www.patranepal.com

पपुलर

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयको ताला खोलियो

दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयको ताला खोलियो

सब–इन्जिनियर लालमन तामाङ र क्याप्टेन (से.नि.) जिनबहादुर तामाङको संयोजनमा च्याम्पियन खेलाडी सम्मानित

भुमि आयोग बर्दियामा नियम अनुसार सबै पालिकाको काम भैरहेका छन ! धैर्य गरेर बसिदिनु हुन बासगढि प्रमुख को अनुरोध !                                 

भुमि आयोग बर्दियामा नियम अनुसार सबै पालिकाको काम भैरहेका छन ! धैर्य गरेर बसिदिनु हुन बासगढि प्रमुख को अनुरोध !                                 

नेपाली कांग्रेस पुनर्वासको सभापतिमा खगेन्द्र ओझा सर्वसम्मत

सूचनाको हकका लागि राष्ट्रिय महासंघका जिल्ला अधिवेशन कार्तिक मसान्तभित्र, प्रदेश अधिवेशन मंसिर १५ सम्म

पुनर्वासका ५ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

पुनर्वासमा शिक्षक महासंघको दुई घण्टा धर्ना, ज्ञापनपत्र बुझाइयो

समाचार प्रकाशित मिति :

पुनर्वासमा शिक्षक महासंघको दुई घण्टा धर्ना, ज्ञापनपत्र बुझाइयो

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर, भदौ १३ ।
नेपाल शिक्षक महासंघको केन्द्रीय निर्देशनअनुसार पुनर्वास नगर समितिले पुनर्वास नगरपालिकाको कार्यालय अगाडि शुक्रबार दुई घण्टा धर्ना बसेर प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद रिजाललाई ध्यानाकर्षण पत्र बुझाएको छ।
नेपाल शिक्षक महासंघ पुनर्वास नगर समितिका अध्यक्ष जय बहादुर मडै र सह–सचिव नवराज ओझाले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा विगतका आन्दोलन र सहमतिहरूको पालना नगरेको भन्दै तीव्र असन्तोष प्रकट गरिएको छ। महासंघले २०७५, २०७८ र २०८० सालका आन्दोलनमार्फत ३० बुँदे, ५१ बुँदे र ६ बुँदे सहमति नेपाल सरकारसँग गरेको भए पनि कार्यान्वयन नगरेको उल्लेख गरिएको छ।

२०७८ सालमा ८९ दिन लामो आन्दोलन र २०८१ चैत्रमा २९ दिनसम्म काठमाडौंमा केन्द्रीय शैक्षिक सडक आन्दोलन सञ्चालन भएपछि २०८२ वैशाख १७ गते नेपाल सरकार र महासंघबीच सहमति भएको थियो। सो सहमतिअनुसार मन्त्रिपरिषद्ले ९ बुँदे निर्णय गरेको र प्रमुख राजनीतिक दलका सचेतकहरूले असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने लिखित प्रतिबद्धता जनाए पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै शिक्षकहरूले आक्रोश व्यक्त गरेका छन्।

ध्यानाकर्षण पत्रमा अस्थायी शिक्षकको स्थायीत्वका लागि आन्तरिक परीक्षामा सहमतिअनुसार ७५% कोटा नदिनु, गोल्डेन हेन्डसेक रकम स्पष्ट नगरिनु, स्थायी शिक्षकको आवधिक बढुवा व्यवस्था नसमेटिनु, विद्यालय कर्मचारी र बालकक्षा शिक्षकको पद तथा सेवा–सुविधा सुनिश्चित नगरिनु, शिक्षकको अनुमतिपत्र नथपिनु, विभागीय कारबाही सहमतिअनुसार नहुनु, अन्यायपूर्ण सरुवाको व्यवस्था ल्याइनु, संस्थागत विद्यालय शिक्षकको सेवा–सुरक्षा नसमेटिनु, राष्ट्रिय परीक्षा बोर्डमा महासंघको प्रतिनिधित्व नदिनु लगायतका मुद्दा सम्बोधन नभएको उल्लेख छ।

महासंघले विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विधेयक बनाउन तत्काल पहल गर्न सरकारसँग जोडदार माग गरेको छ। प्रतिनिधि सभामा दर्ता भएको विधेयक संशोधनमार्फत सहमतिहरूलाई कार्यान्वयन गर्न सकिने अवस्था अझै रहेको भन्दै संघले ध्यानाकर्षण गराएको छ।

पुनर्वास नगर समितिले हालको कार्यक्रम प्रचारात्मक आन्दोलन मात्र भएको र माग सम्बोधन नभए दोस्रो चरणमा अझ कडा आन्दोलन सुरु हुने चेतावनी दिएको छ। आन्दोलनका कारण सिर्जना हुने परिस्थिति प्रति सरकार नै जिम्मेवार हुने चेतावनीसमेत महासंघले दिएको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

पुनर्वासमा भर्खरै भायनक दुर्घटना  Breaking News 

धनगढीमा सरसफाई अभियानका लागि निसर्ग हस्पिटलद्वारा सामग्री सहयोग

एमालेद्वारा कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा उम्मेदवार टुंगो

पुनर्वास नगरपालिकाको सामुदायिक विद्यालयमा यसरी सुधार गर्न सकिन्छ

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० कुतियाकबरका स्थानीय वासिन्दाहरूको बाढी र डुबानबाट जोगिने खेप्दै छन…

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V