हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
कृष्ण बहादुर बुढा
बर्दिया / बर्दियाको बाँसगढि नगरपालिकामा “Promotiong Literacy In Digital Eara”नारा सहित
५८ औ अन्तर्राष्ट्रिय साक्षरता दिवस को अवसरमा बाँसगढी नगरमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने २०७७ देखि हाल सम्मका सेवा निवृत शिक्षक तथा २०८१ सालमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी विद्यालय र सतप्रतिशत नतिजा ल्याउने शिक्षक शिक्षिकालाई बाँसगढी नगरपालिकाले आज सम्मान गरेको छ।
कार्यक्रको प्रमुख अतिथी खडक बहादुर खडका ,विशेष अतिथी उप प्रमुख इन्दिरा थारु प्रमुख प्रशासकीय अधिकृत नेप बहादुर वलि ,वरिष्ठ शिक्षा निर्देशक मन प्रसाद रेग्मी तथा सामुदायि विधालयका प्र.अ.अभिभावक सेवा निवृतशिक्षक विभिन्न विधालयका विधार्थी अभिभावशिक्षक कर्मचारी लगाएत को उपस्थित रहेको थियो । कार्यक्रम को उदघाटन नगर प्रमुख ले पानसमा बत्ती बालेर गर्नु भएको थियो ।
उक्त कार्यक्रममा बासँगढी नगरपालिकामा २०८१ सालको एस ई ई मा नगरका १९ सामुदायिक र सस्थागत विधालय बाट उत्कृष्ट नतिजा ल्याउन सफल छात्र छात्र लाई दोसल्ला तथा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।त्यसैगरि प्रत्येक विधालयका प्रथम द्दितिय र तृतीय लाई १०,०००,७०,०० ५००० नगद र दोसल्ला प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।त्यसैगरी प्रत्येक विधालयमा आफनो विषयमा सतप्रतिशत
नतिजा ल्याउन सफल शिक्षक शिक्षिका लाई दोसल्ला तथा प्रमाणपत्र दिएर सम्मान गरिएको थियो। प्रथम हुने विद्यालय लाई नगद५०,००० र प्रमाणपत्र शिल्ड द्रोस्रो हुने विद्यालय लाई नगद ३०,००० तेस्रो हुने विद्यालयला२०,००० सहित प्रमाणपत्र दिएको थियो । बाल करण प्राविका प्र कर्सिङ बुढालाई समेत उत्कृष्ट प्रधानाध्यापक तथा शैक्षिक उन्नयनका लागि राम्रो काम गरेबापत सम्मान तथा दोसल्ला ओडाएर प्रमाणपत्र प्रदान गरिएको थियो
उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख खडका ले भन्नू भयो बाँसगढी नगर लाई देशकै नमुना बनाउने शिक्षक तथा विद्यार्थीलाई प्रोत्साहन गरेमा शैक्षिक प्रगती हुने भएकोले यो सानो सम्मान भए पनि आगामी दिनमा सबै विद्यालय का शिक्षक वर्ग एवम विधार्थीलाई हौसला हुने एस ई ई मा मात्र नभई सबै शैक्षिक क्षेत्रमा थप योगदान पुग्ने कुरा बताउनुभयो। उक्त कार्यक्रममा बोल्दै आगामी दिनमा शैक्षिक क्षेत्रमा योगदान पुर्याउने सबै शिक्षक कर्मचारीलाई हौसला स्वरूप यस्ता कार्यक्रम गर्ने कुरा समेत बताउनुभयो। उक्त कार्यक्रममा बोल्दै वरिष्ठ शिक्षा निर्देशक मनप्रसाद रेग्मीले विद्यार्थीहरूलाई आगामी दिनमा प्रविधिसँग जोडेर विद्यार्थीहरुलाई अगाडि बढाएको खण्डमा शैक्षिक उन्नति हुने कुरा समेत बताउनुभयो विगतको रिजल्ट भन्दा २०८१ रिजल्टले हामी सबैलाई उत्साहित बनाएको कुरा समेत गर्नुभयो। विगतको भन्दा यो वर्ष थप अझ राम्रो रिजल्ट आउने समेत आशा व्यक्त गर्नुभयो। सम्पूर्ण शिक्षकहरुलाई बधाई तथा शुभकामना समेत व्यक्त गर्नुभयो। अब पुन विद्यालयमा गएर थप काम गर्नका लागि सल्लाह पनि दिनुभयो। र सम्पूर्ण विद्यार्थीभाइबहिनीहरुलाई बधाई तथा शुभकामना दिनुभयो । कार्यक्रमको सहजीकरण वरिष्ठ शिक्षा अधिकृत छत्र बहादुर शाहीले गर्नुभएको थियो।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V