www.patranepal.com

पपुलर

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

कागजमा होइन, घरदैलोसम्म विकास स् कञ्चनपुर क्षेत्र नं। १ मा अर्थमन्त्री तारालामा तामाङको प्रभावकारी पहल

पुनर्वास नगरपालिकाको आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि सामग्री हस्तान्तरण

पुनर्वास सबस्टेसनबाट ३३ केभी लाइन सञ्चालनको तयारी, लोभोल्टेज समस्या समाधान हुने

सुदूरपश्चिम महोत्सवमा युवतीमाथि कुटपिट

एनआरएनए नर्वे शर्माद्वारा पुनर्वासको बागीश्वरी माध्यमिक विद्यालयका १९२ विद्यार्थीलाई ट्र्याकसुट र टिसर्ट वितरण।

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

स्कुल भ्यानको ठक्करबाट मोटरसाइकल चालक घाइते, निजी विद्यालयका सवारी व्यवस्थापनमाथि प्रश्न

समाचार प्रकाशित मिति :

स्कुल भ्यानको ठक्करबाट मोटरसाइकल चालक घाइते, निजी विद्यालयका सवारी व्यवस्थापनमाथि प्रश्न

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर, साउन १ — कञ्चनपुरको पुनर्वास नगरपालिका–५ सिमरीमा शुक्रबार दिउँसो स्कुल भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन्।

शुक्रबार दिउँसो करिब १ बजे धनगढीबाट पुनर्वासतर्फ आउँदै गरेको बा.प्र. ०१–०३४ च ४७६७ नम्बरको ग्ली एकेडेमी स्कुल (धनगढी–४) को भ्यानले विपरीत दिशाबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–०११ प ३९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकल चालक पुनर्वास नगरपालिका–४ निवासी अन्दाजी ४० वर्षीय बसन्त भट्टराई घाइते भएका छन्। मोटरसाइकलको पछाडि पुनर्वास नगरपालिका–६ निवासी अन्दाजी २२–२३ वर्षीय प्रदीप कार्की सवार थिए। घाइते भट्टराईलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पठाइएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रहरीका अनुसार स्कुल भ्यान धनगढी–४ स्थित ग्ली एकेडेमीको हो भने चालक धनगढी उपमहानगरपालिका–११ निवासी २१ वर्षीय मिलन चौधरी रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस दुर्घटनापछि निजी विद्यालयका सवारी साधनको सुरक्षा व्यवस्थापन र नियमनमाथि स्थानीयवासीले गम्भीर प्रश्न उठाएका छन्। अभिभावकबाट चर्को सवारी शुल्क असुल्ने तर धेरैजसो विद्यालयका भ्यान तथा बसमा सहचालक (खलासी) नराख्ने, क्षमता भन्दा बढी विद्यार्थी बोक्ने, सवारी सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना नगर्ने र नियमित अनुगमनको अभाव रहेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

स्थानीयको भनाइमा यस्ता लापरवाहीका कारण वर्षेनी सडक दुर्घटना हुने र सर्वसाधारण तथा विद्यार्थीको ज्यान जोखिममा पर्ने अवस्था दोहोरिँदै आएको छ। उनीहरूले विद्यालयका सवारी साधनमा अनिवार्य सुरक्षा मापदण्ड लागू गर्न, नियमित अनुगमन गर्न तथा नियम उल्लङ्घन गर्ने विद्यालय र सवारी सञ्चालकमाथि कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएकाले विद्यालय, चालक, अभिभावक र नियामक निकायले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरे मात्र यस्ता दुर्घटना न्यूनीकरण गर्न सकिने स्थानीयको भनाइ छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

हाम्रो प्रेम र संघर्षका अनेक कथा

हाम्रो प्रेम र संघर्षका अनेक कथा

सीमामा सशस्त्र प्रहरी पहरेदार तर सेटिङ्गमै खुलेयाम तस्करी !तस्करलाई मालामाल, सर्वसाधारणलाई सास्ती 

पञ्चायत कालदेखि हटाउन नसकेका बेलडाँडी विच सडकका रुख गणतान्त्रिक युगमा हटाईयो

नयाँ स्मार्टफोन ‘फोन थ्री ए’ सार्वजनिक गर्दै नथिङ, के-के आउँदैछन् फिचर ?

नयाँ स्मार्टफोन ‘फोन थ्री ए’ सार्वजनिक गर्दै नथिङ, के-के आउँदैछन् फिचर ?

पुनर्वासमा भर्खरै भायनक दुर्घटना  Breaking News 

पुनर्वासमा राष्ट्रपति रनिङशिल्डको उपाधि ९ स्वर्णसहित विजय मा.वि.लाई, जीवन ज्योति दोस्रो

हमासले ३ बन्धक छाडेसँगै इजरायलले पनि रिहा गर्‍यो प्यालेस्टिनी कैदी

हमासले ३ बन्धक छाडेसँगै इजरायलले पनि रिहा गर्‍यो प्यालेस्टिनी कैदी

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V