हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
कञ्चनपुर,

दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना (ENSSURE II) अन्तर्गत HELVETAS Nepalको आर्थिक सहयोग र पुनर्वास नगरपालिकाको सहकार्यमा कक्षा १० का विद्यार्थीहरूलाई लक्षित गरी “कामको संसार चिनाउने कार्यक्रम” अन्तर्गत एक दिने शैक्षिक अवलोकन भ्रमण सम्पन्न गरिएको छ।
कञ्चनपुरको दक्षिणी क्षेत्र मोतीबस्ती, वडा नम्बर २ मा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयका ८० जना विद्यार्थीहरूको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।
अवलोकन भ्रमण अन्तर्गत विद्यार्थीहरूले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका विभिन्न शैक्षिक तथा व्यवसायिक स्थलहरूको अध्ययन गरेका थिए। भ्रमणका क्रममा धनगढीस्थित धनगढी पोलिटेक्निक इन्स्टिच्युटमा होटल म्यानेजमेन्ट तथा अटोमोबाइल सम्बन्धी प्राविधिक शिक्षाबारे जानकारी लिइएको थियो। साथै, सफल व्यवसायी करण चौधरीद्वारा सञ्चालित न्यू करण काष्ठ उद्योग र बोराडाँडीमा अवस्थित गार्डेन होम स्टेको समेत अवलोकन गरिएको थियो।
भ्रमणका क्रममा विद्यार्थीहरूले प्राविधिक शिक्षा, स्वरोजगार, उद्यमशीलता तथा सीपमूलक तालिमको महत्वबारे प्रत्यक्ष अनुभव हासिल गरेका थिए। सहभागी विद्यार्थीहरूले यस कार्यक्रमले आफूहरूमा नयाँ सोच, आत्मविश्वास र भविष्यमा केही नयाँ गर्ने प्रेरणा प्रदान गरेको प्रतिक्रिया दिएका छन्।
कार्यक्रमको प्राविधिक व्यवस्थापन शुसिला देउवा बम (रोजगार संयोजक, पुनर्वास नगरपालिका) र रामेश्वरी चौधरी (प्राविधिक अधिकृत, HELVETAS Nepal) ले गर्नुभएको थियो। विद्यार्थीलाई निरन्तर रचनात्मक उत्प्रेरणा प्रदान गर्ने कार्य फोकल शिक्षक धनु माया ओलीले गर्नुभएको थियो।
विद्यालयका प्रअ जितेन्द्र पौडेलका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै व्यवहारिक सीप र जीवनोपयोगी अनुभव प्रदान गर्ने भएकाले आगामी दिनमा पनि निरन्तरता दिइनेछ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूलाई विद्यालय परिवारले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V