www.patranepal.com

पपुलर

पुनर्वास नगरपालिकामा लैङ्गिक समानता र समावेशीकरणसम्बन्धी रिफ्लेक्सन कार्यशाला सम्पन्न

कञ्चनपुर जिल्ला कारागारमा कैदीबन्दीबीच हिंस्रक झडप, ८ जना घाइते, कारागार प्रशासनमाथि गम्भीर आरोप

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

खेम राज जोशी बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नियुक्त, ६३ उपसचिव खटाइए

लालझाडीमा हात्तीको आक्रमण : हजुरआमा घाइते, ६ वर्षीया नातिनीको मृत्यु

अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनबारे पुनर्वासमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

अहमदिया मुस्लिम जमात जर्मनीको ,४९ औं वार्षिक भेला सम्पन्न भएको छ

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

श्री सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सियामा नयाँ व्यवस्थापन समिति गठन, गुणस्तरीय शिक्षामा जोड

समाचार प्रकाशित मिति :

श्री सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सियामा नयाँ व्यवस्थापन समिति गठन, गुणस्तरीय शिक्षामा जोड

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

श्री सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सियामा नयाँ व्यवस्थापन समिति गठन, गुणस्तरीय शिक्षामा जोड

कञ्चनपुर — लालझाडी गाउँपालिका वडा नं. ३ स्थित श्री सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सियामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। आयोजित आम भेलामा स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, खेलप्रेमी, शिक्षाप्रेमी, जनप्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।

नवगठित समितिको अध्यक्षमा पृथी राना चयन भएका छन्। सदस्यहरूमा मिना चौधरी, मोहन राना, भागरथी भट्ट, शान्ति चौधरी, राम प्यारी चौधरी रहेका छन् भने वडा अध्यक्ष टिकाराम डंगौरा, शिक्षक प्रतिनिधि वीरबहादुर केसी र पूर्व विव्यस अध्यक्ष विश्राम चौधरी समेत समितिमा आवद्ध छन्।

कार्यक्रम लालझाडी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सिद्धराज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

आम भेलाबाट गठन भएको नयाँ समितिले विद्यालयको गुणस्तरीय शिक्षा अभिवृद्धि, भौतिक पूर्वाधार विकास, खेलकुद क्षेत्रको प्रवर्द्धन, बालबालिकामा नैतिकता र इमान्दारिता विकास जस्ता विषयलाई प्राथमिकतामा राख्ने जनाएको छ। साथै, बालविकास, बाल क्लब, सांस्कृतिक कार्यक्रम लगायतका गतिविधिहरूलाई सशक्त बनाउँदै विद्यालयलाई नमुना शिक्षण संस्थाको रूपमा विकास गर्ने रणनीति अघि बढाइने बताइएको छ।

विद्यालयले यसअघि पनि विभिन्न शैक्षिक तथा खेलकुद गतिविधिहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्य राखिएको छ।

विद्यालयका प्रधानाध्यापक तारामणि न्यौपानेले नवगठित समितिले निस्वार्थ भावनाका साथ काम गर्दै शिक्षा क्षेत्रलाई पवित्र ‘शिक्षा मन्दिर’का रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले यस भेलामा अभिभावकका रूपमा सहभागी सम्पूर्णलाई धन्यवाद दिँदै नवगठित समितिका पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभयो। साथै गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यालयलाई छुट्टै पहिचान दिलाउने दिशामा सबै पक्ष एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

एमालेद्वारा कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा उम्मेदवार टुंगो

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

पुनर्वासमा स्व. प्रकाश दाहाल स्मृति सातौँ अरनिको सैनिक कप सुरु

पुनर्वास नगरपालिकामा उद्यमशीलता अभिमुखीकरण, स्थानीय रोजगारी बढाउने लक्ष्य

न्यु वीरेन्द्र युवा क्लबद्वारा सञ्चालित पाँचौँ “द फोर्स कप” फुटबल प्रतियोगिताको उद्घाटन सम्पन्न

विद्युत लापरबाहीले६२वर्षीय गौतमको ज्यान गयो

अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनबारे पुनर्वासमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V