हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
पुनर्वास, भदौ ६ – कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीस्थित श्री सरस्वती माध्यमिक विद्यालयले यस वर्षको हरितालिका तीज २०८२लाई विशेष कार्यक्रमका साथ मनाएको छ।
विद्यालय भवनमै आयोजित कार्यक्रममा विद्यालयका प्राचार्य जितेन्द्र पौडेलले शिक्षिकाहरुलाई उपहारसहित शुभकामना प्रदान प्रदान गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा विद्यालय परिवारको उत्साहपूर्ण सहभागिता रहेको थियो।
महिलाहरूको महान पर्वका अवसरमा सहभागीहरुले विविध परिकारका परम्परागत खाना खाँदै गीत, नृत्य र आपसी मनोरञ्जनका माध्यमबाट तीजको उल्लास साटासाट गरेका थिए। यस अवसरमा बोल्दै प्राचार्य पौडेलले महिलाहरूको पर्व तीजले आपसी भाईचारा, सद्भाव र सम्बन्धलाई अझ गाढा बनाउन मद्दत गर्ने बताउनुभयो।
कार्यक्रमले संस्कृतिप्रतिको सम्मान, महिलाहरूको आत्मबल वृद्धी तथा विद्यालय परिवारबीचको एकता झनै सबल हुने विश्वास आयोजकले व्यक्त गरेका छन्।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V