www.patranepal.com

पपुलर

कञ्चनपुर जिल्ला कारागारमा कैदीबन्दीबीच हिंस्रक झडप, ८ जना घाइते, कारागार प्रशासनमाथि गम्भीर आरोप

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयको ताला खोलियो

दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयको ताला खोलियो

भजनीमा नेरुडे मिर्मिरे लघुवित्तद्वारा विद्यालयलाई सिलिङ फ्यान सहयोग

स्वरोजगार लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण, सदस्यलाई राहत

लोकतान्त्रिक आदिबासी महासघ बाँसगढी नगर समितिको तिज विशेष कार्यक्रम सम्म्पन्न !

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

समाचार प्रकाशित मिति :

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

पुनर्वास, कञ्चनपुर। कञ्चनपुरको पुनर्वास–१० दोदा पुलदेखि पुनर्वास–५ कम्पनीडाँडासम्म जोड्ने बहुप्रतीक्षित लोकतान्त्रिक मार्ग आगामी आर्थिक वर्ष २०८३/८४ को सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा समावेश नभएपछि पुनर्वासवासी निराश बनेका छन्। चालु आर्थिक वर्षमा सुरु भएको सडक निर्माणले पूर्णता नपाउने चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन्।

हाल उक्त सडकमा दोदा पुलदेखि ८३४ मिटरसम्म आरसीसी ढलान सम्पन्न भएको छ भने त्यसपछि ५६० मिटर खण्ड निर्माणाधीन अवस्थामा छ। त्यसपछिको बाँकी सडक भने अझै धुलाम्मे र हिलाम्मे अवस्थामै रहेको छ।

चालु आर्थिक वर्ष २०८२/८३ मा पुनर्वास नगरपालिका, प्रदेश पूर्वाधार विकास कार्यालय र संघीय सहरी विकास मन्त्रालयको संयुक्त लगानीमा करिब ८ करोड रुपैयाँको बजेटबाट सडक निर्माण भइरहेको छ। तर आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले थप बजेट विनियोजन नगरेपछि योजना अधुरै रहने सम्भावना बढेको छ।

सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले लोकतान्त्रिक मार्गका लागि आफ्नो मन्त्रालयबाट ५ करोड रुपैयाँ पहिलो प्राथमिकतामा राखी मुख्यमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा सिफारिस गरिएको जानकारी दिए। उनका अनुसार उक्त रकम पुनर्वास–५, ६, ७, ८ र ९ जोड्ने सडकको कालोपत्रे तथा स्तरोन्नतिका लागि प्रस्ताव गरिएको थियो।

मन्त्री थापाले भने, “लोकतान्त्रिक मार्ग पुनर्वास क्षेत्रका हजारौं नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएको योजना भएकाले पहिलो प्राथमिकतामा राखेर बजेट सिफारिस गरेको थिएँ। तर अन्तिम बजेटमा समावेश नगरिनु दुःखद हो। जनताको आवश्यकता र दीर्घकालीन विकासलाई ध्यानमा राखेर अघि बढ्नुपर्ने योजनाले प्राथमिकता नपाउनु निराशाजनक विषय हो।”

उनले बजेट निर्माण प्रक्रियामा सबै मन्त्रालयका सिफारिस र प्राथमिकतालाई समान रूपमा सम्बोधन नगरिएको अनुभूति भएको उल्लेख गर्दै आगामी दिनमा यस योजनालाई पुनः प्राथमिकतामा राख्न पहल गर्ने बताए।

यता पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले लोकतान्त्रिक मार्गलाई नगरपालिकाको पहिलो प्राथमिकताको योजनाका रूपमा प्रदेश सरकारसमक्ष पटक–पटक प्रस्ताव र डेलिगेसनमार्फत उठाइएको बताए। बजेटमा योजना समावेश हुने आश्वासन प्राप्त भए पनि अन्तिम समयमा छुटेपछि स्थानीयवासी निराश बनेको नगरप्रमुखको सचिवालयले जनाएको छ।

स्थानीयवासीले गत वर्षदेखि सुरु भएको सडक निर्माणलाई निरन्तरता दिई आवश्यक बजेटको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेका छन्। उनीहरूका अनुसार लोकतान्त्रिक मार्ग सम्पन्न भए पुनर्वासका नागरिकलाई सदरमुकाम तथा प्रदेशसँगको आवागमन सहज हुनुका साथै स्थानीय आर्थिक गतिविधिमा समेत उल्लेखनीय टेवा पुग्नेछ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पुनर्वास सबस्टेसनबाट ३३ केभी लाइन सञ्चालनको तयारी, लोभोल्टेज समस्या समाधान हुने

दलितका लागि दलित एकता अभियान–भारत प्रवासको कार्यक्रम सम्पन्न

समाजसेवी शिव बिष्टद्वारा बुवा–आमाको सम्मानमा पुनर्वास का १४ विद्यालयमा अक्षयकोष स्थापना

ऐतिहासिक विश्वकप खेल्न उत्साहित खेलाडी, सुपर सिक्समा पुग्ने लक्ष्य

ऐतिहासिक विश्वकप खेल्न उत्साहित खेलाडी, सुपर सिक्समा पुग्ने लक्ष्य

बेलौरीमा एकै राति मन्दिरका घण्टी चोरी, धार्मिक आस्थामाथि गम्भीर प्रहार

निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा अवस्थी निर्वाचित

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V