www.patranepal.com

पपुलर

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

अहमदिया मुस्लिम जमात जर्मनीको ,४९ औं वार्षिक भेला सम्पन्न भएको छ

सब–इन्जिनियर लालमन तामाङ र क्याप्टेन (से.नि.) जिनबहादुर तामाङको संयोजनमा च्याम्पियन खेलाडी सम्मानित

भूमिहीन तथा अव्यवस्थित बसोबास समस्या समाधानका लागि पुनर्वासमा वृहत छलफल

सुदूरपश्चिममा जीप दुर्घटना र नदीमा डुबेर नौ जनाको मृत्यु

बाँसगढिमा निशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सन्चालन हुने!

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ — साँझ ५ बजेसम्मको अन्तिम मतदान अपडेट

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

समाचार प्रकाशित मिति :

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

भनिन्छ, बच्चा भनेका खाली मैदान जस्तै हुन् । त्यहाँ जे रोपिन्छ, जे खेलिन्छ त्यही नै फल पाइन्छ ।

यसो भन्नुको अर्थ उनीहरुलाई सभ्य, बौद्धिक तथा भावनात्मकरुपमा सक्षम बनाउन आफ्नो बोलीमा विचार गरेर भार नपर्ने हिसाबले सिकाउनुपर्छ ।

एडले फ्लेवर र एलाइन म्याजसिके लेखेको प्यारेन्टिङ गाइड बुक ‘हाउ टु टक विथ किड्स एण्ड लिसन सो किड्स टु टक’ मा केही यस्ता तरिका बताइएको छ, जसले बच्चामा भावनात्मक बुझाइ, आपसी आदर, सुन्ने क्षमता विकास गर्न र जिम्मेवार बन्न सिकाउँछ ।

सिकाउने मात्र हैन, यहाँ बच्चाको दिमागमा छाप पर्ने गरी उनीहरुसँग कसरी कुरा गर्ने ? कसरी उनीहरुलाई खुलेर आफ्नो कुरा पोख्न सहज पार्ने ? भन्नेबारेमा पनि उल्लेख गरिएको छ ।

पुस्तकबाट लिन सकिने यी १० पाठ

१. समाधान गर्नुपूर्व बच्चाको मनोदशा पहिल्याउने।

कुनै समस्या आइपरे समाधान गर्न लाग्नुअघि बच्चाको भावनालाई एकपटक मध्यनजर गर्नु महत्वपूर्ण हुन्छ । उनीहरुको भावनालाई पहिल्याएर सहानुभूति प्रकट गर्नुपर्छ । यसो गर्दा बच्चाले आफ्नो भावना अभिभावकले बुझेको अनुभव गरी खुलेर कुरा राख्ने र सुन्ने पनि गर्छन् ।

जस्तो, बच्चाको मनोदशा ठीक नहुँदा उसलाई हतार गरेर चुप लगाउनु हुँदैन । बरु ‘तिमी उदास भएजस्तो देखिरहेको छौ’ जस्ता वाक्य नरम आवाजमा भन्न सकिन्छ ।

२. भाषण हैन, आवश्यक जानकारी दिऔं।

कुनै कुरा सिकाउन लामो भाषण दिनु उचित हुँदैन । लामो भाषण जस्तो लाग्ने ज्ञानतर्फ बच्चाको ध्यान कम जान्छ । उनीहरु उकुसमुकुस अनुभव गर्न सक्छन् । यसको सट्टा उनीहरुलाई दिनुपर्ने आवश्यक जानकारी नरम भएर वास्तविक लाग्ने गरी दिनुपर्छ ।

उदाहरणका लागि, ‘यो सुत्ने समय हो । किनकि भोलि समयमै स्कुल जानुपर्छ ।’ भन्नुको साटो ‘तिमी सुत्न जाऊ, नत्र बिहान थकित हुनेछौं ।’ भन्दा उनीहरुले बढी सुन्छन् ।

३. भावना व्यक्त गर्दा ‘म’ भन्ने शब्दबाट कुरा सुरु गरौं ।

कहिलेकाहीं बच्चाले कुनै कुरा बुझाउन खोज्दा आफूलाई नै गलत सोच्ने गर्छन् । त्यसैले उनीहरुको कुनै व्यवहार सुधार्नु परेमा ‘म’ शब्दबाट कुरा सुरु गर्नु उपयुक्त हुन्छ । जस्तो, ‘मेरो कुरा तिमीले नसुन्दा वा भनेको नमान्दा दिक्क भइसकें ।’

यो वाक्य धेरै प्रभावकारी हुन्छ ।

यही भावलाई ‘तिमी कहिल्यै मलाई सुन्दैनौं वा टेर्दैनौं’ भन्ने वाक्य प्रयोग गर्दा बच्चाको आलोचना गरेको भन्दा पनि स्वयंको भावनामा बढी केन्द्रित भएको बच्चालाई लाग्न सक्छ ।

बच्चाको दिमाग कसरी तेज हुन्छ ?

