www.patranepal.com

पपुलर

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

सीमामा सशस्त्र प्रहरी पहरेदार तर सेटिङ्गमै खुलेयाम तस्करी !तस्करलाई मालामाल, सर्वसाधारणलाई सास्ती 

समाचार प्रकाशित मिति :

सीमामा सशस्त्र प्रहरी पहरेदार तर सेटिङ्गमै खुलेयाम तस्करी !तस्करलाई मालामाल, सर्वसाधारणलाई सास्ती 

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

 

कञ्चनपुर, १२ भदौँ भारतसंग सीमा जोडिएको कञ्चनपुरका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी पहरेदार छ । सशस्त्र प्रहरीलाई सीमा सुरक्षा र सीमा अपराध नियन्त्रणको सरकारले जिम्मेबारी दिएको छ, तर सशस्त्र प्रहरीको नाकमुनीबार्टै डरलाग्दो तरिकाले खुलेयाम तस्करी भईरहेको छ । त्यो पनि सेटिङ्गमै प्रतिबन्धित अण्डा कुखुरादेखि व्यवसायिक समान खुलेयाम तस्करी भईरहेको छ । भारतसंग प्रत्यक्ष सीमा जोडिएको सीमावर्ती जिल्लाका वैद्य तथा अवैध खुला नाकाहरुबाट सेटिङ्गमै दिनरातमा खुलेयाम तस्करी हुँदा समेत नियन्त्रण गर्न कसैलार्ई मतलब नै छैन । सीमामा सशस्त्र प्रहरी तर अन्य सामुदायमा हुने अपराध नियन्त्रणका लागि खटिएको नेपाल प्रहरीलाई तस्करी रोक्न हम्मेहम्मे भएको छ ।

जिल्लाको उत्तरी भेग खल्लामछेट्टीदेखि दक्षिणी पुर्वी डोकेबजारसम्मको खुला नाकाहरुबाट अहिले प्रतिबन्धित कुखुरा, चल्ला, अण्डा, माछा सहित पशुजन्य बस्तु, लागु औषध, एव व्यवसायीक समान खुल्लमखुला भारतीय बजारबाट भित्रिन थालेपछि स्थानीय हैरान भएका छन । जिल्लाको खुला नाका मात्रै होईन गड्डाचौकी भन्सारकै नाका भएर पनि सेटिङ्गमा तस्करी हुन थालेपछि चालु आर्थिक बर्षमा पनि भन्सारले लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसक्ने आँलकन गरिएको छ ।

भन्सार क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी २४ सै घण्टा तैनाथ छन, यसका साथै खाद्य, पशु, प्लान्ट क्वारेन्टाईन सहितका सरकारी निकाय कार्यरत रहेपनि त्यही नाकाबाट तस्कर समुहले भन्सार, सशस्त्र प्रहरी, प्रहरी वा क्वारेन्टाईन निकायबाटै सेटिङ्गमा तस्करी गराईरहेका छन ।

भन्सारबाट सेटिङ्ग भएर महेन्द्रनगर बजार पुगेको केही समान मात्रै प्रहरी र सशस्त्र प्रहरीले बरामद गरेर पुन भन्सार चलान गर्दै आएको तथ्यले समेत भन्सार क्षेत्रमा व्यापक सेटिङ्ग भएर समान भित्रिने गरेको पाईन्छ । जिल्लाभरी चोरी, तस्करीले गत विगतका बर्षहरुमा भन्सार कार्यालयले लक्ष्य अनुरुप राजस्व समेत संकलन गर्न सकेको छैन । भन्सार कार्यालयले ०७५÷०७६ देखि ०८१÷०८२ सम्म लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । यो सबै तस्करीको चुङ्गोलमा डुब्दा भन्सार विभागले दिएको लक्ष्य समेत संकलन गर्न नसकेको को हो । गत बर्ष मात्रै पनि ७४ करोड ५५लाख, ९० हजार भन्सार राजस्वमा ५९करोड, ७७ हजार हाराहारी मात्रै राजस्व संकलन गरेकोे छ, त्यो पनि सशस्त्र प्रहरी र नेपाल प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार चोरीछली गरेका समान बरामद गरे बाफतकोे राजस्व जोडेर लक्ष्य नजिक पु¥याएको पाईन्छ ।

डेढ दशकको अवधिको तुलनामा कञ्चनपुर सीमावर्ती नाकाहरुमा सशस्त्र प्रहरीको बलियो उपस्थिति छ । त्यस अघि देखि नेपाल प्रहरी पनि सीमावर्ती क्षेत्रमा छ, तर अब राज्यका सुरक्षा निकायको जति उपस्थिति त्यती तस्करीले नागरिकमा पनि सेटिङ्गमै, हप्ता अशुली, महिनावारीमा तस्करी नरोकिएको दावि गर्दै आएका छन ।

स्थानीयले सीमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका बिओपी इन्चार्ज, नेपाल प्रहरीका चौकी, ईप्रका इन्चार्जहरुलार्इं हप्ता, महिनावारी पैशा, समान दिए तस्करी गर्न दिने गरेको नदिए समान बरामद गर्दै आएको बताउँदै आएका छन ।

