www.patranepal.com

पपुलर

पुनर्वास नगरपालिकाको आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि सामग्री हस्तान्तरण

पुनर्वास नगरपालिकालाई बहाई समुदायको सामग्री सहयोग शिक्षा, स्वास्थ्य र समुदाय सुधारमा दीर्घकालीन योगदानको निरन्तरता

अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनबारे पुनर्वासमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

सीमामा सशस्त्र प्रहरी पहरेदार तर सेटिङ्गमै खुलेयाम तस्करी !तस्करलाई मालामाल, सर्वसाधारणलाई सास्ती 

पुनर्वासमा लो भोल्टेज समस्या समाधानका लागि वैकल्पिक व्यवस्था, दीर्घकालीन समाधानतर्फ पहल

सिटी हल महेन्द्रनगरमा नेपाल जेसीज ’ सम्मेलन हुने

सिटी हल महेन्द्रनगरमा नेपाल जेसीज ’ सम्मेलन हुने

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

बेलौरीको हात्ती प्रभावित क्षेत्रमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थापाद्धारा अनुगमन

समाचार प्रकाशित मिति :

बेलौरीको हात्ती प्रभावित क्षेत्रमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थापाद्धारा अनुगमन

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

 

बेलौरी, १७ कार्तिक।कञ्चनपुरको बेलौरी नगरपालिकाको वडा नम्बर ५, ७ र ९ मा करिब एक महिनादेखि निरन्तर जंगली हात्तीको आतंक मच्चाइरहेका बेला सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले सोमबार प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ।

मन्त्री थापाले बेलौरी नगरपालिकाका वडा नं ५ र ७ का विभिन्न स्थानहरूमा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष छलफल गर्नुभएको हो। अनुगमनका क्रममा उहाँले हात्ती आक्रमणबाट भएको जनधनको क्षति, कृषि नोक्सानीको जानकारी लिनुभयो। करिब १५ दिन अगाडि पुष्पलाल सामुदायिक वन क्षेत्रभित्र हात्तीको आक्रमणमा परी वडा नं ३ बुटावरीका ६५ वर्षिय श्रीप्रसाद आचार्यको मृत्यु भएको थियो। सो घटनापछि मन्त्री थापा पीडित परिवारसँग भेटघाट गरी आवश्यक राहतका लागि आफ्नो तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने बताउनुभयो।

अनुगमन टोलीमा उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका निमित्त सचिव भरत प्रसाद श्रेष्ठ, कुन्डा सब–डिभिजन वन कार्यालय प्रमुख दिनेश कुमार यादव, बेलौरी वडा नम्बर ५ का वडाध्यक्ष लालबहादुर चौधरी, नेकपा (एमाले) कञ्चनपुर जिल्ला सचिव पल्लवराज भट्ट, र एमाले बेलौरी नगर कमिटी अध्यक्ष नमराज शाही, सामुदायिक वन उपभोक्ता समितीका पदाधिकारी, भलमन्सा लगायत स्थानीय सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

वडाध्यक्ष चौधरीले मन्त्रीसमक्ष हात्ती नियन्त्रणका लागि इलेक्ट्रोनिक वायर (विद्युत तारबार) तत्काल उपलब्ध गराउन आग्रह गर्दै राति हात्ती गाउँमै प्रवेश गर्छ, बस्ती र खेतबारीमा विनाश मच्चाएको बताउँदै किसानले उत्पादन गरेको धानको उचित मूल्य पाउन सकेनन्, त्यसैले सरकारले तोकेको मूल्यमै धान खरिद गर्ने व्यवस्था गर्न समेत मन्त्री थापाको ध्यानाकर्षण गराउनुभयो।स्थानीयवासीहरूले पनि रातिको समयमा हात्ती धपाउनका लागि प्रयोग हुने ट्यांकर सञ्चालनका लागि इन्धन आपूर्ति तुरुन्त सुनिश्चित गर्न माग गरेका छन्।

कुन्डा सब–डिभिजन वन कार्यालयका प्रमुख यादवले मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताउँदै हात्तीको आवतजावत हुने मार्गलाई पहिचान गरी (विद्युत तारबार) लगाउन सके आगामी दिनमा जंगली जनावरको समस्याबाट बच्न सकिने बताउनुभयो।

उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका निमित्त सचिव भरत प्रसाद श्रेष्ठले भने हात्ती नियन्त्रणसँगै वन्यजन्तु संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्न मन्त्रालय गम्भीर रहेको बताउँदै

हात्तीको आवास क्षेत्र घट्दै गएकोले मानव–जनावर द्वन्द्व बढेको बताउनुभयो। हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारजनलाई डिभिजन कार्यालय मार्फत क्षतिपूर्ति उपलब्ध गराइने समेत बताउनुभयो।

अनुगमनपछि मन्त्री थापाले राज्यको प्राथमिकता हात्ती नियन्त्रण, किसानको क्षतिपूर्ति र स्थानीय सुरक्षामा केन्द्रित हुनेछ। प्रदेश सरकारले आवश्यक नीति, बजेट पहलका लागि यस आर्थिक वर्षमा विनियोजितले पुरै काम गर्न नसकिने बताउँदै आगमी आर्थिक वर्ष बजेट थप गरिने बताउनुभयो।किसानले उत्पादन गरेको धानको उचित मूल्य पाउन सकेन भन्ने प्रश्नमा मन्त्री थापाले सरकारले तोकेको मूल्यमै धान खरिद गर्न ३/४ दिन भित्र पुनर्वासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपो स्थापना गरी धान खरिद गरिने बताउनुभयो।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

बाँकेको राप्तीसोनारीमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते !

बाँकेको राप्तीसोनारीमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते !

जनजागरण सामुदायिक वनको २६औँ वार्षिक साधारणसभा सम्पन्न वन संरक्षण सबैको साझा दायित्व : नगरप्रमुख शर्मा

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

श्री सरस्वती माध्यमिक विद्यालयको ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

युवा अभियन्ता बानियाँलाई ‘नेशनल सोसल वेलफेयर’ अवार्ड

युवा अभियन्ता बानियाँलाई ‘नेशनल सोसल वेलफेयर’ अवार्ड

नेपाल राष्ट्रिय शिक्षक बर्दियालको तिज विशेष कार्यक्रम सम्म्पन्न !

श्री सरस्वती माध्यमिक विद्यालयमा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

श्री सरस्वती माध्यमिक विद्यालयमा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V