हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
बागीश्वरी माध्यमिक विद्यालयको ५४औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न
कञ्चनपुर, पुनर्वास ।
पुनर्वास नगरपालिका–८ स्थित बागीश्वरी माध्यमिक विद्यालयको ५४औँ वार्षिक उत्सव तथा अभिभावक दिवस शुक्रबार विद्यालय प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा विद्यालयका शिक्षक तथा लेखा संयोजक चण्डीप्रसाद सुवेदीले आर्थिक वर्ष २०८१ श्रावण १ गतेदेखि २०८२ असार ३० गतेसम्मको १ करोड ८६ लाख ७४ हजार ३५० रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि तोय प्रसाद शर्माले पुनर्वास स्थापनाकालसँगै स्थापना भएको विद्यालयले विभिन्न चुनौतीको सामना गर्दै ५३ वर्ष पार गरिसकेको सन्दर्भमा शैक्षिक तथा भौतिक क्षेत्रमा हासिल गरेको प्रगति प्रशंसनीय रहेको बताए। उनले विद्यालयको निरन्तर उन्नति र प्रगतिका लागि सबै पक्षले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै वार्षिकोत्सवको सफलताको शुभकामना व्यक्त गरे।
वक्ताहरूले विद्यालयका प्रधानाध्यापक डिल्ली प्रसाद शर्मा नियुक्त भएपछि विद्यालयमा भौतिक, आर्थिक तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय सुधार भएको औँल्याएका थिए।
सो अवसरमा प्रधानाध्यापक डिल्ली प्रसाद शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०७६ मंसिर १ गतेदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेपछि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सल्लाह–सुझाव र सहकार्यमा पठनपाठन, आर्थिक व्यवस्थापन तथा भौतिक निर्माणका क्षेत्रमा देखिने खालका विकासका कार्यहरू सम्पन्न गर्न सफल भएको बताए।

उनले अझै केही भवन जीर्ण अवस्थामा रहेकोले यथाशीघ्र मर्मत तथा नयाँ निर्माण आवश्यक रहेको, माध्यमिक तहमा पर्याप्त शिक्षक अभाव रहेको तथा विद्यालयको सीमित आयस्रोतका कारण निजी स्रोतका शिक्षकलाई आवश्यक तलब–सेवासुविधा उपलब्ध गराउन कठिनाइ भइरहेको विषय प्रतिवेदनमा उल्लेख गरिएको जानकारी दिए।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष राना श्रवणको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्व नगर प्रमुख जीवनराज थापाको उपस्थिति रहेको थियो। अतिथिहरूमा जनता क्याम्पसका अध्यक्ष पदमबहादुर थापा, विद्यालयका पूर्व अध्यक्ष बुद्धि प्रसाद सुवेदी, पूर्व अध्यक्ष भरतबहादुर बिष्ट, समाजसेवी शंकर बहादुर केसी, नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखाका सभापति कृष्णबहादुर तामाङ, जनजागरण सामुदायिक वन समिति अध्यक्ष लोकबहादुर कार्की तथा विभिन्न संघ–संस्थाका प्रतिनिधि, शिक्षाप्रेमी, अभिभावक, विभिन्न विद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहायक प्रधानाध्यापक गंगा बमले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक नेत्र प्रसाद उपाध्यायले गरेका थिए।
वार्षिकोत्सव समारोहमा विद्यालयको समग्र प्रगति, चुनौती र आगामी योजनामाथि व्यापक छलफल गरिएको थियो। सहभागी वक्ताहरूले विद्यालयको चौतर्फी विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिएका



कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V