बेलौरीका स्थानीय रोशन चौधरीले घरसायी समान ल्याउनेमाथि डण्डा बजाउने गरेको तर, तस्करमाथि सशस्त्र र प्रहरीले दया जगाए जस्तै छुट दिने गरेको बताए । ‘कुनैपनि व्यवसायी वा तस्कर समुहले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई पैशा दिए उनीहरुले उसको समान ल्याउन दिन्छन, ‘उनले भने, ‘नदिए ल्याउन दिदैनन, समान बरामद ग¥यौँ भन्दै मिडियाबाजी गर्छन, तस्करीले प्रहरी र सशस्त्र प्रहरीलाई दिएको नगद र भौतिक बस्तुको प्रमाण हुँदैन, खाने र दिनेविच बिग्रीएपछि यो खुला खुल्छ, त्यतिबेलासम्म त्यो प्रहरी र सशस्त्रको हाकिम सरुवा भएर अन्यत्र गईसक्छ, कुरा आरोप प्रत्यारोपमा मात्रै सीमित हुन्छ ।’

पुनर्वासका स्थानीय जनक तामाङ्गले पनि सीमावर्ती क्षेत्रका स्थानीयमाथि सशस्त्र प्रहरीले अनावश्यक कडाई गरेको बताए । उनले घरसायी समान ल्याउँदा रोकेर बरामद गर्दै मिडियाबाजी गर्ने र ठुला व्यवसायीले खुलेयाम तस्करी गरेर ल्याउने समान छुट दिने गरेको बताए ।

भीमदत्त नगरका स्थानीय दिपेन्द्र सिह ऐरीले घुस दिने व्यवसायीका समान बरामद नगर्ने, नदिने वा घरसायी प्रयोजनका लागि समान ल्याउनेमाथि कडाई गर्दै आएकाले तस्करी सेटिङ्गमै हुनेगरेको दावि गरेका छन । उनले दुध ओसार्ने किसानबाटै मासिक ५ हजार घुस माग्ने प्रहरीले अन्य व्यवसायीलाई के बाँकी राखेको होला भन्दै प्रशन गरेका छन । कृष्णपुर स्थानीय समेत रहेका युवा उद्यमी सुरेन्द्र बहादुर बमले आफुले भारतको गोबिन्द बल्लभ पन्त कृषि एव प्राद्योगिक विश्वविद्यालय पन्तनगर(उद्यमसिह नगर)बाट खरिद गरेर ल्याएका बोट बिरुवा सशस्त्र प्रहरीले तस्करीका भन्दै नियन्त्रणमा लिएर नष्ट गरेको घटनाले घरसायी समान ल्याउने र सशस्त्र प्रहरीलाई पैशा नदिनेका वैध समान बरामद गर्दै आएको र तस्करलाई सरक्षण गर्दै आएको बताए ।

कञ्चनपुरका कुखुरा व्यवसायी समेत रहेका चल्लादाना व्यवसायी संघका अध्यक्ष भरतदत्त भट्टले जिल्लामा सेटिङ्गै तस्करी हुने गरेकोे दावि गरेका छन । मंगलबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बर्डफ्लु नियन्त्रण बारे छलफलमा भट्टले भारतबाट जिल्लाभरी सेटिङ्गमै तस्करी हुँदा नेपाली कुखुरा व्यवसायी मारमा परेको बताए ।

‘भारतबाट जुत्ता र पेटभित्र लुकाएर ल्याएको सानो परिमाणको लागु औषध भेटाउने प्रहरीले भारी परिमाणका कुखुरा, चल्ला, अण्डा देख्दैन, ‘उनले भने, ‘यो के सेटिङ्ग होईन र, हामीले बैंकको ब्याज निकालेर स्वदेशमै केही गर्न खोज्दा राज्यका सुरक्षा निकाय सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोग हुदैन, उनीहरु तस्करसंग हिमचिम गर्छन ।’ प्रतिबन्धित कुखुरा अण्डा चल्ला भित्रिदा एकातिर स्वदेशी व्यवसायी मारमा अर्कातिर दण्डहिता बढिरहेको उनको दुखेसो छ । भीमदत्त नगरका स्थानीय समेत रहेका युवा एग्रो सर्भिस प्रालिका संचालक कुखुर

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

बागीश्वरी माध्यमिक विद्यालयको ५४औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

पुनर्वासका शिक्षा अधिकृत भक्तबहादुर रोकायालाई विदाइ, नगर प्रमुखले ढाका टोपी लगाएर भने– ‘फेरि भेटौँला’

न्यु वीरेन्द्र युवा क्लबद्वारा सञ्चालित पाँचौँ “द फोर्स कप” फुटबल प्रतियोगिताको उद्घाटन सम्पन्न

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने 

बाँसगढिमा निशुल्क आँखा शिविर हुने !

बाँसगढिमा निशुल्क आँखा शिविर हुने !

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V