www.patranepal.com

Edit Template
ताजा समाचार

विद्यालय शिक्षा विधेयक : बढुवामा ९० अंक नराख्न कांग्रेसको नयाँ प्रस्ताव

समाचार प्रकाशित मिति :

विद्यालय शिक्षा विधेयक : बढुवामा ९० अंक नराख्न कांग्रेसको नयाँ प्रस्ताव

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

२२ असार, काठमाडौं । शिक्षकको आवधिक बढुवाको विषयमा सहमति नजुट्दा आइतबार पनि विद्यालय शिक्षा विधेयक पारित हुन सकेन । विधेयक पारित गर्न बोलाइएको बैठकमा सरकारले शिक्षक महासंघसँग थप छलफल गर्न समय माग्यो ।

बैठकको सुरुमा कांग्रेस सांसद श्याम घिमिरेले आवधिक बढुवा ‘तोकिए बमोजिम’ राखेर जान प्रस्ताव राखे । यसअघि १६ असारमा अस्थायी प्रकृतिको शिक्षकको पदपूर्तिको विषयमा बैठक रोकिएको थियो ।

 

‘अस्ति ६०/४० मा अड्किएको थियो । शिक्षक महासंघले तोकिए बमोजिम राखौं भन्नु भएको छ । एउटा विषय उनीहरूको मान्ने, एउटा समितिको मान्ने,’ कांग्रेस सांसद घिमिरेले प्रस्ताव गर्दै भने, ‘६०/४० हाम्रो मान्ने, बढुवामा उनीहरूको विषयमा सहमति गर्न सभापतिलाई आग्रह गरेको हो ।’

कांग्रेसले गरेको यो प्रस्ताव यसअघि भएका छलफलभन्दा विल्कुल नयाँ हो । तर, यसमा समिति र सरकार दुवै तयार भएन । यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले थप गृहकार्य गर्न समय मागे ।

 

‘शिक्षक महासंघलाई ६०/४० मा सहमत गराएका छौँ । एक दुईवटा विषयमा कुरा मिलेको छैन । सत्ता गठबन्धनमा छलफल गर्नुछ । प्रयत्न जारी छ । हामी क्षमाप्रार्थी छौं । आज पास गर्ने भनेको हो, सकेनौं । समय चाहियो,’ मन्त्री पन्तले समय मागे ।

उपसमितिले शिक्षकको आवधिक बढुवा हुन तृतीय श्रेणीको १० वर्ष र दोस्रो तहको १२ वर्षमा हुने प्रावधान प्रस्ताव गरेको छ । यसको लागि शिक्षकले पाँच वर्षमा कार्यसम्पादन मूल्याङ्कनमा ९० अंक ल्याउनुपर्ने भनिएको छ । यो ९० अंक नराखेर तोकिए बमोजिम राख्न दबाब दिएको हो । तोकिए बमोजिम राख्न शिक्षा मन्त्रालय र समिति तयार छैन ।

किनभने आवधिक बढुवामा अंक नराख्ने हो भने अन्य क्षेत्रमा पनि असर पर्ने निष्कर्ष सरकारको छ । निजामती सेवा, स्वास्थ्य सेवा, प्रहरीसहित अन्य सरकारको स्वामित्वमा रहेका संस्थानमा कार्यरत कर्मचारीलाई पनि असर पर्ने बुझाइ सरकारको छ । निजामतीमा कार्यसम्पादन मूल्याङ्कनमा ९५ अंक ल्याउनुपर्ने प्रावधान छ । तर, शिक्षक महासंले अंक नराखेर ‘तोकिए बमोजिम’ राखेर जान दबाब दिएको छ ।

 

स्वार्थ समूहको अति सक्रियता र कांग्रेसका कारण अड्कियो विद्यालय शिक्षा विधेयक

 

तोकिए बमोजिम राखेर जाँदा कैयौंपटक ठूलो संख्यामा शिक्षकहरूको बढुवा हुँदा विद्यालयभित्रको पदानुक्रम, शिक्षकको श्रेणीगत अनुपातमा बिमेल भइ शिक्षकको व्यवस्थापनमा जटिलता आउने निष्कर्ष सरकारको छ । ‘बढुवा पाएका शिक्षकहरूको नयाँ जिम्मेवारी र भूमिका निर्धारणमा चुनौती हुन्छ,’ समितिका एक सदस्यले भने ।

 

आवधिक बढुवा गर्दा एकैपटक धेरै शिक्षकहरूको बढुवा हुने र राज्यकोषमा आर्थिकभार पर्ने बुझाइ मन्त्रालयको छ ।

‘सरकारले पर्याप्त बजेटको व्यवस्थापन गर्नुपर्ने हुन्छ । सुरुको वर्षमा वार्षिक करिब ४० हजार तृतीयबाट द्वितीयमा र करिब ९ हजार द्वितीयबाट प्रथममा बढुवा हुन्छन् । जसका कारण वार्षिक ३ अर्ब ५० करोड व्ययभार थपिन्छ,’ ती सदस्यले भने, ‘वर्तमान अवस्थामा सरकारको बजेटले धान्न मुस्किल पर्ने देखिन्छ ।’

