www.patranepal.com

पपुलर

बेलौरीमा नगरपालिका स्तरीय समन्वय तथा बहुपक्षिक सहकार्य बैठक सम्पन्न

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

स्कुल भ्यानको ठक्करबाट मोटरसाइकल चालक घाइते, निजी विद्यालयका सवारी व्यवस्थापनमाथि प्रश्न

भजनीमा नेरुडे मिर्मिरे लघुवित्तद्वारा मृतक सदस्य परिवारलाई क्रियाखर्च सहयोग

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

आन्दोलनकारी समूहद्वारा झलारी एनएमबी बैंकमा तालाबन्दी

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

HELVETAS Nepalको सहयोगमा पुनर्वास नगरपालिकाद्वारा ‘कामको संसार चिनाउने’ शैक्षिक अवलोकन भ्रमण सम्पन्न

समाचार प्रकाशित मिति :

HELVETAS Nepalको सहयोगमा पुनर्वास नगरपालिकाद्वारा ‘कामको संसार चिनाउने’ शैक्षिक अवलोकन भ्रमण सम्पन्न

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर,

दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना (ENSSURE II) अन्तर्गत HELVETAS Nepalको आर्थिक सहयोग र पुनर्वास नगरपालिकाको सहकार्यमा कक्षा १० का विद्यार्थीहरूलाई लक्षित गरी “कामको संसार चिनाउने कार्यक्रम” अन्तर्गत एक दिने शैक्षिक अवलोकन भ्रमण सम्पन्न गरिएको छ।

कञ्चनपुरको दक्षिणी क्षेत्र मोतीबस्ती, वडा नम्बर २ मा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयका ८० जना विद्यार्थीहरूको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।

अवलोकन भ्रमण अन्तर्गत विद्यार्थीहरूले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका विभिन्न शैक्षिक तथा व्यवसायिक स्थलहरूको अध्ययन गरेका थिए। भ्रमणका क्रममा धनगढीस्थित धनगढी पोलिटेक्निक इन्स्टिच्युटमा होटल म्यानेजमेन्ट तथा अटोमोबाइल सम्बन्धी प्राविधिक शिक्षाबारे जानकारी लिइएको थियो। साथै, सफल व्यवसायी करण चौधरीद्वारा सञ्चालित न्यू करण काष्ठ उद्योग र बोराडाँडीमा अवस्थित गार्डेन होम स्टेको समेत अवलोकन गरिएको थियो।

भ्रमणका क्रममा विद्यार्थीहरूले प्राविधिक शिक्षा, स्वरोजगार, उद्यमशीलता तथा सीपमूलक तालिमको महत्वबारे प्रत्यक्ष अनुभव हासिल गरेका थिए। सहभागी विद्यार्थीहरूले यस कार्यक्रमले आफूहरूमा नयाँ सोच, आत्मविश्वास र भविष्यमा केही नयाँ गर्ने प्रेरणा प्रदान गरेको प्रतिक्रिया दिएका छन्।

कार्यक्रमको प्राविधिक व्यवस्थापन शुसिला देउवा बम (रोजगार संयोजक, पुनर्वास नगरपालिका) र रामेश्वरी चौधरी (प्राविधिक अधिकृत, HELVETAS Nepal) ले गर्नुभएको थियो। विद्यार्थीलाई निरन्तर रचनात्मक उत्प्रेरणा प्रदान गर्ने कार्य फोकल शिक्षक धनु माया ओलीले गर्नुभएको थियो।

विद्यालयका प्रअ जितेन्द्र पौडेलका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै व्यवहारिक सीप र जीवनोपयोगी अनुभव प्रदान गर्ने भएकाले आगामी दिनमा पनि निरन्तरता दिइनेछ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूलाई विद्यालय परिवारले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पुनर्वासका शिक्षा अधिकृत भक्तबहादुर रोकायालाई विदाइ, नगर प्रमुखले ढाका टोपी लगाएर भने– ‘फेरि भेटौँला’

महाकाली साहित्य संगमद्वारा गौरा महोत्सवको भव्य उद्घाटन

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

नगर स्तरीय अन्तर मा.बि.वकतृत्वकला प्रतियोगिता सम्पन्न !

भजनीमा नेरुडे मिर्मिरे लघुवित्तद्वारा विद्यालयलाई सिलिङ फ्यान सहयोग

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V