www.patranepal.com

पपुलर

दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयको ताला खोलियो

दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयको ताला खोलियो

पुनर्वास नगरपालिकामा लैङ्गिक समानता र समावेशीकरणसम्बन्धी रिफ्लेक्सन कार्यशाला सम्पन्न

लोकतान्त्रिक आदिबासी महासघ बाँसगढी नगर समितिको तिज विशेष कार्यक्रम सम्म्पन्न !

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा मृतक दान सिंह धनाडीलाई बीमा रकम हस्तान्तरण

एसईई नतिजा २०८२ : श्री सरस्वती माध्यमिक विद्यालय मोतीबस्ती पुनर्वास नगरमै प्रथम

कृषि बजेटदेखि पूर्वाधारसम्म सक्रियता: मन्त्री थापाको पहलमा पुनर्वास ५सिमरी दोदा.डोकेबजार सडकबत्ती जडान

हेभेन पर्ल बर्ड एकेडेमीको १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

एनआरएनए नर्वे शर्माद्वारा पुनर्वासको बागीश्वरी माध्यमिक विद्यालयका १९२ विद्यार्थीलाई ट्र्याकसुट र टिसर्ट वितरण।

समाचार प्रकाशित मिति :

एनआरएनए नर्वे शर्माद्वारा पुनर्वासको बागीश्वरी माध्यमिक विद्यालयका १९२ विद्यार्थीलाई ट्र्याकसुट र टिसर्ट वितरण।

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

एनआरएनए नर्वे शर्माद्वारा पुनर्वासको बागीश्वरी माध्यमिक विद्यालयका १९२ विद्यार्थीलाई ट्र्याकसुट र टिसर्ट वितरण

कञ्चनपुर, पुनर्वास ।

पुनर्वास नगरपालिका–८, पृथ्वीबस्तीस्थित बागीश्वरी माध्यमिक विद्यालय को ५४औँ वार्षिक उत्सव तथा अभिभावक दिवस शुक्रबार विद्यालय प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यालय परिवार, अभिभावक, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उक्त अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत NRNA Norway को सहयोगमा विद्यालयमा अध्ययनरत बालकक्षादेखि कक्षा ७ सम्मका १९२ जना विद्यार्थीहरूका लागि ट्र्याकसुट तथा टिसर्ट खरिदार्थ आर्थिक सहयोग प्रदान गरिएको छ। सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राना श्रवण, कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगर प्रमुख तोय प्रसाद शर्मा, भरत बिष्ट, लोकबहादुर कार्की, कृष्णबहादुर तामाङ तथा पुनर्वास उपशाखा रेडक्रस सोसाइटीका सभापतिलगायतको उपस्थिति रहेको थियो।

विद्यालयका पूर्वविद्यार्थी तथा हाल नर्वेमा बसोबास गर्दै आउनुभएका प्रदीप शर्मा को नेतृत्वमा विभिन्न दाताहरूले विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गर्न आर्थिक सहयोग प्रदान गरेका हुन्। बालकक्षादेखि आधारभूत तहसम्म सोही विद्यालयमा अध्ययन गरेका शर्मा बाल्यकालदेखि नै असल, ज्ञानी, इमान्दार तथा सहयोगी स्वभावका विद्यार्थीका रूपमा परिचित हुनुहुन्थ्यो। विद्यालय जीवनमै अध्ययनसँगै सांस्कृतिक कार्यक्रम, खेलकुद तथा सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आउनुभएका उहाँ गुरुजनप्रति आदरभाव र समाजप्रतिको जिम्मेवारीबोधका कारण गाउँ समाजमा समेत सबैका प्रिय व्यक्तित्वका रूपमा चिनिनुहुन्थ्यो।

उच्च अध्ययन तथा रोजगारीको सिलसिलामा विदेशिनुभएका शर्मा हाल नर्वेमा रहे पनि आफ्नो जन्मभूमि, विद्यालय र गाउँ समाजप्रति उत्तिकै समर्पित देखिनुहुन्छ। हालै विद्यालयका विद्यार्थीहरूलाई न्यानो लुगा उपलब्ध गराउने कार्यमा मुख्य पहल तथा समन्वयकारी भूमिका निर्वाह गर्दै उहाँले पुनः आफ्नो मानवीय तथा समाजसेवी भावना उजागर गर्नुभएको छ।

सहयोग गर्ने दाताहरूमा प्रदीप शर्मा रु. १,००,०००, देव श्रेष्ठ रु. ४७,०००, शारदा सिंह थापा रु. ३७,५००, रिता परिवार रु. ३२,०००, रुपेश श्रेष्ठ रु. २२,५००, असिम लम्साल रु. २२,५०० तथा सागर घिसिङ रु. १८,००० रहेका छन्।

न्यानो लुगा प्राप्त गरेपछि विद्यार्थी भाइबहिनीहरू तथा अभिभावकहरू अत्यन्त उत्साहित र खुसी भएका छन्। चिसो मौसममा पठनपाठनका लागि सहज वातावरण सिर्जना गरिदिएको भन्दै सबैले सहयोगी दाताहरूप्रति हृदयदेखि नै कृतज्ञता व्यक्त गरेका छन्। यस सहयोगले विद्यार्थीहरूको मनोबल उच्च बनाउनुका साथै अध्ययनप्रति थप प्रेरणा मिलेको विद्यालयले जनाएको छ।

यसैबीच विद्यालयका प्रधानाध्यापक डिल्लीप्रसाद शर्मालगायत शिक्षक–शिक्षिकाहरूले विद्यालयको शैक्षिक वातावरण थप सहज र व्यवस्थित बनाउन अक्षयकोषमा रकम जम्मा गर्ने कार्यलाई निरन्तरता दिँदै आएका छन्।

वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम विद्यालयको समग्र शैक्षिक उन्नयन, अभिभावक–विद्यालय सम्बन्ध सुदृढीकरण तथा विद्यार्थीहरूको उत्साहवर्द्धन गर्ने उद्देश्यका साथ सफलतापूर्वक सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पुनर्वासमा लो भोल्टेज समस्या समाधानका लागि वैकल्पिक व्यवस्था, दीर्घकालीन समाधानतर्फ पहल

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

अहमदिया मुस्लिम जमात जर्मनीको ,४९ औं वार्षिक भेला सम्पन्न भएको छ

अन्तर्राष्ट्रिय बेपत्ता दिवस बाँसगढिमा मनाइयो !

पत्रकार ओलीमाथि अत्याचार गर्ने भन्सारका हाकिमद्वय भट्ट र थापा प्रहरी नियन्त्रणमा 

पुनर्वास नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड १२ पदकसहित जीवन ज्योति मा.वि. शीर्ष स्थानमा, विजय मा.वि. को सर्वाधिक ८ स्वर्ण

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V