www.patranepal.com

पपुलर

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

लोकतान्त्रिक आदिबासी महासघ बाँसगढी नगर समितिको तिज विशेष कार्यक्रम सम्म्पन्न !

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

भूमिहीन तथा अव्यवस्थित बसोबास समस्या समाधानका लागि पुनर्वासमा वृहत छलफल

नेपालीहरूको महान चाडपर्व विजयादशमी उल्लासपूर्वक मनाइँदै

लालझाडीमा ७ दिने योग शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

लालझाडीमा हात्तीको आक्रमण : हजुरआमा घाइते, ६ वर्षीया नातिनीको मृत्यु

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

पुनर्वासमा शिक्षक महासंघको दुई घण्टा धर्ना, ज्ञापनपत्र बुझाइयो

समाचार प्रकाशित मिति :

पुनर्वासमा शिक्षक महासंघको दुई घण्टा धर्ना, ज्ञापनपत्र बुझाइयो

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर, भदौ १३ ।
नेपाल शिक्षक महासंघको केन्द्रीय निर्देशनअनुसार पुनर्वास नगर समितिले पुनर्वास नगरपालिकाको कार्यालय अगाडि शुक्रबार दुई घण्टा धर्ना बसेर प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद रिजाललाई ध्यानाकर्षण पत्र बुझाएको छ।
नेपाल शिक्षक महासंघ पुनर्वास नगर समितिका अध्यक्ष जय बहादुर मडै र सह–सचिव नवराज ओझाले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा विगतका आन्दोलन र सहमतिहरूको पालना नगरेको भन्दै तीव्र असन्तोष प्रकट गरिएको छ। महासंघले २०७५, २०७८ र २०८० सालका आन्दोलनमार्फत ३० बुँदे, ५१ बुँदे र ६ बुँदे सहमति नेपाल सरकारसँग गरेको भए पनि कार्यान्वयन नगरेको उल्लेख गरिएको छ।

२०७८ सालमा ८९ दिन लामो आन्दोलन र २०८१ चैत्रमा २९ दिनसम्म काठमाडौंमा केन्द्रीय शैक्षिक सडक आन्दोलन सञ्चालन भएपछि २०८२ वैशाख १७ गते नेपाल सरकार र महासंघबीच सहमति भएको थियो। सो सहमतिअनुसार मन्त्रिपरिषद्ले ९ बुँदे निर्णय गरेको र प्रमुख राजनीतिक दलका सचेतकहरूले असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने लिखित प्रतिबद्धता जनाए पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै शिक्षकहरूले आक्रोश व्यक्त गरेका छन्।

ध्यानाकर्षण पत्रमा अस्थायी शिक्षकको स्थायीत्वका लागि आन्तरिक परीक्षामा सहमतिअनुसार ७५% कोटा नदिनु, गोल्डेन हेन्डसेक रकम स्पष्ट नगरिनु, स्थायी शिक्षकको आवधिक बढुवा व्यवस्था नसमेटिनु, विद्यालय कर्मचारी र बालकक्षा शिक्षकको पद तथा सेवा–सुविधा सुनिश्चित नगरिनु, शिक्षकको अनुमतिपत्र नथपिनु, विभागीय कारबाही सहमतिअनुसार नहुनु, अन्यायपूर्ण सरुवाको व्यवस्था ल्याइनु, संस्थागत विद्यालय शिक्षकको सेवा–सुरक्षा नसमेटिनु, राष्ट्रिय परीक्षा बोर्डमा महासंघको प्रतिनिधित्व नदिनु लगायतका मुद्दा सम्बोधन नभएको उल्लेख छ।

महासंघले विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विधेयक बनाउन तत्काल पहल गर्न सरकारसँग जोडदार माग गरेको छ। प्रतिनिधि सभामा दर्ता भएको विधेयक संशोधनमार्फत सहमतिहरूलाई कार्यान्वयन गर्न सकिने अवस्था अझै रहेको भन्दै संघले ध्यानाकर्षण गराएको छ।

पुनर्वास नगर समितिले हालको कार्यक्रम प्रचारात्मक आन्दोलन मात्र भएको र माग सम्बोधन नभए दोस्रो चरणमा अझ कडा आन्दोलन सुरु हुने चेतावनी दिएको छ। आन्दोलनका कारण सिर्जना हुने परिस्थिति प्रति सरकार नै जिम्मेवार हुने चेतावनीसमेत महासंघले दिएको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

बाँसगढिमा रक्तदान कार्यक्रम सम्म्पन !

आर्थिक वर्ष २०८१/०८२ को उखुको भुक्तानी रकम माग गर्दै किसानहरू आन्दोलनमा उत्रेका छन् ।

स्कुल भ्यानको ठक्करबाट मोटरसाइकल चालक घाइते, निजी विद्यालयका सवारी व्यवस्थापनमाथि प्रश्न

कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृत्यु

कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृत्यु

अध्यादेशले तनावमा ओली, माधव राहत बन्न सक्ने !

अध्यादेशले तनावमा ओली, माधव राहत बन्न सक्ने !

विद्यालय शिक्षा विधेयक : बढुवामा ९० अंक नराख्न कांग्रेसको नयाँ प्रस्ताव

विद्यालय शिक्षा विधेयक : बढुवामा ९० अंक नराख्न कांग्रेसको नयाँ प्रस्ताव

पुनर्वास नगरपालिकालाई बहाई समुदायको सामग्री सहयोग शिक्षा, स्वास्थ्य र समुदाय सुधारमा दीर्घकालीन योगदानको निरन्तरता

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V