हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
पुनर्वासका ५ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
कञ्चनपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरको पुनर्वास नगरपालिकाका ११ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमार्फत विभिन्न वडामा वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन गरिएका छन्। देशभर जारी महाधिवेशन प्रक्रियाअन्तर्गत पुनर्वासमा पनि उत्साहपूर्ण वातावरणमा वडा अधिवेशन सम्पन्न भएको हो।
पुनर्वास नगरपालिका–५ मा सम्पन्न अधिवेशनबाट जयबहादुर रोकायाको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन गरिएको छ। उपसभापतिमा पार्वती जोशी भट्ट र लक्ष्मण पुजारा, सचिवमा पदम राना तथा भक्तबहादुर रोकाया (कान्छा) र सहसचिवमा ललिता बोहरा तथा लालबहादुर बोहरा चयन भएका छन्।
वडा नं. ५ बाट क्षेत्रीय प्रतिनिधिका रूपमा पदमबहादुर रोकाया, माया खड्का, यादव खड्का, लछी बोहरा, कविता पुजारा, कृष्णबहादुर रोकाया, बहादुर साउद, ताराबहादुर रोकाया, मोहनराज पाठक, अमरबहादुर सिंह, पार्वती जोशी भट्ट, शिखरजी विष्ट, सुनिता राना, जगतबहादुर सायर, दलबहादुर बोहरा, धर्मबहादुर रोकाया, कर्णबहादुर, लक्ष्मण पुजारा, चन्ददेवी रोकाया, मनिष सायर तथा बहादुर सायरलगायत चयन भएको नामावलीमा उल्लेख छ।
अधिवेशनमा नेपाली कांग्रेसका अग्रज नेता, स्थानीय तहका प्रतिनिधि, क्रियाशील सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा संगठनलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउँदै आगामी राजनीतिक गतिविधिमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तथा क्षेत्रीय संयोजक दिलुबहादुर बोहरा र पदम देउवा अतिथिका रूपमा सहभागी थिए।
लामो समयदेखि भारतमा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका युवा अमरसिंह ठकुरीले पार्टीभित्र युवाको भूमिका अझ प्रभावकारी बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे। उनले पार्टीभित्र रहेका विविध विचार र धारालाई समेट्दै एकताबद्ध रूपमा अघि बढ्नुपर्ने तथा युवालाई जिम्मेवारीसहित अवसर प्रदान गर्नुपर्नेमा जोड दिए। साथै, स्थानीय स्तरका गतिविधिलाई निरन्तरता दिँदै संगठनलाई थप सशक्त र अनुशासित बनाउनु आवश्यक रहेको उनको भनाइ थियो।
पुनर्वास नगरपालिका–५ का वडाअध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता पदम रोकायाले अधिवेशन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए। नवनिर्वाचित वडा सभापति जयबहादुर रोकायाले अधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पूर्ण नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यप्रति आभार व्यक्त गरेका छन्।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V