www.patranepal.com

पपुलर

सप्तरीमा युवा भेला सम्पन्न युवाहरूको आत्मनिर्भरता र समाज निर्माणतर्फ छलफल

सीमामा सशस्त्र प्रहरी पहरेदार तर सेटिङ्गमै खुलेयाम तस्करी !तस्करलाई मालामाल, सर्वसाधारणलाई सास्ती 

दलितका लागि दलित एकता अभियान–भारत प्रवासको कार्यक्रम सम्पन्न

हेभेन पर्ल बर्ड एकेडेमीको १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता

एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

दिवंगत हुनुभएका पुनर्वास का पुर्व शिक्षक तथा साहित्य स्रजक बस्नेत लाई श्रद्धाञ्जली अर्पण 

समाचार प्रकाशित मिति :

दिवंगत हुनुभएका पुनर्वास का पुर्व शिक्षक तथा साहित्य स्रजक बस्नेत लाई श्रद्धाञ्जली अर्पण 

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

धनबहादुर बिक पुनर्वास ७ भाद्र

गत साउन ३० गते दिवंगत हुनुभएका पुनर्वास का पुर्व शिक्षक तथा साहित्य स्रजक महेन्द्रबहादुर बस्नेतलाई आज एक समारोह बिच शोकसभाको आयोजना गरि श्रद्धाञ्जली अर्पण गरिएको छ ।

ज्योति सामुदायिक पुस्तकालय ले श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । श्रद्धाञ्जलि सभामा बस्नेत आवद्ध एकदर्जन बढी संघ संस्था , साहित्यिक समिति , साहित्य स्रजक व्यक्तित्वहरू , सुदूरपश्चिम प्रदेश कृषि , भुमि तथा सहकारी मन्त्री बिरबहादुर थापा , पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्मा , पुनर्वास नगरपालिका वडा नम्बर ६ वडा अध्यक्ष मित्र सिंह लामा लगायत ले श्रद्धाञ्जली अर्पण गर्दै स्वर्गीय बस्नेत ले जिवित अवस्थामा उहाँ द्वारा गरिएका योगदान का बिषयमा चर्चा गरिएको थियो ।

साहित्य स्रजक मोतिराम भट्ट को १५९ औं जयन्ती एबं स्वर्गीय बस्नेत दिवंगत हुनुभएको नौ औं दिन को अवसर पारेर ज्योति सामुदायिक पुस्तकालय ले उक्त श्रद्धाञ्जली सभाको आयोजना गरेको संस्था का अध्यक्ष रामचन्द्र नेपाल ले जानकारी दिनुभयो ।

स्वर्गीय बस्नेत पुनर्वास जनता माविका अवकाशप्राप्त शिक्षक हुनुहुन्थ्यो भने ज्योति सामुदायिक पुस्तकालय का संस्थापक सदस्य , नेपाल शिक्षक संगठन कञ्चनपुर सल्लाहकार सदस्य , नेपाल गण्डकी सामुदायिक सेवा समाज का सल्लाहकार सदस्य , जेष्ठ नागरिक समाज नेपाल सुदूरपश्चिम प्रदेश समिति ३ बर्ष सचिव तथा पुनर्वास जेष्ठ नागरिक समाज सचिव , नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखा संस्थापक सभापति , त्यसतै पुनर्वास मा रहेको किसान जागरण बहुमुखी सहकारी संस्था लि का कार्यवाहक अध्यक्ष , पुनर्वास ६ मा रहेको जगतमाता कालिका मन्दिर व्यवस्थापन समिति सल्लाहकार सदस्य लगायत थुप्रै संघ संस्था मा आबद्ध बस्नेत साहित्यिक क्षेत्रमा समेत अग्रणी भुमिका निभाउदै आउनुभएको थियो ।

स्वर्गीय बस्नेतले थुप्रै धार्मिक महोत्सव , रामलिला महोत्सव लगायतमा महत्त्वपूर्ण जिम्मेवारी समेत निभाउदै आउनुभएको थियो ।

प्रगतिशील लेखक संघ सुदूरपश्चिम प्रदेश समिति मा समेत आबद्ध रहंदै आउनुभएका स्वर्गीय बस्नेत का अधुरा रहेका तत्काल प्रकाशित का लागि ४/५ वटा पाण्डुलिपि कृतिहरू तयारी अवस्थामा रहेको ज्योति सामुदायिक पुस्तकालय का अध्यक्ष रामचन्द्र नेपाल ले जानकारी दिनुभयो । उक्त पाण्डुलिपि कृति हरू पुस्तकालय ले छिटै नै प्रकाशित गर्न जिम्मेवारी पूरा गर्ने अध्यक्ष नेपाल ले जानकारी दिनुभयो ।

श्रद्धाञ्जली सभामा स्वर्गीय बस्नेतलाई सुदूरपश्चिम प्रदेश भुमि कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापा , पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्मा एबं एक दर्जन बढि विभिन्न संघ संस्था , साहित्यिक समिति राजनितिकर्मि , जनप्रतिनिधि लगायतले हार्दिक श्रद्धाञ्जली उल्लेख गरिएको फोटो फ्रेम शोकाकुल परिवारजनलाई प्रदान गरेका थिए ।

शोक सभामा प्रदेश , जिल्ला , नगरपालिका तथा स्थानीय गरि उल्लेख्य सहभागीता रहेको थियो ।

लम्जुङ जिल्ला कुन्छा गाउँ विकास समिति मा माता दिलमाया बस्नेत र बुवा इमान सिंह बस्नेत को माईलो छोराको रूपमा मिति २०/१० माघ २० गते जन्मनुभएका स्वर्गीय बस्नेत पुनर्वास मा २०/३६ सालमा आई पुनर्वास लाई नै कर्मथलो बनाउदै आएका थिए बस्नेत का श्रीमती मुना बस्नेत तथा छोराबुहारी उपेन्द्र बस्नेत अन्जु बस्नेत , भुपेन्द्र बस्नेत मञ्जु बस्नेत रहेका छन ।

श्रद्धाञ्जली सभा कार्यक्रम को सञ्चालन प्रगतिशील लेखक संघ सुदूरपश्चिम प्रदेश समिति सचिव चन्द्रबहादुर थापाले गरेका थिए ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V