www.patranepal.com

पपुलर

नेपालीहरूको महान चाडपर्व विजयादशमी उल्लासपूर्वक मनाइँदै

पुनर्वासका शिक्षा अधिकृत भक्तबहादुर रोकायालाई विदाइ, नगर प्रमुखले ढाका टोपी लगाएर भने– ‘फेरि भेटौँला’

पुनर्वास नगरपालिकामा न्यायमा पहुँच अभिवृद्धि परियोजनाअन्तर्गत नागरिक सहायता कक्ष सुदृढीकरण तथा कानुनी सचेतना कार्यक्रम सम्पन्न

बाँसगढिमा निशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सन्चालन हुने!

समाजसेवी शिव बिष्टद्वारा बुवा–आमाको सम्मानमा पुनर्वास का १४ विद्यालयमा अक्षयकोष स्थापना

सीमामा सशस्त्र प्रहरी पहरेदार तर सेटिङ्गमै खुलेयाम तस्करी !तस्करलाई मालामाल, सर्वसाधारणलाई सास्ती 

स्कुल भ्यानको ठक्करबाट मोटरसाइकल चालक घाइते, निजी विद्यालयका सवारी व्यवस्थापनमाथि प्रश्न

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

महाकालीमा वेपत्ता सशस्त्रका असई सागरको शव फेला

समाचार प्रकाशित मिति :

महाकालीमा वेपत्ता सशस्त्रका असई सागरको शव फेला

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

महाकालीमा वेपत्ता सशस्त्रका असई सागरको शव फेला

बाबु धनीराम भन्छन, ‘मेरो साहरा ढल्यो ?’

कञ्चनपुर, २८असोज

२४ असोज(शनिबार) महाकाली नदीमा वेपत्ता भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक(असई) सागरराज थारुको शव फेला परेको छ । सशस्त्रका असई थारुको शव बुधबार बिहान महाकाली नदीमै फेला गरेको हो । सशस्त्र प्रहरीको गोदाखोर टिमले जालीमा अडकिएको अवस्थामा नदीमै फेला परेको शव निकालिएको छ ।

१४ असोजमा दोधाराचाँदनी झोलुङ्गेपुल भत्किएसंगै नेपाल टेलिकमको तार समेत चुडिएको थियो । त्यही टेलिकमको तार पुर्ननिर्माणका क्रममा नदीमा वेपत्ता भएका सशस्त्रका असई सागरको शव पाँच दिनमा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

कञ्चनपुरका सशस्त्र प्रहरी प्रमुख एसपी प्रेम प्रकास सिग्देलले असई सागरको शव नदीबाट निकालेर अब प्रकृयामा अघि बढाईने बताए ।

दार्चुलामा कार्यरत सागर घर विदापछि दोधारा देविस्थान गुल्ममा हाजिर भएकै भोलिपल्ट नदीमा वेपत्ता भएका थिए । घर विदाबाट २३ असोजमा दोधारा पुगेका सागर भोलीपल्टै २४ असोजमा महाकालीमा वेपत्ता भएका थिए ।

ठाकुरद्वारा नगरपालिका ६ बर्दियाका स्थानीय समेत रहेका सागर पाँच दिनदेखि नदीमै वेपत्ता भएपछि घर परिवार घटना स्थलमै पुगेका थिए ।

सागरका बाबु धनीराम थारुले छोराको कि शास कि लास चाहियो भन्दै हारगुहार गरेका थिए ।

सागरका बाबु धनिराम भन्छन, ‘मैले सर्बस्व गुमाए मेरो कोहीपनि छैन, मेरो बाँच्ने आधार एक मात्रै थियो, मेरो बुढेस कालको साहरा चाहियो, जिवनभरीको सर्बस्व कमाई क्षण भरमै गुम्यो, मेरो छोरा घर विदाबाट असाजे २३ गते यहाँ आईपुग्यो, असोज २४ गते एक्कासी डिउटीमा खटियो छोरालाई यहाँको वातावरण बारे केही थाहा छैन मलाई शंकालाग्यो कमाण्डर टोली वैकल्पिक बाटो सुरक्षा नअपनाईन छोरालाई सिधै नदीमा पठायो ।’

सागरकी श्रीमती अञ्जली थारु पनि सशस्त्र प्रहरी बलमै कार्यरत छिन । सागर वेपत्ता भएकै दिन रोल्पामा कार्यरत अञ्जलीले दिउँसो २बजेतिर खबर पाएको बताईन । ‘म डिउटीमै थिए, मलाई महाकाली नदीमा टेलिकमको तार तान्ने क्रममा सागरको खुट्टामा तार अडकिएर वेपत्ता भएको खबर आयो, म राती नै बस चढेर घर आए त्यहाँबाट सिधै घटना स्थल आएका छौँ, अहिलेसम्म श्रीमानको न शास, न लास पाईयो, कहाँको वातावरण केही नुबझेका मेरा श्रीमानलाई नदीमा पठाईयो, अझैपनि उनका विषयमा कुनै नयाँ विषय आएको छैन, हामी यहाँबाट कि शास, कि लास लिएरै जान्छौँ ।’ दोधाराचाँदनी झोलुङ्गेपुल भत्किएको दिन नदीको जलस्तर ६० हजार क्युसेक र सागर वेपत्ता भएको दिन ३१ हजार क्युसेक जलस्तर थियो ।

निर्माण भएको दुई दशमै झोलुङ्गेपुल भत्किएसंगै दोधाराचाँदनी नगरका स्थानीयका लागि सडक मात्रै होईन यहाँको पर्यटन क्षेत्रमा समेत प्रभाव परेको छ ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पुनर्वास कांग्रेस नगर समितिको सचिवमा केशव सार्की सर्वसम्मत निर्वाचित

पुनर्वासमा शिक्षक महासंघको दुई घण्टा धर्ना, ज्ञापनपत्र बुझाइयो

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

सांसद जनक सिंह धामीद्वारा सहिद गोबिन्द गौतमको सालिकमा माल्यार्पण

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

सरस्वती पूजाको अवसर पारेर KBM स्कूलले सुरु गर्‍यो एकदिने निःशुल्क भर्ना अभियान

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V