आवधिक बढुवाको विषय उठेपछि शिक्षामन्त्री पन्तले प्रधानमन्त्री र अर्थमन्त्रीसँग परामर्श गर्नुपर्ने भएकाले पनि समय मागेका हुन् ।

‘श्यामजीले बढुवा तोकिए बमोजिम भन्नुभयो । यो गम्भीर विषय भएकाले मन्त्रीज्यूले पनि प्रधानमन्त्रीसँग सल्लाह गर्नुपर्ने भन्नुभयो । अलिकति भाँडिएको जस्तो भयो,’ कांग्रेसका संसाद डिगबहादुर लिम्बूले भने ।

सत्तारुढ दल कांग्रेसले प्रत्येक बैठकमा फरक फरक प्रस्ताव ल्याएको भन्दै सांसदहरू आक्रोशित भए । आज नै विधेयक पास गर्न सांसदहरूले दबाब दिए । ‘संसदीय समिति हो । ह्वीप लाग्दैन । समितिको माननीयलाई भेडाबाख्रा बनाउन मिल्दैन । छिनछिनमा निर्णय फेर्ने मान्य भएन । टुंगिएको विषयमा लिंगरिङ गर्न खोजिँदैछ,’ माओवादी सांसद देवेन्द्र पौडेलले भने ।

रास्वपा सांसद सुमना श्रेष्ठले बढुवा र सरुवा तोकिए बमोजिम राखेर जान नहुने बताइन् । ‘कक्षामा उपस्थित भएको आधारमा, वार्षिक योजना बनाएको आधारमा, विद्यार्थीको सिकाइको आधारमा बढुवा हुनुपर्छ,’ उनले भनिन्, ‘शिक्षाको लागि एउटा र शिक्षकको लागि अर्को विधेयक ल्यायौं ।’

एमाले सांसद विद्या भट्टराईले उपसमितले तयार पारेकोलाई नै स्वीकार गनुपर्ने बताइन् । ‘बढुवामा हुने अपारदर्शीतालाई ऐनबाट अन्त्य गर्नुछ । उपसमितले गरेको स्वीकार गनुपर्छ । जसको शक्तिसँग पहुँच हुन्छ उसले मात्रै सुविधा पाइरहेका छन् । सबैको लागि न्याय हुने कानुन बनाऔं । प्रभाव र दबाब होइन,’ उनले भनिन् ।

संसाद रेखा शर्मा, सरिता भुसाल, दिपा शर्मा, ईश्वरी घर्ती विनिता सिंहले पनि उपसमितिको प्रतिवेदनलाई स्वीकार गर्नुपर्नेमा जोड दिए । स्थानीय तहमा शिक्षक हस्तान्तरण कि व्यवस्थापन, द्वन्द्वपीडित शिक्षक र निजी विद्यालयका शिक्षक कर्मचारीको विषय पनि बल्झिएको छ ।

सांसदहरूले विधेयक आजै पास गर्न दबाब दिए पनि सरकारले समय मागेकाले एक पटकलाई दिन एमाले सांसद छविलाल विश्वकर्माले प्रस्ताव राखे । ‘सुरक्षित ढंगले अवतरण गराउनुपर्ने छ । अन्तिम पटक समय मागेपछि एक पटकलाई समय उपलब्ध गराऔं,’ विश्वकर्माले भने ।

त्यसपछि सभापति अम्मर बहादुर थापाले ५ दिनका लागि समय दिए । समितिमा सहमति भएका विषयमा नै सरोकारवालाई मनाएर आउन सभापति थापाले सरकारलाई आग्रह गरे ।

‘समितिमा लक भइ सकेको छ । यसैमा सहमति हुनुपर्छ भनेर समय उपलब्ध गराएको हो । ६०/४० मा कुरा मिल्यो । फेरि बढुवाको विषय उठ्यो । प्रत्येक व्यक्तिको कुरा सुनेर कानुन बनाउने हो भने अगाडि बढ्न सकिँदैन । आज बढुवाको विषय आयो । अस्ति आवधिक बढुवामा समस्या थिएन,’ सभापति थापाले भने ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

न्यु वीरेन्द्र युवा क्लबद्वारा सञ्चालित पाँचौँ “द फोर्स कप” फुटबल प्रतियोगिताको उद्घाटन सम्पन्न

पुनर्वास नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड १२ पदकसहित जीवन ज्योति मा.वि. शीर्ष स्थानमा, विजय मा.वि. को सर्वाधिक ८ स्वर्ण

इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

भुमि आयोग बर्दियामा नियम अनुसार सबै पालिकाको काम भैरहेका छन ! धैर्य गरेर बसिदिनु हुन बासगढि प्रमुख को अनुरोध !                                 

भुमि आयोग बर्दियामा नियम अनुसार सबै पालिकाको काम भैरहेका छन ! धैर्य गरेर बसिदिनु हुन बासगढि प्रमुख को अनुरोध !                                 

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

पुनर्वास नगरपालिकामा लैङ्गिक समानता र समावेशीकरणसम्बन्धी रिफ्लेक्सन कार्यशाला सम्पन्न

शिक्षक बिमल चन्द मृत अवस्थामा फेला, घटनाबारे अनुसन्धान जारी

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V