हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेपाली कांग्रेसको नगर सभापतिमा खगेन्द्र ओझा सर्वसम्मत निर्वाचित हुनुभएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पुनर्वास उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न नगर अधिवेशनले ओझाको नेतृत्वमा नयाँ नगर कार्यसमिति चयन गरेको हो। निर्वाचन अधिकृत शेरबहादुर बिष्टका अनुसार उपसभापतिमा धिरेन्द्र चन्द, महिला उपसभापतिमा मिना सिंह, सचिवमा केशव एसके र सहसचिवमा तेज बिष्ट चयन हुनुभएको छ।
अधिवेशनमा नेपाली कांग्रेसका १४औँ महाधिवेशन प्रतिनिधि तथा युवा नेता अमरजग साउद, भरत बिष्ट, प्रदेश कमिटी सदस्य तथा महाधिवेशन प्रतिनिधि यम प्रसाद पौडेल, दाउत तामाङ, मदनराज उपाध्याय, मानु रोकाया, गंगा अर्याललगायत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
क्षेत्र नम्बर १ को सभापतिका लागि उम्मेदवारीको तयारीमा रहेका अमरजग साउदले पछिल्लो समय पार्टीमा युवा पुस्ताको सहभागिता र नेतृत्वको आवश्यकता बढ्दै गएको बताउनुभयो। उहाँले पुनर्वास नगर सभापतिमा खगेन्द्र ओझालाई सर्वसम्मत चयन गरिनु युवा नेतृत्वप्रति पार्टीका नेता तथा कार्यकर्ताको विश्वास र चाहनाको परिणाम भएको उल्लेख गर्नुभयो।
साउदले नयाँ नेतृत्वले संगठनलाई थप चलायमान बनाउँदै कार्यकर्ताका समस्या र अपेक्षालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो। उहाँले पार्टीलाई स्थानीय तहमा थप मजबुत बनाउन युवा र अनुभवी नेतृत्वबीच सहकार्य आवश्यक रहेको धारणा राख्दै क्षेत्र नम्बर १ को सभापतिका लागि आफूले उम्मेदवारी दिने र त्यसको तयारीमा रहेको जानकारी दिनुभयो।
नवनिर्वाचित सभापति खगेन्द्र ओझाले आफूलाई सर्वसम्मत रूपमा जिम्मेवारी दिएकोमा पार्टीका नेता, कार्यकर्ता तथा प्रतिनिधिप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले सबै पक्षलाई समेटेर संगठनलाई मजबुत बनाउने, कार्यकर्ताको भावना र सुझावलाई प्राथमिकता दिने तथा पार्टीको गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो।
वडा तहको अधिवेशन सम्पन्न भएपछि पालिका तहको नेतृत्व चयन प्रक्रिया अघि बढेको जनाउँदै साउदले बाँकी रहेका क्षेत्रीयलगायत तहका अधिवेशनसमेत निर्धारित प्रक्रियाअनुसार छिट्टै सम्पन्न हुने बताउनुभयो।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V