भवन निर्माण गरी शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याइएको छ।

त्यसैगरी खेलकुद क्षेत्रको विकासका लागि आवश्यक खेल मैदान निर्माण, मैदानमा तारजाली लगाउने, तथा विभिन्न खेलकुद आयोजना सञ्चालन गरी खेलाडीहरूलाई व्यवस्थित वातावरण प्रदान गरिएको छ।

स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच सहज बनाउन आवश्यक प्राविधिक उपकरण तथा स्वास्थ्य जाँचका मेसिनहरू उपलब्ध गराइनुका साथै, आकस्मिक सेवा प्रवाहका लागि विभिन्न स्वास्थ्य चौकीहरूमा एम्बुलेन्स वितरण उहाँकै पहलमा गरिएको हो। यसले राति–बेलुकी हुने सुत्केरी, दुर्घटना तथा आकस्मिक बिरामीलाई उपचार केन्द्रसम्म समयमै पुर्‍याउन सहयोग पुगेको छ।

पूर्वाधार विकासअन्तर्गत दोदापुल देखि कम्पनी डाँडा सम्मको सडक १६ करोडमा ठेक्का भएको र पुनर्वास नपा ९ बिचफाँटा जिरो प्वाईन्ट, गोविन्द गौतम पार्क,कोटीहोम फटिया बेलौरी भन्सार सम्मको बोर्डर कोरिडोर सडक निर्माण अगाडि बढाएकोमा ६८ करोडमा ठेक्का भएका तर प्रदेश सरकारले ठेक्का सदर नगरेले ३ बर्ष सम्म बजेट परेता पनि फ्रीज गराईएकोले अधुरो योजना लाई र कोटीहोम हुँदै यस क्षेत्रकै धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र भकुण्डासम्म तीव्र गतिमा सम्पन्न गरिएको छ।

साथै, विभिन्न जातजाति तथा भाषाभाषीको संस्कृति झल्किने धार्मिक स्थलहरू—मठ, मन्दिर, गुम्बा तथा चर्चको भौतिक संरचना निर्माणमा समेत उहाँकै कार्यकालमा बजेट विनियोजन भई काम सम्पन्न भएका छन्। सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको जिम्मेवारी हुँदाहुँदै पनि उहाँले आफ्नो निर्वाचन क्षेत्रमा रहेका शैक्षिक तथा धार्मिक संरचनालाई विशेष प्राथमिकता दिनुभएको स्थानीयको भनाइ छ।

कृषि क्षेत्रमा किसानको आवश्यकतालाई ध्यानमा राख्दै साना सिँचाइ आयोजना, डिप बोरिङ तथा बोरिङ इन्जिनमार्फत सिँचाइ सुविधा विस्तार चारवटै पालिकामा अघि बढाइएको छ। त्यसैगरी अधुरा रहेका खानेपानी आयोजनालाई पूर्णता दिँदै नागरिकको घरदैलोमै पानी पुर्‍याउने काम समेत उहाँकै पहलमा गरिएको हो।

 

यसैबीच, २०७९ सालको सङ्घीय निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भई विजय हासिल गरेपछि, अर्थमन्त्री तारालामा तामाङले निर्वाचित भएकै दोस्रो दिन बिहान ७ बजे सीमा सुरक्षाका क्रममा भारतीय पक्षसँगको घटनामा ज्यान गुमाएका शहीद गोविन्द गौतमको सालिकमा माल्यार्पण गर्नुभएको थियो। सीमा सुरक्षा तथा राष्ट्रको स्वाधीनताका लागि सहादत प्राप्त गरेका शहीदप्रति सम्मान व्यक्त गर्दै उहाँले शहीदको बलिदान सधैं स्मरणीय रहने बताउनुभएको थियो।

करिब ७ महिनाको कार्यकालमा अर्थमन्त्री तामाङले यस क्षेत्रको समग्र विकासका लागि सक्दो प्रयास गरेको भन्दै स्थानीयवासीहरूले उहाँका कामलाई अझै पनि स्मरण गरिरहेका छन्।

उहाँले आगामी दिनमा पनि जनताले विश्वास र भरोसा गरेर पुनः निर्वाचित गराएमा, जनताको हितमा रातदिन खटिएर विकास निर्माणका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

अमेरिकामा बोइङ विमानमा आगलागी, १७३ जनाको उद्धार

अमेरिकामा बोइङ विमानमा आगलागी, १७३ जनाको उद्धार

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

कृषि बजेटदेखि पूर्वाधारसम्म सक्रियता: मन्त्री थापाको पहलमा पुनर्वास ५सिमरी दोदा.डोकेबजार सडकबत्ती जडान

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

पुनर्वास पनि धान खरिदको काँटा शुभरम्भ- मन्त्री वीरबहादुर थापाद्वारा किसानका हकहितमा सरकार प्रतिबद्ध ।

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V