४. आदेश हैन, रोज्न दिऔं।

बच्चालाई आदेश होइन रोज्न दिनुपर्छ । यसले बच्चालाई संयम हुन, सशक्त बन्न र निर्णय गर्ने क्षमतामा वृद्धि हुन्छ । उनीहरूमा स्वनियन्त्रणको भावना विकसित गर्छ ।

‘अहिले गृहकार्य गर्नुपर्छ’ भन्नुको सट्टा ‘तिमी गृहकार्य खाना खानुअघि गर्ने कि पछि ?’ भनेर सोध्दा उनीहरू आफूलाई स्वतन्त्र महसुस गर्छन् । र, समय अनुकूल रहँदै गृहकार्य पनि सक्छन् ।

५. परिणामभन्दा प्रयासको प्रशंसा गरौं।

बालबालिकाको प्रयासलाई प्रशंसा गर्दा उनीहरूमा सकारात्मक मानसिकता विकसित हुन्छ । ‘तिमी निकै बाठो छौ’ भन्नुको सट्टा ‘तिमीले त्यो काममा निकै मिहिनेत गर्‍यौ’ भन्नु उपयुक्त हुन्छ । यसले बच्चालाई मिहिनेत गर्न र कठिनाइ सामना गर्न सिकाउँछ । यस्तो भाष्यले उनीहरुमा मिहिनेत गर्नुअघि नै परिणाम के आउला भन्ने भय रहँदैन ।

६. प्रष्ट र सम्मानजनक समारेखा बनाऔं।

बच्चालाई गलत र सही पहिल्याउन सिकाउन स्पष्ट नियम र सीमा बनाउनुपर्छ । के उचित हो ? के होइन भन्ने कुराको पाठ नरम भएर सहज तरिकाले व्याख्या गरी सम्मानजनक व्यवहार हुने भान गराई सिकाउनुपर्छ ।

उदाहरणका लागि, ‘साझेदारी गर्नु महत्वपूर्ण छ, किनभने यसले सबैलाई रमाउन मद्दत गर्छ ।’

७. समस्या सुल्झाउन सहभागी गराऔं।

कुनै समस्याको समाधान आफैं दिनुको सट्टा बालबालिकालाई पनि सो प्रक्रियामा सहभागी गराउनुपर्छ । यसले उनीहरूलाई कूटनीतिक रूपमा सोच्न र समस्याको सामना गर्न सक्षम बनाउँदै लैजान्छ । उनीहरुलाई समाधान गर भन्नुभन्दा पनि ‘यो समस्या समाधानको लागि के गर्न सकिन्छ ?’ वा ‘के लाग्छ, हामीले यो समस्याको समाधान गर्न सक्छौं ? भनेर सोध्न सकिन्छ ।

८. तनाव कम गर्न ठट्टा गरौं।

ठट्टा गर्ने बानीले अप्ठयारो परिस्थिति पनि हलुंगो बनाउन सघाउँछ । जसले आधा तनाव कम गर्छ । जब तनावपूर्ण अवस्था आउँछ, तब हल्का सानो टिप्पणीले परिस्थितिलाई सहज बनाउँछ । र, सकारात्मक दिशामा लैजान्छ ।

‘सिंगल प्यारेन्टिङ’का के छन् चुनौती ?

९. पटकपटक सम्झाउने होइन, गरेको कामको प्रशंसा गरौं।

धेरै सम्झाउँदा बालबालिकामा असन्तोष पैदा हुनसक्छ । यसको सट्टा उनीहरुको गरेका राम्रो व्यवहारलाई प्रशंसा गर्ने अभ्यास गर्नुपर्छ ।

उदाहरणका लागि, ‘तिमी सामानको जतन गर’ भनेर पटक-पटक सम्झाउनुभन्दा ‘तिमीले आफ्नो खेलौना वा पुस्तक जतन गरेर राख्यौ, राम्रो गर्‍यौ ।’ भन्नु प्रभावकारी हुन्छ ।

१०. बालबालिकाको स्वतन्त्रतालाई सम्मान गर्न सिकौं।

बालबालिकाको स्वतन्त्रता र विचारलाई सम्मान गर्नु महत्वपूर्ण हुन्छ । उनीहरुलाई आफ्नो विचारलाई व्यक्त गर्न र त्यसपछिको निर्णय लिन समय दिनुपर्छ । आवश्यक पर्दा मात्रै सुझाव दिनु उचित हुन्छ ।

जस्तो कि, ‘आफ्नो कोठा सफा गर्न सबैभन्दा कुन राम्रो तरिका होला ?’ यस्तो प्रश्नले उनीहरुलाई जिम्मेवारी लिन प्रेरित गर्छ ।

माथि उल्लेखित संवाद गर्ने तरिकाले बच्चाको वृद्धि विकासको लागि आवश्यक पोषण मिल्छ । उनीहरु र अभिभावकबीच सम्बन्ध पनि कसिलो र स्वस्थ रहन्छ ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

प्राथमिक उपचार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्मपन्न !

प्राथमिक उपचार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्मपन्न !

शुक्लाफाटा–१०को एनएमबी बैंकमा लागेको तालाचाबी खुले, सोमवारदेखि बैंकिङ सेवा सुरु

गायक शुसील भट्टराईको ‘देउसी गीत’ सार्वजनिक (भिडियोसहित)

गायक शुसील भट्टराईको ‘देउसी गीत’ सार्वजनिक (भिडियोसहित)

राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रेम एसकेको यात्रा : सदस्यबाट कञ्चनपुर उपसभापति हुँदै प्रदेश कमिटी सदस्यसम्म

शिक्षक बिमल चन्द मृत अवस्थामा फेला, घटनाबारे अनुसन्धान जारी

युगान्तकारी चिन्तक मार्क्स र ओशो

युगान्तकारी चिन्तक मार्क्स र ओशो

पुनर्वासमा सशस्त्र प्रहरीद्वारा निःशुल्क स्वास्थ्य शिविर, ७ सयभन्दा बढी लाभान्वित

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V