www.patranepal.com

पपुलर

श्री सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सियामा नयाँ व्यवस्थापन समिति गठन, गुणस्तरीय शिक्षामा जोड

निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा अवस्थी निर्वाचित

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

अहमदिया मुस्लिम जमात जर्मनीको ,४९ औं वार्षिक भेला सम्पन्न भएको छ

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

लोकतान्त्रिक आदिबासी महासघ बाँसगढी नगर समितिको तिज विशेष कार्यक्रम सम्म्पन्न !

बेदकोट ताल परिसरमा पत्रकार महासंघको ९औ बैठक, यस्ता छन निर्णय

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

लालझाडीमा बहाई मन्दिरको डिजाइन अनावरण

समाचार प्रकाशित मिति :

लालझाडीमा बहाई मन्दिरको डिजाइन अनावरण

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष


लालझाडी, २१ वैशाख। नेपालको राष्ट्रिय बहाई समुदायको आयोजनामा कञ्चनपुरको लालझाडी गाउँपालिका–३, बल्मीमा निर्माण हुन लागेको बहाई मन्दिर (बहाई उपासना गृह) को डिजाइन सोमबार एक कार्यक्रमका बीच अनावरण गरिएको छ।
मन्दिर निर्माणका लागि करिब १ लाख ८० हजार युनिट लागत अनुमान गरिएको छ। निर्माण कार्यमा सबै समुदायको सहभागिता सुनिश्चित गर्न सहयोगका लागि सार्वजनिक अपिल समेत गरिएको छ। आयोजकका अनुसार यस मन्दिरले विभिन्न धर्म, संस्कृति र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिइएको छ।
कार्यक्रमको सभापतित्व नेपालको राष्ट्रिय बहाई समुदायका अध्यक्ष सोमनाथ राना ले गर्नुभएको थियो। प्रमुख अतिथिहरूमा लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना, पुनर्वास नगरपालिकाका प्रमुख तोय प्रसाद शर्मा, बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, पुनर्वासका निवर्तमान प्रमुख जीवनराम थापा लगायत बहाई समुदायका पदाधिकारी, समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा एसिया क्षेत्रका बहाई सल्लाहकार यम प्रसाद आचार्य ले मन्दिरको डिजाइनमा स्थानीय संस्कृति, धार्मिक आस्था र सामाजिक एकतालाई कसरी समेटिएको छ भन्नेबारे जानकारी गराउनुभयो। उहाँले मन्दिर देशभरिका समुदायले दिएको दानबाट निर्माण गरिने पनि स्पष्ट पार्नुभयो।
यसैक्रममा बहाई मन्दिरका वास्तुकार (आर्किटेक्ट) डिजाइन इन्जिनियर सरोश प्रधान र उसवी थापा ले मन्दिरको डिजाइनबारे आफ्नो धारणा राख्दै भने, “यो मन्दिर केवल धार्मिक संरचना मात्र नभई समुदायबीचको एकता, सहअस्तित्व र समावेशीताको प्रतीकका रूपमा परिकल्पना गरिएको हो। डिजाइनमा स्थानीय परिवेश, सांस्कृतिक पहिचान र प्राकृतिक सन्तुलनलाई ध्यानमा राखिएको छ। सबै धर्म र मानिसहरूलाई समान रूपमा स्वागत गर्ने खुला र समावेशी स्थान बनाउने हाम्रो उद्देश्य हो।”
उहाँहरूले आधुनिक वास्तुकलासँगै स्थानीय परम्परागत शैलीको समन्वय गरी दीर्घकालीन, वातावरणमैत्री र आध्यात्मिक अनुभूति प्रदान गर्ने संरचना निर्माण गर्ने लक्ष्य राखिएको पनि उल्लेख गर्नुभयो।

नेपालको राष्ट्रिय बहाई समुदायद्वारा आयोजित कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष प्रभा चौधरीले स्वागत मन्तव्य दिनुभयो। कार्यक्रमको सञ्चालन शोभा पौडेल र रामसाय रानाले संयुक्त रूपमा गर्नुभएको थियो।बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले मन्दिरले सामाजिक सद्भाव बढाउने र विभिन्न समुदायबीच सहकार्य र समझदारी विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो। पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्माले यसले आपसी विश्वास सुदृढ पार्दै दीर्घकालीन शान्ति र एकताको आधार निर्माण गर्ने धारणा राख्नुभयो।
लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले यस्तो महत्वपूर्ण धार्मिक तथा सामाजिक संरचना निर्माण हुनु स्थानीय तहका लागि गर्वको विषय भएको बताउँदै आवश्यक सहयोग र सहजीकरणमा पूर्ण प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमको समापनमा सभापति सोमनाथ रानाले बहाई मन्दिरलाई मानव एकता, प्रेम र सहअस्तित्वको प्रतीकका रूपमा व्याख्या गर्दै जात, धर्म वा वर्गको भेदभावबिना सबैलाई एउटै सूत्रमा बाँध्ने केन्द्रका रूपमा विकास गरिने बताउनुभयो। कार्यक्रममा सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो।
नेपालमा बहाई समुदायको अवस्था
नेपालमा बहाई समुदाय सानो भए पनि सक्रिय रूपमा विस्तार भइरहेको छ। विभिन्न जिल्लामा रहेका अनुयायीहरूले शान्ति, एकता र मानव सेवामुखी गतिविधिहरू सञ्चालन गर्दै आएका छन्।
बहाई धर्मले सबै धर्मको एकता, मानव समानता, शिक्षा र विश्व शान्तिको सन्देश दिन्छ। यही मूल्य र सिद्धान्तलाई आधार बनाएर नेपालमा पनि बहाई समुदाय अघि बढिरहेको छ।
इतिहासका रूपमा हेर्दा, सन् १९५० को दशकतिर विदेशी बहाई अनुयायीहरू नेपाल आउन थालेपछि यसको प्रभाव विस्तार हुन सुरु भएको मानिन्छ। सन् १९५९ मा नेपालमा बहाई धर्म औपचारिक रूपमा फैलिन थालेको र त्यसपछि काठमाडौंसहित विभिन्न स्थानमा साना समूहहरू गठन भएको पाइन्छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

अध्यादेशले तनावमा ओली, माधव राहत बन्न सक्ने !

अध्यादेशले तनावमा ओली, माधव राहत बन्न सक्ने !

महाकाली साहित्य संगमद्वारा गौरा महोत्सवको भव्य उद्घाटन

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरू

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरू

पुनर्वास नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड १२ पदकसहित जीवन ज्योति मा.वि. शीर्ष स्थानमा, विजय मा.वि. को सर्वाधिक ८ स्वर्ण

पुनर्वास नगरपालिकालाई बहाई समुदायको सामग्री सहयोग शिक्षा, स्वास्थ्य र समुदाय सुधारमा दीर्घकालीन योगदानको निरन्तरता

एमालेद्वारा कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा उम्मेदवार टुंगो

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V