www.patranepal.com

पपुलर

आन्दोलनकारी समूहद्वारा झलारी एनएमबी बैंकमा तालाबन्दी

समाजसेवी शिव बिष्टद्वारा बुवा–आमाको सम्मानमा पुनर्वास का १४ विद्यालयमा अक्षयकोष स्थापना

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

बेलौरीमा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

पुनर्वास नगरपालिकाको आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि सामग्री हस्तान्तरण

पुनर्वास सबस्टेसनबाट ३३ केभी लाइन सञ्चालनको तयारी, लोभोल्टेज समस्या समाधान हुने

बालिका शासक्त परियोजना प्रभावकारी बन्दै बर्दियामा !

बालिका शासक्त परियोजना प्रभावकारी बन्दै बर्दियामा !

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

किन र्‍यापरहरूले एकअर्कालाई ‘डिस’ हान्छन् ?

समाचार प्रकाशित मिति :

किन र्‍यापरहरूले एकअर्कालाई ‘डिस’ हान्छन् ?

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

गत १९ जुलाईमा र्‍यापर लिल झोलाले दुई लाख १० हजार सब्सक्राइबर भएको आफ्नो युट्युब च्यानलमा एउटा म्युजिक भिडियो अपलोड गर्छन् – नवराज ।

इन्टरनेटमा पाइने विभिन्न भिडियोहरूको क्लिप काटेर गीतको कामचलाउ भिडियो बनाइएको छ । गीतमा अर्का र्‍यापर नवाज अन्सारीलाई उडाइएको छ । अनपेक्षित रूपमा लिल झोलाको गीतले भ्युज बटुलेको छ ।

इजको साकार पधिकारी, सकारको ‘नेपहपको बाटो – भात खाने बाटो’, न्यास्टीको अनरिटन – यी सबै डिस ट्र्याकहरू हुन् । र, खोज्दा यी बाहेक थुप्रै यस प्रकारका गीत भेटिन्छन् ।

र्‍याप संगीतको संसारमा ‘डिस’ सामान्य छ । एउटा र्‍यापरले अर्कोलाई गीतमार्फत चुनौती दिने, आलोचना गर्ने वा खिल्ली उडाउने कार्यलाई डिस भनिन्छ । यसलाई र्‍यापरहरू बीचको ‘बिफ’ पनि भनिने गरिएको छ ।

अहिले त यो हिप-हप संस्कृतिको अभिन्न हिस्सा बनिसकेको छ । बाहिरबाट हेर्दा डिस संस्कृतिले प्रतिस्पर्धा, रचनात्मकता र व्यक्तिगत अभिव्यक्तिलाई मूर्त रूप दिन्छ । तर, सधैं राम्रो हुन्छ भन्ने हुँदैन ।

विश्वमा डिसको उदय

विश्वमा र्‍यापको सुरुवातसँगै डिसको जन्म भएको पाइन्छ । यसैगरी नेपहप (नेपाली हिप-हपलाई जनाउने शब्द) मा पनि समान इतिहास पाइन्छ । तर इतिहास हेर्दा र्‍यापमा डिसको जन्म पनि हिप-हपको उद्गमस्थल न्यूयोर्क, ब्रोक्समै भेटिन्छ ।

सन् १९७० को दशकतिर डीजे र एमसीहरू सडकमै गरिने सांगीतिक कार्यक्रममा एक अर्कालाई ‘फ्रीस्टाइल’ मार्फत चुनौती दिन्थे । यी ‘ब्याटल र्‍याप’हरू प्रायः मैत्रीपूर्ण प्रतिस्पर्धाका रूपमा हुन्थे । तर यहीँ संस्कृतिले डिस ट्र्याकको अवधारणालाई जन्म दियो ।

सन् १९८० को दशकमा इस्ट कोस्ट र्‍यापरहरूले डिसलाई मूलधारमा ल्याए । विशेषगरी ‘एलएल कुल जे’ र ‘केआरएस वन’ जस्ता कलाकारहरूले आफ्ना गीतहरूमा प्रतिस्पर्धीहरूलाई निशाना बनाएर डिस ट्र्याकहरू बनाए । उदाहरणका लागि केआरएस वनको ‘ द ब्रिज इन ओभर’ (१९८७) ले न्यूयोर्कका दुई र्‍याप समूहहरू बीचको प्रतिस्पर्धालाई उजागर गर्छ ।

त्यस्तै १९९० को दशकमा टुपाक शकर र द नोटोरियस बीआईजीका डिस ट्र्याकहरू प्रख्यात रहे । तिनमा टुपाकको ‘हिट देम अप’ (१९९६) र बीआईजीको ‘हु शट या? (१९९५) जस्ता गीतहरूले थिए । तर एक हिसाबले यो संस्कृति हिंसामा बदलियो । दु:खद् रूपमा दुवै र्‍यापरहरूको हत्या (टुपाक १९९६ मा र १९९७ मा बीआईजी) हुन गयो ।

सन् २००० को दशकमा नास र जे-जेड बीचको बिफले डिसलाई कलात्मक उचाइमा पुर्‍यायो । नासको ‘इथर’ र जे-जेडको ‘टेकओभर’ शब्द कौशल र रचनात्मक हिसाबले उत्कृष्ट थिए । अनि उनीहरूको बिफ व्यक्तिगतभन्दा बढी कलात्मक प्रतिस्पर्धामा केन्द्रित थियो । यहीँ कारण पछि दुवै र्‍यापरले एकअर्कासँग मेलमिलाप गरे ।

त्यससपछि भने एमिनेम र मेसिन गन केली (एमजीके) बीचको बिफले डिसको नयाँ रूप देखायो । किनकि सामाजिक सञ्जालको उदा भइसकेको थियो । धेरैका लागि डिस ट्र्याक मनोरञ्जनको स्रोत पनि बन्यो । एमजीकेको ‘र्‍याप डेभिल’ र एमिनेमको ‘किलशट’ केही उदाहरण हुन् ।

