www.patranepal.com

पपुलर

भन्सार छलीका सामान बरामदमा सुदूरपश्चिम प्रदेश प्रहरीको सक्रियता बढ्यो

पाँच करोड अनुदानका लागि एक करोड घुस मागेको प्रमाण दिन कृषि मन्त्री थापाको आग्रह

बागीश्वरी माध्यमिक विद्यालयको ५४औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ — साँझ ५ बजेसम्मको अन्तिम मतदान अपडेट

राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रेम एसकेको यात्रा : सदस्यबाट कञ्चनपुर उपसभापति हुँदै प्रदेश कमिटी सदस्यसम्म

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

बाँकेको राप्तीसोनारीमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते !

बाँकेको राप्तीसोनारीमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते !

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

लालझाडीमा “प्रथम SYC फुटबल तथा कराते प्रतियोगिता २०८२” भव्य रूपमा सुरु

समाचार प्रकाशित मिति :

लालझाडीमा “प्रथम SYC फुटबल तथा कराते प्रतियोगिता २०८२” भव्य रूपमा सुरु

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

लालझाडीमा “प्रथम SYC फुटबल तथा कराते प्रतियोगिता २०८२” भव्य रूपमा सुरु

कञ्चनपुर, लालझाडी। स्वतन्त्र युवा क्लब को आयोजनामा “प्रथम SYC फुटबल तथा कराते प्रतियोगिता २०८२” भव्य उद्घाटनसँगै औपचारिक रूपमा सुरु भएको छ। स्थानीय प्रतिभाको विकास, खेल संस्कृतिको विस्तार तथा युवामा एकता र अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता फागुन ४ गतेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ। उद्घाटन समारोहका प्रमुख अतिथि वीरबहादुर थापा (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, सुदूरपश्चिम प्रदेश सरकार) रहनुभएको थियो। विशिष्ट अतिथिमा निर्मल राना र सपना चौधरी को उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता खेलकुद संयोजक ओमप्रकाश रानाले गर्नुभएको थियो भने उद्घोषण हेमन्त रानाले गर्नुभएको थियो। क्लबका अध्यक्ष रामकृष्ण रानाले स्वागत मन्तव्य व्यक्त गर्दै प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहने जानकारी दिनुभयो।प्रतियोगिताको संरचना र व्यवस्थापन

प्रतियोगिताको मुख्य प्रबन्धकका रूपमा लालझाडी गाउँपालिका कार्यपालिकाको कार्यालय रहेको छ भने वडा नं. ३ र ४ का कार्यालयबाट सहकार्य गरिएको छ। मुख्य प्रायोजकका रूपमा केयरटेकर हस्पिटल प्रणाली ले महत्वपूर्ण सहयोग पुर्‍याएको आयोजकले जनाएको छ। अन्य विभिन्न संघसंस्थाहरूको समेत सहकार्य रहने बताइएको छ।

फुटबल प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ र एन्फा (ANFA) को नियमअनुसार खेलाइने छ। फाइनल खेल ५० मिनेटको हुनेछ। विजेताले नगद रु. ६६,६६६ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. ४१,४४४ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

कराते प्रतियोगितातर्फ लालझाडी गाउँपालिकाका वडा नं. १ देखि ६ सम्मका महिला तथा पुरुष खेलाडी सहभागी हुनेछन्। २५ केजीदेखि ६० केजी तौल समूहसम्म प्रतिस्पर्धा हुने र प्रथम, द्वितीय तथा तृतीय स्थान प्राप्त गर्ने खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

मन्त्री थापाको प्रतिबद्धता समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले कृषि क्षेत्रको आधुनिकीकरण, साना सिँचाइ आयोजना, डिप बोरिङ, इन्जिन सिँचाइ, बीउबिजन वितरण तथा विद्यालयका भौतिक संरचना निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो। चालु आर्थिक वर्षमा पुनर्वास नगरपालिकाभित्र करिब २०० सिँचाइ आयोजना र लालझाडी गाउँपालिकामा करिब १०० सिँचाइ योजना वितरण गरिएको जानकारी दिनुभयो।

उहाँले बेमौसमी तरकारी, चैते धान, मकै खेती, हल्दी, अदुवा जस्ता नगदे बालीमा अनुदान कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै किसानको उत्पादनलाई बजारसम्म पुर्‍याउन साइकल र तराजु वितरण गरिएको जानकारी दिनुभयो। साथै, खेलकुद पूर्वाधार विकासअन्तर्गत खेलमैदान निर्माण तथा तारजाली व्यवस्थापनमा समेत पहल भइरहेको बताउनुभयो।

दक्षिणी क्षेत्रमा लुकेर रहेका प्रतिभालाई गाउँदेखि प्रदेश र संघीय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने लक्ष्यसहित खेलकुद विकासमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री थापाले आयोजकप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

खेलप्रेमीलाई आह्वान आयोजकले प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण सहयोगीदाताप्रति आभार व्यक्त गर्दै खेलप्रेमीहरूलाई उपस्थित भई प्रतियोगितालाई सफल पार्न अनुरोध गरेको छ।

लालझाडीमा पहिलो पटक आयोजना गरिएको यस प्रतियोगिताले स्थानीय युवामा उत्साह थप्नुका साथै खेलमार्फत सामाजिक सद्भाव र अनुशासन अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

बाँसगढी नगरले सहुलियत मा कृषक लाई मल लिन अनुरोध ! कृषक डाइरि अनिवार्य !     

बाँसगढी नगरले सहुलियत मा कृषक लाई मल लिन अनुरोध ! कृषक डाइरि अनिवार्य !    

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

लालझाडीमा हात्तीको आक्रमण : हजुरआमा घाइते, ६ वर्षीया नातिनीको मृत्यु

निर्मला हत्याकाण्डमा तत्तकालिन आईजिपि सर्वोन्द खनालमाथि अनुसन्धान हुनुपर्छ पत्रकार भण्डारी 

अहमदिया मुस्लिम जमात जर्मनीको ,४९ औं वार्षिक भेला सम्पन्न भएको छ

पुनर्वासमा स्व. प्रकाश दाहाल स्मृति सातौँ अरनिको सैनिक कप सुरु

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V