www.patranepal.com

पपुलर

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

अहमदिया मुस्लिम जमात जर्मनीको ,४९ औं वार्षिक भेला सम्पन्न भएको छ

समाचार प्रकाशित मिति :

अहमदिया मुस्लिम जमात जर्मनीको ,४९ औं वार्षिक भेला सम्पन्न भएको छ

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर – अहमदिया मुस्लिम समुदायद्वारा आयोजना गरिएको ४९ औं वार्षिक भेला (जलसा सलाना) भदौ १३, १४ र १५ गते (२०२५ अगस्ट २९, ३० र ३१) का दिन भव्य एवं सभ्य तरिकाले सम्पन्न भएको छ। कार्यक्रममा अहमदीय समाजका अग्रज व्यक्तित्व, धर्मलम्बीहरू तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो।

जिल्ला इञ्चार्ज नईम अहमदले कार्यक्रममा उपस्थित धर्मावलम्बीहरूलाई जानकारी दिँदै यस्ता धार्मिक कार्यक्रमहरूले मानव एकता, भाईचारा र मानव धर्मको सन्देश दिने बताएका छन्। उनले अहमदिया समाजले विगतमा पनि शिक्षा, स्वास्थ्य, आँखा शिविर, विभिन्न औषधि वितरण, सरसफाइ, पुस्तकालय सञ्चालन लगायतका सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।

यसै अवसरमा उनले धार्मिक मेलामिलाप र सामाजिक सद्भावको महत्वबारे प्रकाश पार्दै अहमदिया मुस्लिम समुदायले धारण गरेको मूल आदर्श वाक्य “सबैलाई प्रेम, कसैलाई घृणा नगर” को पुनः स्मरण गराए। उनका अनुसार यही आदर्शलाई आत्मसात गरेर समुदायले विश्वका विभिन्न देशमा मानवतावादी कार्यलाई निरन्तरता दिइरहेको छ।

जर्मनीमा समेत एकै समयमा सम्पन्न भएको अहमदिया मुस्लिम समुदायको वार्षिक भेलामा हजारौं मानिसहरूको सहभागिता रहेको थियो। समुदायको स्थापना सन् १८८९ मा भारतको पञ्जाब राज्यस्थित कादियानमा मिर्जा गुलाम अहमदद्वारा भएको थियो। आज विश्वका करिब २२४ भन्दा बढी देशमा यसको उपस्थिती रहँदै आएको छ।

कार्यक्रममा धर्मगुरु एवं विशिष्ट व्यक्तिहरूले धार्मिक सहिष्णुता, आपसी सद्भाव, प्रेम र शान्ति स्थापना गर्न अहमदिया समुदायले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समाजलाई सकारात्मक दिशामा अघि बढाउन ठूलो सहयोग पुर्‍याउनेमा जोड दिएका थिए।

भव्य सभ्यता, अनुशासन र धर्मावलम्बीहरूको बाक्लो उपस्थितिले सम्पन्न भएको यस वर्षको जलसा सलाना कार्यक्रममार्फत समाजमा भाइचारा, शान्ति र एकताको सन्देश पुनः प्रष्टसँग प्रसारित भएको आयोजक समितिले जनाएको छ।

 

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

प्रदेशका जनप्रतिनिधिले हरेक कुराका लागि केन्द्रतिर फर्किने स्थिति भयो : पाण्डे

प्रदेशका जनप्रतिनिधिले हरेक कुराका लागि केन्द्रतिर फर्किने स्थिति भयो : पाण्डे

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

हमासले ३ बन्धक छाडेसँगै इजरायलले पनि रिहा गर्‍यो प्यालेस्टिनी कैदी

हमासले ३ बन्धक छाडेसँगै इजरायलले पनि रिहा गर्‍यो प्यालेस्टिनी कैदी

पुनर्वास नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड १२ पदकसहित जीवन ज्योति मा.वि. शीर्ष स्थानमा, विजय मा.वि. को सर्वाधिक ८ स्वर्ण

ऐतिहासिक विश्वकप खेल्न उत्साहित खेलाडी, सुपर सिक्समा पुग्ने लक्ष्य

ऐतिहासिक विश्वकप खेल्न उत्साहित खेलाडी, सुपर सिक्समा पुग्ने लक्ष्य

भूमिहीन तथा अव्यवस्थित बसोबास समस्या समाधानका लागि पुनर्वासमा वृहत छलफल

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V