नेपालमा डिसको उदय

नेपालमा र्‍याप संगीत १९९० को दशकको अन्त्यतिर र २००० को दशकको सुरुवातमा फस्टाउन थालेको थियो । यसबेलै डिस संस्कृतिको पनि प्रवेश भएको मानिन्छ । त्यो समय (अहिले पनि छ) नेपाली र्‍याप दृश्यमा डिस व्यक्तिगत प्रतिस्पर्धा र स्थानीय पहिचानसँग जोडिएको थियो ।

पछि यम बुद्धले रअ बार्ज नामक र्‍याम ब्याटल सुरु गरे । त्यसमा अन्डरग्राउन्ड सिनमा रहेका धेरै र्‍यापर आए । र, एक हिसाब ब्याटल गर्नेसँगसँगै डिस संस्कृतिलाई पनि बढावा थिए । त्यसपछिका समयहरूमा होम रेकर्डिङ र युट्युब जस्ता सञ्जालहरूको कारण धेरै र्‍यापरहरूले क्रमश; डिस ट्र्याक निकाल्दै गए।

डिसका कारण र प्रभाव

र्‍यापरहरूबीच डिस सामान्य जस्तै छ । तर डिस ट्र्याक निकाल्नुका कारण भने एउटा मात्र हुँदैन । यो व्यक्तिगत कुरासँग सम्बन्धित छ । तर विश्वभरका डिस ट्र्याक र र्‍‍यापरहरूलाई हेर्दा केही समान कारणहरू निकाल्न सकिन्छ:

प्रतिस्पर्धा

र्‍यापमा ‘ब्याटल’को संस्कृति पुरानो हो । यसमा एकलेअर्कालाई प्रत्यक्ष चुनौती दिने गरिन्छ । भनौं एक अर्कामा राम्रो, रचनात्मक र शक्तिशाली को छ भनेर देखाउन ब्याटल गर्ने गरिन्छ । यसै सिलसिलामा र्‍यापरहरूले आफ्ना प्रतिद्वन्द्वीहरूको कमजोरी औंल्याउँदै सन्दर्भ ल्याउँछन् । जहाँबाट डिस ट्र्याक जन्मन सकिन्छ ।

ध्यान र चर्चा

कहिलेकाहीँ नयाँ र्‍यापरहरूले स्थापित र्‍यापरहरूलाई डिस गरेर छोटो समयमा चर्चामा आउँछन् । किनकि स्थापितमाथि डिस हान्दा मिडिया र दर्शकहरूको ध्यान खिचिन्छ । त्यस्तै स्थापित र्‍यापरहरूले पनि आफ्नो सान्दर्भिकता कायम राख्न वा नयाँ एल्बम (एकल पनि)को प्रचार गर्न डिसलाई प्रयोग गर्न सक्छन् ।

व्यक्तिगत रिस र विवाद

कतिपय अवस्थामा र्‍यापरहरूबीच व्यक्तिगत विवाद हुँदा त्यसको अभिव्यक्तिका लागि डिस ट्र्याक माध्यम हुने गर्छ । यस्तो डिस ट्र्याकमा उनीहरूको रिस, निराशा वा बदलाको भावना व्यक्त हुने गर्छ ।

प्रचारको रणनीति

कतिपय रेकर्ड लेबल वा व्यवस्थापकहरूले पनि र्‍यापरहरूलाई अर्को र्‍यापरहरूसँगको बिफ अर्थात् झगडालाई प्रोत्साहन दिन्छन् । यसले उनीहरूको संगीतको प्रचार गर्न सहयोग पुर्‍याउँछ । र, मिडिया कभरेज पनि दिलाउन सहयोग पुग्छ ।

तर सबै अवस्थामा यो संस्कृति राम्रो हुँदैन । जब डिस ट्र्याकहरू ट्र्याकभन्दा बाहिर जान्छन्, त्यस्तो अवस्थामा त्यसले अकल्पनीय घटना निम्त्याउन सक्छ । यसबाहेक कतिपय नराम्रा कुराहरू पनि यसबाट प्रचार भइरहेका हुन्छन् । धेरै जना (विशेषत: किशोरकिशोरी) गलत तरिकाले प्रभावित हुन सक्छन् । यस्तोमा भने सम्बन्धित र्‍यापरहरूले ध्यान दिन जरुरी छ ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

‘भ्यालेन्टाइन्स डे’ को रात फिदिममा रिदम ब्याण्डसँगै गुञ्जिए दीपक बज्राचार्य

‘भ्यालेन्टाइन्स डे’ को रात फिदिममा रिदम ब्याण्डसँगै गुञ्जिए दीपक बज्राचार्य

पाँच करोड अनुदानका लागि एक करोड घुस मागेको प्रमाण दिन कृषि मन्त्री थापाको आग्रह

हाम्रो प्रेम र संघर्षका अनेक कथा

हाम्रो प्रेम र संघर्षका अनेक कथा

पुनर्वास–९ का युवा नेता अमरजंन साउदको ‘मिसन ८४’, नेपाली कांग्रेसबाट पहिलो टिकटको दाबी

पुनर्वास–९ का युवा नेता अमरजंन साउदको ‘मिसन ८४’, नेपाली कांग्रेसबाट पहिलो टिकटको दाबी

श्री सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सियामा नयाँ व्यवस्थापन समिति गठन, गुणस्तरीय शिक्षामा जोड

पुनर्वासमा राष्ट्रपति रनिङशिल्डको उपाधि ९ स्वर्णसहित विजय मा.वि.लाई, जीवन ज्योति दोस्रो

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V