www.patranepal.com

पपुलर

भारतको मिलन बजारमा बेचिन लाग्दा त्यहाँका स्थानीयको सहयोगमा बरामद सामान नेपाल फिर्ता पुनर्वासमा आगजनीपछि लुटपाट, बरामद सामग्री नगरपालिकालाई बुझाइने

पुनर्वास नगरपालिकामा लैङ्गिक समानता र समावेशीकरणसम्बन्धी रिफ्लेक्सन कार्यशाला सम्पन्न

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा जनजन आन्दोलन प्रभावित नगरपालिकालाई सहयोग

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

बेलौरीमा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

समाचार प्रकाशित मिति :

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

६७औँ पटक रक्तदान गर्दै कराते गुरु प्रकाश चन्दले दिए मानवीय सेवाको सन्देश

धनगढी, कैलाली।

सुदूरपश्चिमका प्रतिष्ठित कराते प्रशिक्षक तथा सफल खेल उद्यमी प्रकाश चन्दले आफ्नो जीवनको ६७औँ पटक रक्तदान गर्नुभएको छ। बैतडी समाज कैलालीको आयोजनामा सम्पन्न १७औँ बृहत् रक्तदान कार्यक्रममा सहभागी भई उहाँले सो उपलब्धि हासिल गर्नुभएको हो।

रक्तदानमा कीर्तिमान र प्रेरणा कैलाली जिल्लालाई कर्मथलो बनाई कराते खेलको विकासमा अहोरात्र खटिने चन्द खेलकुद क्षेत्रमा मात्र नभई सामाजिक सेवामा पनि उत्तिकै सक्रिय व्यक्तित्वका रूपमा चिनिनुहुन्छ। ६७औँ पटकसम्म पुगेको उहाँको रक्तदान यात्राले सुदूरपश्चिमका युवाहरू र खेलाडीहरूका लागि ठूलो प्रेरणा जगाएको छ। रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भन्ने पवित्र उद्देश्यका साथ उहाँले दशकौँदेखि नियमित रूपमा रक्तदान गर्दै आउनुभएको छ।

यस अवसरमा उहाँले कार्यक्रम आयोजना गरेको बैतडी समाज कैलालीप्रति आभार व्यक्त गर्दै यस्ता मानवीय अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो।

खेलकुद र व्यवसायको संगम: गुरुकुल सेक्युरिटी प्रकाश चन्द नेपाल कराते महासंघका केन्द्रीय सदस्य तथा अनुभवी प्रशिक्षक हुनुहुन्छ। खेलकुदलाई व्यावसायिकतातर्फ लैजानुपर्छ भन्ने सोचका साथ उहाँले “गुरुकुल सेक्युरिटी सर्भिस” सञ्चालन गर्दै आउनुभएको छ।

गुरुकुल सेक्युरिटीले निजी उद्योग, कारखाना, कम्पनी, बैंकिङ संस्था, अस्पताल, शैक्षिक संस्था, सांस्कृतिक महोत्सव तथा विभिन्न सार्वजनिक कार्यक्रमहरूमा उत्कृष्ट सुरक्षा सेवा प्रदान गर्दै आएको छ। सुदूरपश्चिमभर विश्वसनीय सुरक्षा कम्पनीको रूपमा छुट्टै पहिचान बनाउन सफल भएको गुरुकुल सेक्युरिटीले गुणस्तरीय सेवा र अनुशासित जनशक्तिमार्फत ग्राहकको विश्वास जित्दै आएको छ।

स्वदेशमै रोजगारीको अवसर विशेषगरी नेपाली सेना, नेपाल सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा भूपू भारतीय सेनाबाट सेवा निवृत्त सुरक्षाकर्मीहरूलाई प्राथमिकताका साथ रोजगारी प्रदान गर्दै गुरुकुल सेक्युरिटीले स्वदेशमै सम्मानजनक रोजगारको वातावरण सिर्जना गरिरहेको छ।

विदेशिनु बाध्यता नहोस् र अनुभवी सुरक्षाकर्मीहरूले आफ्नै देशमा अवसर पाऊन् भन्ने उद्देश्यका साथ सञ्चालन भइरहेको यस संस्थाले युवाहरूलाई पनि तालिम र रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ।

बहुआयामिक व्यक्तित्व खेल मैदानमा अनुशासन र आत्मविश्वास सिकाउने प्रशिक्षक, व्यावसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति दिने उद्यमी र सामाजिक क्षेत्रमा नियमित रक्तदानमार्फत जीवन बचाउने अभियन्ताका रूपमा प्रकाश चन्दको कार्यको चौतर्फी प्रशंसा भइरहेको छ।

१७औँ बृहत् रक्तदान कार्यक्रममा उहाँको सहभागिताले कार्यक्रमको गरिमा बढाउनुका साथै ‘रक्तदान नै जीवनदान हो’ भन्ने सन्देशलाई व्यवहारमा उतार्ने प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V