www.patranepal.com

पपुलर

पुनर्वासमा सशस्त्र प्रहरीद्वारा निःशुल्क स्वास्थ्य शिविर, ७ सयभन्दा बढी लाभान्वित

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

खेम राज जोशी बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नियुक्त, ६३ उपसचिव खटाइए

कृषि बजेटदेखि पूर्वाधारसम्म सक्रियता: मन्त्री थापाको पहलमा पुनर्वास ५सिमरी दोदा.डोकेबजार सडकबत्ती जडान

पुनर्वास नगरपालिकामा न्यायमा पहुँच अभिवृद्धि परियोजनाअन्तर्गत नागरिक सहायता कक्ष सुदृढीकरण तथा कानुनी सचेतना कार्यक्रम सम्पन्न

न्यु वीरेन्द्र युवा क्लबद्वारा सञ्चालित पाँचौँ “द फोर्स कप” फुटबल प्रतियोगिताको उद्घाटन सम्पन्न

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

बाँसगढी क्याम्पसका नवनिर्वाचित अध्यक्षद्वारा ५ लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा

समाचार प्रकाशित मिति :

बाँसगढी क्याम्पसका नवनिर्वाचित अध्यक्षद्वारा ५ लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

बाँसगढी क्याम्पसका नवनिर्वाचित अध्यक्षद्वारा ५ लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा

बर्दिया, जेठ २०, २०८३ – बाँसगढी बहुमुखी क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष रेशम अधिकारीले गरिब तथा विपन्न वर्गका विद्यार्थीहरू उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले ५ लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा गरेका छन्।

अध्यक्षको पदभार ग्रहण गर्दै अधिकारीले बाह्य स्रोतहरूको खोजी गरी आगामी दिनमा कोषलाई निरन्तर वृद्धि गर्ने योजना रहेको जानकारी दिए। उनले आर्थिक वर्ष २०८३/८४ भित्र ५ लाख रुपैयाँ बराबरको छात्रवृत्ति कोष स्थापना गरिने घोषणा गरेका हुन्।

क्याम्पस निर्वाचन समितिद्वारा मंगलबार आयोजित औपचारिक कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूले सपथ ग्रहण गरेका थिए। निर्वाचन समिति संयोजक षडानन्द तिवारीले नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरूलाई सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरेका थिए।

संविधानसभा सदस्य निर्मलप्रकाश सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वक्ताहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि सुबेदी, निर्वाचन समिति संयोजक तिवारी, क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष भवनकुमार थारू, निवर्तमान उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्याशी लोकप्रसाद शर्मा लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै पक्षसँग समन्वय र सहकार्य गर्दै अघि बढ्न सुझाव दिएका थिए।

लेखकको बारेमा

कृष्ण बहादुर बुढा
कृष्ण बहादुर बुढा
लुम्बिनि प्रदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V